बारा | बारामा इँटाभट्टाले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। इँटाभट्टाले खनेको खाल्डोमा जमेको पानीमा डुबेर आइतबार बारामा एक बालिकाको मृत्यु भएको छ।
इँटाभट्टाले खनेको खाल्डोमा जमेको पानीमा डुबेर कलैया उपमहानगरपालिका–१० की सात वर्षीया मनिषा कुमारी रामको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
सोनी इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा ती बालिका घाइते भएकी थिइन्। घाइते बालिकाको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको मिश्रले बताए।