काठमाडौं । दसैं सकिएलगत्तै इन्धनको माग क्रमशः घट्न थालेको छ । दसैंको सप्तमी अष्टमीमा पेट्रोल डिजेलको माग ४५ प्रतिशतले वृद्धि भएको थियो भने दसैंको अन्तिम दिन पूर्णिमासम्म माग घटेर २५ प्रतिशतमा झरेको छ ।
तर, तिहारसम्म इन्धनको माग वृद्धि भइरहने नेपाल आयल निगमले जनाएको छ ।
नेपाल आयल निगम थानकोट डिपोका प्रादेशिक प्रमुख बिनितमणी उपाध्यायका अनुसार इन्धनको माग गत सालभन्दा पेट्रोल १५ र डिजेल १० प्रतिशतले वृद्धि भएको छ ।
यो हरेक वर्ष वृद्धि हँुदै आएको प्रतिशत हो । जाडो मौसम सुरु भएकाले पनि इन्धनको माग बढ्ने प्रमुख उपाध्यायको भनाइ छ ।