• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नारायणहिटी दरबारमा भेटिएका सामग्रीको सूचीकरण गरिँदै

  • वीरगंज संजाल
  • २३ असार २०७८, बुधबार ०७:४५
  • ४४६९

    वीरगन्ज । २०५८ सालको दरबार हत्याकाण्डले परिवर्तन ल्याएको नेपालको राजनीतिक र सामाजिक इतिहासमा धेरै अध्येता र सर्वसाधारणको रुचि रहँदै आएको छ । नेपालको इतिहासमा अढाई शताब्दी लामो राजतन्त्रको कालखण्ड र यसबीचका उल्लेख्य गतिविधिबारे जोकोहीलाई चासो हुने गरेको छ ।

    तर इतिहासको यो पाटो यसरी गोदाममा थन्किएको छ कि राष्ट्रिय अभिलेखालय वा पुरातत्त्व विभागलाई नै यो पहिल्याउन वर्षौं लाग्ने देखिएको छ ।नारायणहिटी दरबार परिसरमा श्रीसदन पछाडिको एउटा गोदामजस्तो घरमा कागजी पोकैपोकाको भण्डारण भेटिन्छ । अहिले भने पुराना कागजातको अभिलेखीकरण गरिँदै छ । यसमा राष्ट्रिय अभिलेखालयबाट अवकाश पाइसकेका तीन कर्मचारी जुटेका छन् । ‘२०६३ सालको राजनीतिक परिवर्तनपछि र राजदरबारबाट तत्कालीन राजा ज्ञानेन्द्र बाहिरिएपछि यहाँका असंख्य कागजात र ऐतिहासिक महत्त्वका शोध–सामग्री यसै अलपत्रै राखिएको पायौं,’ नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले भने, ‘कतै कुनै भण्डार कोठामा त कतै भान्सातिर राखिएका कागजात भेला गरेर खोजतलास थालेका छौं ।’

    कागजातको टिपोट उतार्न दुई वर्षयता सक्रिय हिरारत्न वज्राचार्यले राजकाजमा चलेका बिर्ता र मोहीको हिसाब, सतुंगलदेखि साँखुसम्मको राजकीय जग्गाजमिनको भोगचलनसम्बन्धी कागजात पाएको जानकारी दिए । ‘यहाँ इतिहासको भण्डार छ,’ उनले भने । उनले दरबारमा थुप्रिएका सामग्रीको लगत उतार्न र चाहिने/नचाहिने कागजातको फर्स्योट गर्नै अझै केही समय लाग्ने बताए । ‘सतुंगलको बोसीगाउँदेखि कीर्तिपुरको न गाउँसम्म कान्छा मुमा बडामहारानी र अन्य राजकीय सदस्यका नाममा जग्गाजमिन रहेको वृत्तान्त अहिले उतारिरहेका छौं,’ अभिलेखीकरणमा संलग्न अर्की कर्मचारी बिन्दिया भण्डारीले भनिन्, ‘भोगचलन गरिआएको जग्गाबाट आएको धानचामलको लगत, घिउ–तेल र अन्य सामग्रीको हिसाबकिताब पनि यहाँ भेटिएको छ ।’

    अभिलेखीकरणमा राजेन्द्रमान स्थापित पनि खटिएका छन् । संग्रहालयका कार्यकारी निर्देशक दाहालका अनुसार यी ऐतिहासिक कागजातको अभिलेखीकरणका लागि अभिलेखालयले वार्षिक ५ लाख रुपैयाँ बजेट दिएको छ । केही स्वयंसेवी कर्मचारीलाई दरबार संग्रहालयले समेत खटाएको छ । राष्ट्रिय अभिलेखालयकी प्रमुख सौभाग्य प्रधानांगले बजेटको अभावका कारण अहिले दरबारमा भेटिएका सामग्रीको ‘सूचीकरण’ मात्रै भइरहेको उल्लेख गर्दै डिजिटल–स्क्यानिङ वा ‘अर्काइभिङ’ को थप काम हुन नसकिरहेको बताइन् ।

    ‘राजारानीको तस्बिरको बाकसै भेटिएको छ, अरू दुर्लभ सामग्री पनि भेटिएका छन्,’ उनले भनिन्, ‘बजेट अभावका कारण यी ऐतिहासिक सामग्रीको स्थायी अभिलेखीकरण गर्न सकिएकै छैन ।’ अहिलेसम्म छानबिन गरिएका आधारमा कम्तीमा पछिल्ला ५० वर्षको राजकीयसहित नेपाली समाज र घटनाक्रमको इतिहास अध्ययन गर्न सकिने अभिलेखालयले जनाएको छ ।

    संग्रहालयका कार्यकारी निर्देशक दाहालका अनुसार नारायणहिटी दरबारमा परराष्ट्र मन्त्रालयको पासपोर्ट शाखा राखिएपछि कुनै व्यवस्थापकीय तर्जुमा र प्रबन्धबिनै तत्कालीन राजदरबारसम्बन्धी कागजात यत्रतत्र फालिएको थियो । ‘त्यो बिजोग देखेर दरबार संग्रहालयको तत्त्वावधानमा अभिलेखालयलाई अनुरोध गर्दै कागजातको सूचीकरण थालिएको हो, तर यत्तिकै सीमित जनशक्ति र साधनस्रोतका भरमा यो काम सक्न अरू ५/७ वर्ष लाग्न सक्छ,’ दाहालले भने ।

    दरबारको भण्डारणमा भेटिएको पोका–पोकामा तत्कालीन राजा वीरेन्द्र र महेन्द्र शाहले पढ्ने पुस्तक–पत्रिकाको सूची पनि छ । उत्तर कोरियाली नेता किम इल सुङका ‘सेलेक्टेड वर्क’ देखि ‘धिमाल लोक जीवन अध्ययन’ सम्म राजाहरूको अध्ययन सूचीमा भेटिएका छन् । ‘श्री ५ युवराजाधिराज वीरेन्द्रको शुभविवाह समारोह समिति (२०२६) को बैठक निर्णय’ देखि ‘श्री ५ अधिराजकुमारी श्रुति राज्यलक्ष्मी देवी सरकारको शुभविवाहसम्बन्धी फाइल (२०५४)’ सम्मका कागजात पनि यही थुप्रोमा भेटिएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’
  • बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ
  • विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ
  • मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु

    राजावादीले सुरु गरे धर्ना

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    News

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    News

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    News

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    News

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑