• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    प्रकाश र मालतीको अन्तरजातीय विवाहमा ब्रेक, उमेरले अलग बनायो

  • वीरगंज संजाल
  • २७ असार २०७८, आईतवार १४:१०
  • १७०५

    कैलाली । कैलालीको भजनी नगरपालिका–४ झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावलको अन्तरजातीय प्रेम विवाह यात्रामा ब्रेक लागेको छ । उमेरले उनीहरुलाई अलग्याएको छ ।

    विवाह गर्न २० वर्ष उमेर हुनुपर्ने कानुनी व्यवस्था छ । तर, मालती १८ वर्षीया र प्रकाश १९ वर्ष मात्र भएका कारण उनीहरु तत्कालका लागि अलग्गिएका हुन् । प्रहरीले दुवैलाई आ–आफ्नो परिवारको जिम्मा लगाएको छ ।

    अन्तरजातीय विवाह गरेका कारण धम्की आएको दाबी गर्दै असार २५ मा सामाजिक संजाल (ट्वीटर)मा भिडियो पोष्ट गरेपछि उनीहरुले सवैको ध्यान खिचेका थिए ।

    भिडियोमा प्रकाशले अन्तरजातीय विवाह गरेपछि परिवारले नमानेको हुनाले जंगलमा आउनुपरेको बताएका छन् । मालतीले भनेकी छिन्–‘हामिलाई धम्की दिएका छन् ।’

    भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरुबारे अनुसन्धान गरेको थियो । अनुसन्धान गर्दा उनीहरु असार ४ मा घरबाट हिँडेको र असार २३ मा साँझ कोहलपुरबाट घर फर्कँदा कर्णाली पुल नजिकै जंगलमा भिडियो बनाएको खुलेको छ ।

    असार २३ मा प्रकाशको घरमा बसेकी किशोरीलाई आफन्तले लगेपछि प्रकाशले भिडियो पोष्ट गरेका थिए । रुकुम पश्चिममा भएको घटना दोहोरिने धम्कीपूर्ण म्यासेज आएको जानकारी गराउँदै उनीहरुले जिवन बचाउन अपिल गरेका थिए ।

    तर, अहिले त्यस्तो अवस्था नभएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले रातोपाटीलाई बताए । एसपी अधिकारीले भने, ‘तत्काललाई उनीहरु सँगै छैनन्, दुवै सुरक्षित छन् ।’

    मालतीका आफन्तले उनलाई यातना दिएको दावी गरेपनि त्यस्तो नभएको एसपी अधिकारीले बताए । भिडियो सार्वजनिक भएपछि एसपी अधिकारीले प्रकाशलाई म्यासेज गरेका थिए, ‘भाइ, म कैलालीको एसपी तपाईं नआत्तिनुस् जंगलमा लुकेर बस्नु पर्दैन म उद्दार गर्न आउँछु ।’

    कैलालीका प्रहरी प्रमुखको म्यासेज प्रकाशले जंगलमा होइन, आफ्नै घरमा पढे । त्यसपछि, प्रहरी उनको सम्पर्कमा पुगेको थियो । किशोर र किशोरी दुवैका परिवारलाई ‘सुरक्षाको निश्चिन्तता’ गरिएको एसपी अधिकारीले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी
  • रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या
  • मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम
  • सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चेक बाउन्समा प्रतिवादीलाई एकपछि अर्को ‘बम्बर सहुलियत’, अब पुराना मुद्दामा पनि पाँच प्रतिशत मात्रै जरिवाना तिरे हुने

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो

    माधवकुमार नेपालको राजनीतिक जीवनको आलो प्रभात

    विश्वकै लामो मुक्तिनाथ केबुलकार बनाउन ५७ अर्ब ६४ करोड लगानी स्वीकृत

    पतञ्जलीको भ्रष्टाचारमा सूर्यविनायक नगरपालिकाका मेयरविरुद्ध पनि मुद्दा दायर

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    News

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    News

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    News

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    News

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑