• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शुक्रबारदेखि सबै यातायात चलाउँछौंं : यातायात व्यवसायी

  • वीरगंज संजाल
  • १६ असार २०७८, बुधबार २२:२५
  • ४३८५

    वीरगन्ज । साँखु–सातदोबाटो रुटमा चल्ने सार्वजनिक बसका  सहचालक सूर्य नेपाली ठ्याक्कै दुई महिना बेरोजगार भए । दुई महिना घरमा बसेका उनी अहिले फेरि काममा फर्किएका छन् ।बैशाख १६ देखि सुरु भएको निषेधाज्ञा असार १५ बाट केही खुकुलो पार्दै सरकारले उपत्यकामा जोर–बिजोर का आधारमा बस सञ्चालन गर्न दिएपछि नेपाली काममा फर्किएका हुन् । तर, बस चल्न थाले पनि कमाइ भने ठप्प रहेको उनले सुनाए ।पर्याप्त यात्रु नभएका कारण गाडीमा हाल्ने तेल खर्चसमेत निकाल्न कठिन भएको नेपालीले रातोपाटीलाई बताए । उनीजस्तै अहिले उपत्यकामा गुड्न थालेका बसका चालकहरूको साझा गुनासो छ, ‘पर्याप्त यात्रु छैनन्, बस भाडादर पुरानै छ, तेल खर्चसमेत उठाउन मुस्किल छ ।’

    सरकारले निषेधाज्ञा खुकुलो पारेर जोर–बिजोर नम्बरका आधारमा उपत्यकामा बस सञ्चालन गर्न दिए पनि कोरोना संक्रमण दर पूर्ण रुपमा घटेको छैन । सर्वसाधारणहरू पूर्णरुपमा निर्धक्क  भएर घर बाहिर निस्कन सकेका छैनन् ।काठमाडौंको चक्रपथ रुटका बस चालक जगत रानामगर सरकारले जोर–बिजोरका आधारमा बस चलाउन खुला गरे पनि यात्रु संख्या थोरै भएका कारण समस्या परेको बताउँछन् । सरकारले भाडादर पुनरावलोकन गर्नुपर्ने उनले बताए ।लगनखेल–भक्तपुर रुटका सहचालक गणेश प्रधान डिजेलको भाउ प्रतिलिटर ११० रुपैयाँ पुग्दा पनि भाडादर पुरानै भएकाले बस चलाउन समस्या रहेको बताउँछन् ।उनी भन्छन्, ‘काम नगरी पनि भएन, तर कमाइ छैन । बस भाडा नबढाउने हो भने त तेल हाल्नै पुग्दैन । सरकारले भाडा बढाए हुन्थ्यो ।’चक्रपथ रुटका बस चालक लीला थापामगरले पनि यात्रु थोरै भएका कारण तेल खर्च उठाउन समस्या परेको बताए । उनले भने, ‘तेल हाल्न र खानलाई अलिअलि पुगेको छ, पछि के हुन्छ हेरौँ ।’

    यातायात व्यवसायी भन्छन् – ‘हामी सम्पूर्ण बस चलाउँछौँ’

    यसैबीच बस व्यवसायीहरुले भने सरकारले जोर–बिजोरका आधारमा बस चलाउन दिनु ठीक भए पनि सम्पूर्ण क्षेत्रमा बस चलाउन नदिनु अव्यवहारिक भएको बताएका छन् ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले देशभरि बस सञ्चालन गर्न दिनुपर्ने बताउँदै सरकारले नमाने अवज्ञा गर्ने बताए । यसबारे बिहीबार यातायात व्यवसायीहरुको बैठक बसेर थप निर्णय लिइने उनले बताए ।सिटौलाले भने, ‘सरकारले छोटो, मध्यम तथा लामो सबै दुरीको बस सञ्चालन गर्न दिनुपर्छ । साथै भाडादर समायोजन नभएको निकै भइसक्यो, वैज्ञानिक ढंगले भाडादर समायोजन पनि गर्नुपर्छ ।’

    महासचिव सिटौलाले आर्थिक गतिविधिलाई बढाएर जनजीवन सहज अवस्थामा फर्काउनका लागि पनि बस सञ्चालनलाई व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराए ।यातायात व्यवसायीहरुले चालक तथा सहचालक जोखिम क्षेत्रमा रहेको भन्दै उनीहरुका लागि कोरोनाविरुद्धको खोप लगाउन पनि माग गरेका छन् । सरकारले आफ्नो माग सम्बोधन नगरे यही असार १८ गतेबाट देशब्यापी रुपमा बस सञ्चालन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

    हेर्नुहोस् भिडियो

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑