• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शरीरको टक्सिन निकाल्न गुर्जो उपयोगी

  • वीरगंज संजाल
  • २१ असार २०७८, सोमबार ०८:०५
  • २४९७

    वीरगन्ज ।अस्वस्थ जीवनशैलीले मिर्गौला रोग लाग्ने भएकाले स्वस्थ जीवनचर्या बिताउनुपर्नेमा जोड दिइएको छ । वाग्मती सफाइ महाअभियान र हामी साथ छौँ अभियानले बिहीबार बेलुकी जुम प्रविधिबाट आयोजना गरेको प्रवचन कार्यक्रममा राष्ट्रिय मृगौला रोग केन्द्रका प्रमुख प्रा डा ऋषिकुमार काफ्लेले ९० प्रतिशत मानिस मिर्गौला बिग्रिएपछि मात्र अस्पताल पुग्ने गरेको बताए।

    केन्द्रमा हाल दैनिक २५० मिर्गौला रोगीको डाइलासिस हुने गरेको छ । यसैगरी ५० जनाको मिर्गौला परीक्षण हुन्छ । अमेरिकाको ‘स्ट्याण्डर्ड’ खानाले धेरै मानिस बिरामी हुने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले खानामा साग सब्जीसहितको स्वस्थ चीजबीज उपभोग गर्नुपर्ने बताए ।

    नेपालमा हाल तीन लाख मानिस मिर्गौला बिगारेर हिँड्ने गरको र तीन हजारको मिर्गौला फेल भएको केन्द्रले जनाएको छ । मिर्गौला रोगबाट बच्न शरीरमा पानीको व्यवस्थापन, उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रण गर्नुपर्नेमा डा. काफ्लेले जोड दिए ।

    “मिर्गौला बिग्रिरहेका बेला कुनै लक्षण हुँदैन, अन्तिममा मात्र थाहा हुन्छ, मर्गौलामा समस्या भएपछि मुटु स्ट्रोकका कारण मानिस मर्छन्, दैनिक दुईदेखि तीन लिटर पिसाब आउने गरी पानी पिउनुस्, दिनमा १० हजार पाइला हिँड्नुस्, रातमा सात, आठ घण्टा सुत्नुस्, चुरोट, खैनी, जाँड, रक्सीले मिर्गौला बिगार्ने भएकाले यस्ता चीजबाट टाढा रहनुस्, मोटोपना, रक्तचाप भए घटाउने, मधुमेह ठीक राख्ने गरेमा मिर्गौला रोगबाट बच्न सकिन्छ”, उनले भने ।

    स्वस्थ खाने, समयमा खाने, पेन किलर नखाने गर्नाले पनि मिर्गौला रोगबाट बच्न सकिन्छ । पिसाबबाट प्रोटिन गएको छ भने मिर्गौलामा समस्या छ भन्ने प्रमाणित हुने भएकाले सजग हुन आह्वान गरिएको छ । मिर्गौला बचाऔँ अभियानलाई रु एक दान गर्न डा काफ्लेले आह्वान गरे । हाल काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा मिर्गौला जाँच हुने गरेको छ । पन्ध्र हजारको जाँच गर्दा ७०० लाई मिर्गौला रोग भेटिएको केन्द्रको अभिलेख छ ।

    शरीरको टक्सिन निकाल्न गुर्जो उपयोगी

    कार्यक्रममा निःशुल्क गुर्जोका बिरुवा र धुलो एवं चिया वितरण गर्दै आउनुभएका अभियानकर्मी कमलबहादुर राजलवटले गुर्जोको नियमित सेवनले रोग प्रतिरोधी क्षमता बढाउने बताए ।

    गुर्जोले शरीरका टक्सिनलाई बाहिर निकाल्छ । गुर्जोको चिया र धुलो सेवन गर्नाले पाइल्स, आँखा, छालाको समस्या समाधान हुने गरेको छ । गुर्जो वात, पित्त, कफ त्रिदोष नाशक छ । प्राचीन कालदेखि नै औषधिका रूपमा उपयोग गरिँदै आएको गुर्जोले पाचनतन्त्र बलियो बनाउँछ । गुर्जोले बच्चा र वृद्धलाई जवान बनाउने एवं जवानलाई पहलमान बनाउने अभियानकर्मी राजलवट बताउँछन् ।

    पाँच वर्षमुनिका बालबालिका र गर्भवती महिलाले भने गुर्जोका परिकार सेवन गर्नुहुँदैन । गुर्जोको बिरुवा रोपेको एक वर्षपछि परिपक्व बन्छ । एक वर्षमा गुर्जोको बिरुवामा सबै गुण आउँछ । विसं २०७६ चैतमा कोरोनाबाट बच्न बन्दाबन्दी गरिएदेखि यसबाट बनेको औषधि र बिरुवा निःशुल्क वितरण गर्दै आएका अभियानकर्मी राजलवटले त्यो अभियानलाई यस वर्ष पनि निरन्तरता दिएका छन् । गत वर्ष एक लाख ४० हजार गुर्जोका बिरुवा रोपणका लागि निःशुल्क वितरण गरिएको उनले बताए ।

    कार्यक्रममा पूर्व मुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि पौडेलले सफाइ महाअभियान आठौँ वर्ष पूरा गरी नवौँ वर्ष प्रवेश गरेको अवसरमा सात हप्ताअघिदेखि हामी साथ छौँ अभियानसँग मिलेर कोरोनाबाट बच्न आवश्यक जानकारी दिन प्रवचन कार्यक्रम आयोजना गरिएको बताए ।

    विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियानले ५० औँ हप्ताका अवसरमा २०७१ वैशाख १ गते गुह्येश्वरीभन्दामाथिको वाग्मतीमा ढल मुक्त गरेर गुह्येश्वरीमा स्नान गरेकामा हाल पुनः प्रदूषित बनेको छ ।
    नेपालमा अङ्ग दान गर्ने परम्परा विकास हुन नसकेको उल्लेख गर्दै पूर्व मुख्यसचिव पौडेलले आफूले देशमै पहिलोपटक छाला दान गरेको बताए । आगोबाट जलेकाका लागि छाला आवश्यक पर्ने गर्छ । आफू मुख्यसचिव भएकै बेला ‘ब्रेन डेथ क्राइटेरिया’को कानूनी व्यवस्था गरेको उहाँले सुनाउनुभयो । ब्रेन डेथ भएकाको छाला, मिर्गौला र कलेजो दान गर्न सकिने व्यवस्था छ ।

    विकसित मुलुकमा ७५ प्रतिशत अङ्ग दानबाट पाइने गरेको छ । नेपालमा पनि अङ्गदान सबैभन्दा ठूलो दान हो भन्ने मान्यतालाई स्थापित गर्न अभियान चलाइनुपर्नेमा जोड दिइएको छ ।

    अभियानकर्मी डा माला खरेलले महाअभियान र हामी साथमा छौँ अभियानको आयोजनामा साप्ताहिकरूपमा भइरहेको प्रवचनले धेरैलाई स्वस्थ जीवनयापनको सूत्र दिने भएकाले यसलाई निरन्तरता दिने बताए । अभियानकर्मी राजकुमार भट्टराईले वाग्मतीबाट हालसम्म २० हजार टन फोहर व्यवस्थापन गरिएको बताउनुभयो । सफाइ महाअभियानमा १२ लाख स्वयंसेवीले सफाइमा साथ दिएका छन् ।

    महाअभियानबाट प्रभावित भएर उपत्यकामा वाग्मती, सहायक नदी, चक्रपथ, सम्पदा स्थलसहित २० स्थान र उपत्यका बाहिरका मुख्य नदी, शहर र सांस्कृतिक सम्पदामा सफाइ भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सशस्त्र प्रहरी बल पर्साद्वारा १३,८०,९६० रुपैयाँ बराबरको सामान भन्सार दाखिला
  • एलएस न्युरो अस्पताल द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
  • पर्सा ख्रीष्टीयान युवा समिति गठन, अध्यक्षमा सुनबहादुर लामा
  • भोजपुरी गीत–साहित्यसँगै ‘आपन भाषा, आपन पहिचान’ अभियान अघि बढ्दै
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३,८०,९६० रुपैयाँ बराबरको सामान भन्सार दाखिला

    एलएस न्युरो अस्पताल द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

    पर्सा ख्रीष्टीयान युवा समिति गठन, अध्यक्षमा सुनबहादुर लामा

    भोजपुरी गीत–साहित्यसँगै ‘आपन भाषा, आपन पहिचान’ अभियान अघि बढ्दै

    नेशनल मेडिकल कलेज र स्वास्थ्य चौकी प्रमुखबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

    वीरगन्जका उद्योगी भन्छन् : ‘दुईतिहाइको सरकारले ल्याएको बजेट टालटुलेमात्रै’

    एसइई प्रदेशबाट सञ्चालन गर्ने सरकारकाे घोषणा

    २१६० पत्ता Tramadol र ७६ बोतल ONEREX सहित २ जना भारतीय नागरिक कारसहित पक्राउ

    पर्सामा १८ औं संघीय लोकतान्त्रिक गणतन्त्र दिवस दीप प्रज्वलन गरी मनाइयो

    विगत सात वर्षदेखि खेलकुद ऐन बन्न सकेको थिएन। म मन्त्री भए बित्तिकै खेलकुद ऐन पास गरए।

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३,८०,९६० रुपैयाँ बराबरको सामान भन्सार दाखिला

    एलएस न्युरो अस्पताल द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

    पर्सा ख्रीष्टीयान युवा समिति गठन, अध्यक्षमा सुनबहादुर लामा

    भोजपुरी गीत–साहित्यसँगै ‘आपन भाषा, आपन पहिचान’ अभियान अघि बढ्दै

    नेशनल मेडिकल कलेज र स्वास्थ्य चौकी प्रमुखबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३,८०,९६० रुपैयाँ बराबरको सामान भन्सार दाखिला

    News

    एलएस न्युरो अस्पताल द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

    News

    पर्सा ख्रीष्टीयान युवा समिति गठन, अध्यक्षमा सुनबहादुर लामा

    News

    भोजपुरी गीत–साहित्यसँगै ‘आपन भाषा, आपन पहिचान’ अभियान अघि बढ्दै

    News

    नेशनल मेडिकल कलेज र स्वास्थ्य चौकी प्रमुखबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑