• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालमा देखिएको ‘एवाई १’ म्युटेन्ट कति खतरनाक?

  • वीरगंज संजाल
  • २१ असार २०७८, सोमबार ०९:३०
  • ३२७३

    वीरगन्ज । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को डेल्टा (बी.१.६१७.२) भेरियन्ट म्युटेसन भएर ‘एवाई १’ (AY.1) अर्थात् ‘डेल्टा प्लस’ देखिएको छ । ‘एवाई १’ म्युटेसन ९ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।४७ नमुना परीक्षण गर्दा ९ जनामा उत्परिवर्तित रुप देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् । डेल्टा (बी.१.६१७.२) भेरियन्टको विकसित रुप भएकाले यसलाई ‘एवाई १’ अर्थात् डेल्टा प्लस नाम दिइएको छ । नेपालमा हालै पुष्टि भएको ‘एवाई १’ म्युटेट भाइरस भारतलगायत विश्वका १० देशमा देखिइसकेको छ । डेल्टा अर्थात् बी.१.६१७.२ भेरियन्टको म्युटेन्ट ‘एवाई १’ हो ।

    देशका विभिन्न भागबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले वैशाख २६ गतेदेखि जेठ २० गतेसम्म संकलन गरेका ४८ वटा नमुनालाई विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त भारतको द इन्स्टिच्युट अफ जिनोमिक्स एन्ड इन्टिग्रेटेभ बायोलोजी (आईजीआईबी) ल्याबमा जीन सिक्वेन्सिङ गर्दा ४७ वटा नमुनामा डेल्टा भेरियन्ट र १ जनामा अल्फा भेरियन्टको संक्रमण पुष्टि भएको थियो । ४७ वटा नमुनामा डेल्टा भेरियन्ट उत्परिवर्तित ‘एवाई १’ म्युटेसन ९ वटामा पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.कृष्णप्रसाद पौडेल बताउँछन् ।नेपालमा भेरियन्ट अफ कन्सर्नको रुपमा अल्फा, डेल्टा र भेरियन्ट अफ इन्ट्रेस्टको रुपमा कप्पा भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसको नयाँ भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर गर्न सक्ने जनाएको छ ।

    ‘एवाई १’ कति खतरनाक ?

    स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसको नयाँ भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर गर्न सक्ने भनिरहँदा डेल्टा ‘बी.१.६१७.२’ भेरियन्टबाट विकसित भएको ‘ए वाई १’ अर्थात् डेल्टा प्लस कति खतरनाक छ भन्ने अध्ययनकै विषय भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । भाइरसले स्वरुप परिवर्तन गर्ने प्राकृतिक प्रक्रिया हो । डेल्टा भेरियन्टबाट म्युटेसन भएको भाइरस घातक हुन सक्ने आशंका गरिए पनि यसबारे पूर्ण अध्ययनपछि मात्रै यो कति घातक र संक्रामक छ भन्ने थाहा पाउन सकिने उनको भनाइ छ ।‘डेल्टा भेरियन्टबाट म्युटेसन भएकाले ‘ए वाई १’ बढी घातक हुन्छ भन्ने आशंका गरिएको हो,’ उनी भन्छन्, ‘अध्ययनबिना घातक र तीव्र गतिमा फैलिन्छ भनेर भनिहाल्न सकिँदैन ।’

    ‘एवाई १’ भाइरसले एन्टिबडीको प्रतिरोध क्षमता कम गर्ने हो कि, डेल्टाभन्दा बढी स्मार्ट हुने हो कि भन्ने चिन्ताले सताउनु स्वाभाविक भएको उनी सुनाउँछन् । नयाँ म्युटेसनबारे अध्ययनको विषय भएकाले सबैभन्दा पहिला सजकता अपनाउनु नै मुख्य कुरा भएको उनको भनाइ छ ।भारतले पनि ‘एवाई १’ अर्थात डेल्टा प्लसलाई भेरियन्ट अफ इन्ट्रेस्ट र भेरियन्ट अफ कन्सर्नका रुपमा राखेको छैन ।यता मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कोरोनाभाइरसका नयाँनयाँ भेरियन्टसँग जोगिने मुख्य आधार भनेकै जनस्वास्थ्यको नियम पालना हो । डेल्टा प्लस कति खतरनाक छ भन्नेबारे गहनरुपमा अध्ययन भइरहेको उनी बताउँछन् ।

    धेरैजसो संक्रमितमा डेल्टा भेरियन्ट

    नेपालमा कोरोना संक्रमितमध्ये धेरैलाई डेल्टा भेरियन्ट पुष्टि भएको छ । देशका विभिन्न भागबाट संकलन गरिएको ४८ वटा नमुनालाई ल्याबमा जीन सिक्वेन्सिङ गर्दा ४७ नमुनामा डेल्टा भेरियन्ट देखिएको हो ।कोरोनाको पुरानो भाइरस अल्फा भेरियन्टको संक्रमण ४८ मध्ये एउटा नमुनामा मात्रै देखिएको छ । अल्फा भेरियन्ट १६४ राष्ट्र भन्दा बढीमा फैलिसकेको छ भने डेल्टा भेरियन्ट अहिले विश्वका ८० भन्दा बढी देशमा देखिएको छ ।

    विश्व स्वास्थ्य संगठनले पहिलो पटक बेलायतमा देखिएको कोरोनाभाइरसको भेरियन्टलाई बी.१.१.७ अर्थात् अल्फा नामकरण गरेको छ । यस्तै दक्षिण अफ्रिकामा देखिएको भेरियन्टलाई बी.१.३५१ अर्थात् बिटा, ब्राजिलमा भेटिएको भेरियन्टलाई गामा, भारतमा देखिएको भेरियन्टलाई बी.१.६१७.२ अर्थात् डेल्टा नाम दिएको छ । भारतमै भेटिएको बी.१.६१७.१ भेरियन्टको नाम काप्पा दिइएको छ । नेपालमा ‘भेरियन्ट अफ कन्सर्न’का रुपमा अल्फा (बी.१.१.७) र डेल्टा (बी.१.६१७.२) भेरियन्ट तथा भेरियन्ट अफ इन्ट्रेस्टका रुपमा कप्पा भेरियन्ट (बी.१.६१७.१) र पछिल्लो समय डेल्टा प्लस देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सशस्त्र प्रहरी बल पर्साद्वारा १३,८०,९६० रुपैयाँ बराबरको सामान भन्सार दाखिला
  • एलएस न्युरो अस्पताल द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
  • पर्सा ख्रीष्टीयान युवा समिति गठन, अध्यक्षमा सुनबहादुर लामा
  • भोजपुरी गीत–साहित्यसँगै ‘आपन भाषा, आपन पहिचान’ अभियान अघि बढ्दै
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३,८०,९६० रुपैयाँ बराबरको सामान भन्सार दाखिला

    एलएस न्युरो अस्पताल द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

    पर्सा ख्रीष्टीयान युवा समिति गठन, अध्यक्षमा सुनबहादुर लामा

    भोजपुरी गीत–साहित्यसँगै ‘आपन भाषा, आपन पहिचान’ अभियान अघि बढ्दै

    नेशनल मेडिकल कलेज र स्वास्थ्य चौकी प्रमुखबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

    वीरगन्जका उद्योगी भन्छन् : ‘दुईतिहाइको सरकारले ल्याएको बजेट टालटुलेमात्रै’

    एसइई प्रदेशबाट सञ्चालन गर्ने सरकारकाे घोषणा

    २१६० पत्ता Tramadol र ७६ बोतल ONEREX सहित २ जना भारतीय नागरिक कारसहित पक्राउ

    पर्सामा १८ औं संघीय लोकतान्त्रिक गणतन्त्र दिवस दीप प्रज्वलन गरी मनाइयो

    विगत सात वर्षदेखि खेलकुद ऐन बन्न सकेको थिएन। म मन्त्री भए बित्तिकै खेलकुद ऐन पास गरए।

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३,८०,९६० रुपैयाँ बराबरको सामान भन्सार दाखिला

    एलएस न्युरो अस्पताल द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

    पर्सा ख्रीष्टीयान युवा समिति गठन, अध्यक्षमा सुनबहादुर लामा

    भोजपुरी गीत–साहित्यसँगै ‘आपन भाषा, आपन पहिचान’ अभियान अघि बढ्दै

    नेशनल मेडिकल कलेज र स्वास्थ्य चौकी प्रमुखबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३,८०,९६० रुपैयाँ बराबरको सामान भन्सार दाखिला

    News

    एलएस न्युरो अस्पताल द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

    News

    पर्सा ख्रीष्टीयान युवा समिति गठन, अध्यक्षमा सुनबहादुर लामा

    News

    भोजपुरी गीत–साहित्यसँगै ‘आपन भाषा, आपन पहिचान’ अभियान अघि बढ्दै

    News

    नेशनल मेडिकल कलेज र स्वास्थ्य चौकी प्रमुखबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑