• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कसरी छानिन्छ नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि, कसरी चयन हुन्छ केन्द्रीय समिति ?

  • वीरगंज संजाल
  • २४ असार २०७८, बिहीबार २२:३३
  • ७४२५

    वीरगन्ज । नेपाली काँग्रेसको १४औं महाधिवेशन सन्निकट छ । महाधिवेशनमा उम्मेदवार बन्न चाहने आकाङ्क्षीहरू पनि धमाधम खुल्न थालेका छन् । महाधिवेशनका लागि वडा तहदेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्म नै आकाङ्क्षीहरूको चर्चा शुरु भएको छ । यस पटक देशको संविधानले परिकल्पना गरेको सङ्घीय संरचना अनुसार पहिलो पटक काँग्रेसको महाधिवेशन हुन लागेको हो । काँग्रेसले यस पटक आफ्नो संशोधित विधान अनुसार वडा तहदेखि केन्द्रीय तहसम्म गरी आठ वटा संरचनाका लागि निर्वाचन गर्दै नेतृत्व चयन गर्ने छ । काँग्रेसको विधान अनुसार आठ तह मध्ये सबै भन्दा तल्लो तह वडा तह हो । वडा तहको कार्यसमिति क्रियाशील सदस्यहरूबाट छानिन्छन् ।

    क्रियाशील सदस्य भने साधारण सदस्यहरूमध्येबाट पार्टीले तय गरेको मापदण्ड अर्थात् विधानको धारा ४(१) बमोजिम छनौट हुन्छन् । यद्यपि यो वास्तविक रूपमा व्यवहारमा देखिन्न। क्रियाशील सदस्य नै काँग्रेसको प्रारम्भिक सदस्यता जस्तो भएको छ। काँग्रेस विधान अनुसार क्रियाशील सदस्यले वडा समिति, क्षेत्रीय प्रतिनिधि र स्थानीय तह अन्तर्गत गाउँ तथा नगर समितिका लागि मतदान गर्न पाउँछन् । त्यसपछि क्रियाशील सदस्य मध्येबाट छानिएका क्षेत्रीय प्रतिनिधिले अगाडीको निर्वाचन प्रक्रियामा सहभागी हुन पाउँछन् । वडा तहमा कूल १ सय ५० क्रियाशील सदस्य रहेको वडा तहमा प्रत्यक्षतर्फबाट तीन महिलासहित ९ जना, समानुपातिक समावेशीतर्फबाट ६ जना र १ जना वडा सभापतिसहित १६ जना क्षेत्रीय प्रतिनिधि एक वडाबाट चयन हुन्छन् ।

    यस्तै १ सय ५० भन्दा बढी क्रियाशील सदस्य भएमा प्रत्येक एक सय क्रियाशील सदस्य बराबर ७५ को सीमा भित्र रही समावेशी आधारमा थप १० प्रतिनिधि क्रमशः चयन हुने विधानमा व्यवस्था छ । यसरी चयन हुने क्षेत्रीय प्रतिनिधिले अघिल्ला नेतृत्व छान्न मतदान गर्न पाउँछन् । यसरी छानिएका क्षेत्रीय प्रतिनिधिले आफ्नो प्रदेश सभा क्षेत्रीय कार्यसमिति ‘क’ र ‘ख’ मध्ये सम्बन्धित क्षेत्रमा नेतृत्व छान्नका लागि मतदान गर्न पाउँछन् । यस्तै सोही प्रतिनिधिले प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति चयन गर्न मतदान गर्न पाउँछन् ।प्रदेश अधिवेशनका लागि प्रतिनिधि छान्ने प्रक्रियामा पनि क्षेत्रीय प्रतिनिधिको भूमिका रहन्छ । यसैगरी क्रियाशीलबाटै छानिएर आएका क्षेत्रीय प्रतिनिधिले नै प्रदेश प्रतिनिधि छान्न पाउँछन् । उनीहरूकै मतदानको प्रक्रियाबाट महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमिति समेत चयन हुन्छ।

    क्रियाशील सदस्यबाट छानिएर आएको क्षेत्रीय प्रतिनिधिले निर्वाचनबाट चयन गरेको महाधिवेशन प्रतिनिधिमध्येबाट महासमिति सदस्य चयन गर्ने प्रक्रियामा पनि मतदान गर्न पाउँछ । त्यसपछि क्रियाशील सदस्यबाट छानिएर आएका क्षेत्रीय प्रतिनिधि मध्येबाट प्रदेश अधिवेशनका लागि चयन भएका प्रदेश प्रतिनिधिले फेरी प्रदेश कार्यसमितिको नेतृत्व चयन गर्ने प्रक्रियामा मतदान गर्न पाउँछ भने सोही प्रक्रियाबाट छानिएर आएका महाधिवेशन प्रतिनिधिले महाधिवेशनमा केन्द्रीय कार्यसमितिको नेतृत्व चयन गर्नका लागि मतदान प्रक्रियामा सहभागी हुन पाउने छन् । यो प्रक्रियामा एक भन्दा बढी निर्वाचन क्षेत्र रहेको जिल्लाबाट सङ्घीय संरचनाको क्षेत्रीय समितिका सभापति महाधिवेशनका लागि पदेन मतदाता हुनेछन् भने सबै जिल्ला तथा विदेशस्थित जनसम्पर्क समितिका सभापति र भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्षहरू पनि पदेन महाधिवेशन प्रतिनिधि हुन्छन्। काँग्रेसले कतिपय भातृ तथा शुभेच्छुक संस्थालाई महाधिवेशन प्रतिनिधिको कोटा समेत प्रदान गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑