लखनऊ । उत्तर प्रदेशको मऊ जिल्लामा ग्यास सिलिण्डर विष्फोट हुँदा भएको आगलागीमा परी १२ जनाको मृत्यु भएको छ । दुई तले भवनमा लागेको आगोले जलेर अन्य १६ जना घाइते भएका छन् ।
स्थानीय प्रशासनले आगलागी भएको भवनको भग्नावशेषमा केही मानिसहरु पुरिएका हुन सक्ने आशंका गरेको छ । भग्नावशेषमा पाँच वर्षीय बालकसमेत पुरिएको ‘द वायर’ ले जनाएको छ ।
मुख्य सचिव अवनीश अवस्थीले जिल्ला अधिकारीबाट प्राप्त जानकारी अनुसार विस्फोटमा कम्तिमा पनि १० जनाको मृत्यु भएको बताएका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मऊ जिल्लामा सिलिण्डर विष्फोटपछि भएको आगलागीले पुर्याएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
उनले घाइतेको उपचारको उचित व्यवस्था गर्न र पीडितलाई सक्दो सहयोग र राहत प्रदान गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।