बिरगंज । पानीटंकी स्थित रहेको डेसिमल कलेजका कक्षा ११ र १२ मा कानुन संकायमा अध्यनरत बिद्यार्थीहरु मध्ये २५ जनाको समुह बीच “समुदायमा सरकारी वकिल” सम्बाद कार्यक्रम अन्तर्गत फौजदारी मुदाको अनुसन्धान अभियोजन र न्याय सम्पादन सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ।
वीरगन्ज । कानुन संकायमा अध्यनरत बिद्यार्थीहरु को जिज्ञासा मेटाउन जिल्ला सरकारी वकिल कार्यालय पर्साका कार्यालय प्रमुख जिल्ला न्यायाधिवकता श्री पदमबहादुर कार्की लगायत अन्य उपस्थित सरकारी वकिल कार्यालयका कर्मचारीहरु द्वारा सम्बोधन गरिएको थियो ।
सो कार्यक्रमको सहजीकरण जिल्ला सरकारी वकिल कार्यालय पर्सा का सहायक -न्यायाधिवकता दिपेश साहले गर्नु भएको थियो भने कार्यक्रममा डेसिमल कलेजका अध्यक्ष सन्नी कुमार दुबे र कलेजका निर्देशक रंजित पण्डित लगायतका उपस्थिति थियो ।