• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पहिरो प्रभावित २० जिल्लामा रकम निकासा, क्षति न्यूनीकरणका लागि एकीकृत कार्ययोजना ल्याउने तयारी

  • वीरगंज संजाल
  • १८ असार २०७८, शुक्रबार १६:१५
  • २८६९

    वीरगन्ज । गत वर्ष बाढी पहिरोबाट क्षति पुगेका निजी घरहरु बनाउन संघीय सरकारले २० जिल्लामा रकम पठाउन सुरु गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणकाअनुसार सरकारले १९ करोड ९७ लाख ७३ हजार ७५० रूपैयाँ रकम जिल्ला पठाएको हो । सो रकमबाट दार्चुला, पश्चिम रुकुम, म्याग्दी, पर्वत, गोरखा, लमजुङ, कालिकोट, संखुवासभा, बाजुरा, धनकुटा, बझाङ, भोजपुर, जाजरकोट, रोल्पा, कास्की स्याङ्जा, तनहुँ, मकमानपुर र मोरङका घरहरु बनाउन लागिएको हो । यसबाट ३ हजार ९४९ लाभग्राही लाभान्वित हुनेछन् ।

    गत वर्ष पहिरोबाट प्रभावित २६ जिल्लामा क्षतिको विवरण संकलन गर्न केन्द्रले परिपत्र गरेको थियो । जसमा अझै केही जिल्लाको पूर्ण विवरण आउन बाँकी रहेको प्रवक्ता विश्वप्रकास अर्यालले जानकारी दिए । सरकारले पहिलोपटक पहिरो पीडितलाई आवास बनाउन रकम उपलब्ध गराउन लागेको हो । यसका लागि गत वर्षको आर्थिक वर्ष ०७७ को असारमा निर्णय स्वीकृत भई पुसमै सो कार्यविधि बनाई कार्य सम्पन्न भएको थियो । प्रवक्ता अर्यालका अनुसार चैतबाट रकम निकासा सुरु गर्न थालिएको हो, जुन अझै जारी छ ।

    स्थानीय, प्रदेश र संघ गरी ३ वटै सरकारको सहकार्यमा रकम जुटाई पीडितका लागि आवास पुननिर्माण गर्न लागिएको हो । यस्तै, सरकारले अस्थायी आवास सिविरको लागि ५० हजार दिने व्यवस्था गरेको छ भने घर पुनर्निमाणको लागि तराईमा ३ लाख, पहाडमा ४ लाख र हिमालमा ५ लाख दिने व्यवस्था गरेको छ । पहिरो गएको ठाउँमा पुनः आवास निर्माण गर्न नमिले अन्तै घर बनाउनु परेमा सरकारले जग्गा खरिदको लागि छुट्टै ३ लाख दिने व्यवस्था समेत गरेको छ ।

    प्राधिकरणले हाल अस्थायी आवास निर्माणको ५० हजार र आवास पुनर्निमाणको पहिलो किस्ता २५ हजार रकम पठाएको हो । उक्त रकम सम्बन्धित वडाबाट जिल्ला विपद् व्यवस्थापन समितिमा विवरण पठाएर बैँकमा खाता खोलेपछि समितिले सिधै रकम खातामा हालिदिने व्यवस्था रहेको प्रवक्ता अर्यालले बताए । साथै उनले यस वर्षको मनसुनले पारेको क्षतिको लगत पनि संकलन गर्ने कार्य भइरहेको जानकारी दिए ।

    यस पालिको मनसुनले १ महिना नबित्दै बाढी र पहिरोबाट ३३ जनाको ज्यान गइसकेको छ । ३२ जना घाइते छन् भने ३० जना अझै बेपत्ता छन् । मनसुनबाट ३२ जिल्ला प्रभावित भएका छन् भने ४८३ घर पूर्ण र ११२ घर आंशिक क्षति भएका छन् । हालसम्म ६७६ परिवार विस्थापित भइसकेका छन् । यस्तै, ५ वटा सरकारी तथा सामुदायिक विद्यालयमा क्षति पुगेको छ भने ७ वटा पक्की पुल र १९ वटा झोलुंगे पुलमा क्षति पुगेको छ ।

    जोखिम न्यूनीकरण र उद्दारको अवस्थाबारे जानकारी लिन हिजो गृहमन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले विपदबाट हुन सक्ने सबै खालका क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न निर्देशन दिएका थिए । उनले उद्दार, राहत र पुनस्थापनालाई उच्च प्राथमिकता दिएर काम गर्न निर्देशन दिएको प्राधिकरणले जनाएको हो । उनले राहत र उद्दारका लागि स्रोतको अभाव नहुने जिकिर गर्दै विपद्का घटना भएपछि के गर्ने भन्दा पनि पहिले नै कसरी घटनाहरुलाई न्यूनीकरण गर्न सकिन्छ भन्नेमा केन्द्रित हुन आग्रह गरेका थिए । उनले भने, “क्षति न्यूनीकरणका लागि एकीकृत कार्य योजना ल्याउने तयारी हुँदैछ । अवरुद्ध भएका सडकलाई सञ्चालनदेखि पुनःस्थापना र पुनर्निर्माणका लागि समय तालिका बनाएर काम गर्नुस् ।” मनसुनबाट ५ जिल्लाका ६ वटा राजमार्गमा क्षति पुगेर सडक अवरुद्ध भएका छन् ।

    गृह मन्त्रालयकाअनुसार कोषमा पाँच अर्बभन्दा बढी रकम रहेकाले राहत र उद्दारमा स्रोतको कमी हुने छैन । बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढी पहिरो लगायतले पुर्याएको क्षति र नोक्सानीको एकिन विवरण र आर्थिक लागत निकाली पुनःस्थापना र पुनर्निर्माणका कार्यहरु अघि बढाउने तयारी रहेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र स्वास्थ्य चौकी प्रमुखबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • वीरगन्जका उद्योगी भन्छन् : ‘दुईतिहाइको सरकारले ल्याएको बजेट टालटुलेमात्रै’
  • एसइई प्रदेशबाट सञ्चालन गर्ने सरकारकाे घोषणा
  • २१६० पत्ता Tramadol र ७६ बोतल ONEREX सहित २ जना भारतीय नागरिक कारसहित पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र स्वास्थ्य चौकी प्रमुखबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

    वीरगन्जका उद्योगी भन्छन् : ‘दुईतिहाइको सरकारले ल्याएको बजेट टालटुलेमात्रै’

    एसइई प्रदेशबाट सञ्चालन गर्ने सरकारकाे घोषणा

    २१६० पत्ता Tramadol र ७६ बोतल ONEREX सहित २ जना भारतीय नागरिक कारसहित पक्राउ

    पर्सामा १८ औं संघीय लोकतान्त्रिक गणतन्त्र दिवस दीप प्रज्वलन गरी मनाइयो

    विगत सात वर्षदेखि खेलकुद ऐन बन्न सकेको थिएन। म मन्त्री भए बित्तिकै खेलकुद ऐन पास गरए।

    ६ लाख नगदसहित एक व्यक्ति र मोटरसाइकल भन्सार बुझायो : सशस्त्र प्रहरी बल पर्सा

    लक्षमनवा टोलमा मस्जिदको छत ढलान, उप–प्रमुख इम्तियाज आलमको पहलमा कार्य सम्पन्न

    कटहरियामा तत्काल एकीकृत सेवा केन्द्र स्थापना गर्न आजपा नेता विजय यादवको माग

    नेपालमा पनि ७ जनामा कोरोना पुष्टि

    नेशनल मेडिकल कलेज र स्वास्थ्य चौकी प्रमुखबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

    वीरगन्जका उद्योगी भन्छन् : ‘दुईतिहाइको सरकारले ल्याएको बजेट टालटुलेमात्रै’

    एसइई प्रदेशबाट सञ्चालन गर्ने सरकारकाे घोषणा

    २१६० पत्ता Tramadol र ७६ बोतल ONEREX सहित २ जना भारतीय नागरिक कारसहित पक्राउ

    पर्सामा १८ औं संघीय लोकतान्त्रिक गणतन्त्र दिवस दीप प्रज्वलन गरी मनाइयो

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र स्वास्थ्य चौकी प्रमुखबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

    News

    वीरगन्जका उद्योगी भन्छन् : ‘दुईतिहाइको सरकारले ल्याएको बजेट टालटुलेमात्रै’

    News

    एसइई प्रदेशबाट सञ्चालन गर्ने सरकारकाे घोषणा

    News

    २१६० पत्ता Tramadol र ७६ बोतल ONEREX सहित २ जना भारतीय नागरिक कारसहित पक्राउ

    News

    पर्सामा १८ औं संघीय लोकतान्त्रिक गणतन्त्र दिवस दीप प्रज्वलन गरी मनाइयो

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑