• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश नं २ मा ८ सय ४९ सीमा स्तम्भ गायब

  • वीरगंज संजाल
  • १४ असार २०७८, सोमबार २१:१३
  • ३५७३

    वीरगञ्ज। प्रदेश नं २ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमा स्तम्भ हराएका छन् । प्रदेश २ को आठ जिल्लाअन्तर्गत भारतीय सीमासँग जोडिएको पूर्वको सप्तरी गोबरगाढादेखि पश्चिमको पर्सा जिल्लाको ठोरीसम्म ४६४ किलोमिटर क्षेत्रमा रहेका चार हजार २७ सीमा स्तम्भमध्ये ८४९ वटा हराएका हुन् ।

    सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी प्रदेश नं २ बर्दिबासका अनुसार प्रदेश २ को नेपाल–भारतबीच सीमा समस्या ज्युँका त्युँ रहेको छ । बाहिनीका अनुसार प्रदेश २ को आठ जिल्लामा रहेका चार हजार २७ सीमा स्तम्भमध्ये साबुतका दुई हजार ६४ सीमा स्तम्भ रहेको, ७०४ वटा मर्मत गर्नुपर्ने, ३१९ वटा पूर्ण रूपमा निर्माण गर्नुपर्ने, ९१ वटा सीमा स्तम्भ खोलाले बगाएको र ८४९ सीमा स्तम्भ हराएकाले दशगजामा समस्या देखिएको छ ।

    भारतीय पक्षले नेपाल–भारतको दशगजा क्षेत्रमा घर, टहरा बनाएर बसोबास गर्ने र गाई गोरु बाँध्ने गरेकाले नेपाल–भारत सीमा क्षेत्र छुट्याउन समस्या भएको भन्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले भने, “हराएका सीमा स्तम्भका कारण दशगजा क्षेत्रमा देखिएको समस्या समाधान गर्ने भनेर भारतीय समकक्षीसँग बेलाबेलामा कुराकानी भइरहेको छ ।”

    प्रदेश २ को आठ जिल्लाामध्ये कतिपय जिल्लामा सीमावर्ती दशगजा क्षेत्र मिचेर भारतीय नागरिकहरूले खेतीपाती गरेका, घर टहरा बनाएर गाई गोठ बनाएका र बसोबास गरिरहेका समेत सार्वजनिक भएको छ । सिराहाको इनर्वा टोलमा भारतीय नागरिक दशगजा अतिक्रमण गरी कटेरा निर्माण गरेर बसिरहेका छन् । माडरस्थित लचका टोलको दशगजाभित्र भारतीय नागरिकले जग्गा अतिक्रमण गरी खेतीपाती गर्ने गरेको, लग्दी गोठ टोलमा पुरै दशगजा क्षेत्र अतिक्रमण गरेको, लग्दी गदीयानीदेखि सन्हैठा गाउँसम्म दशगजा क्षेत्र नै अतिक्रमण गरी खेतीपाती गर्ने गरेको, इनर्वास्थित अभय नगरदेखि ठाडीसम्म भारतीय पक्षले दशगजा क्षेत्रमा घर टहरा बनाएर बस्ती बसालेको र ठाडीमा भारतीय भन्सार कार्यालय अफिस राखेको छ ।

    सिरहाकै लग्दीगोठमा सीमा स्तम्भ नभएपछि दशगजा क्षेत्र मिचेर करिब ५० भारतीय घरपरिवार बस्दै आएका छन् । बरियारपट्टी लदनियाँमा रहेको २५३ नम्बरको सीमा स्तम्भ सात मिटर नेपालतर्फ भारतीय पक्षले सारेर नेपाली भूमि अतिक्रमण गरेको छ । सीमापारि रहेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानहरुले यसप्रति उदासीनता देखाएको र उनीहरूले नै नेपाली भूमि अतिक्रमण गरेको बरियापट्टिका स्थानीयवासीको आरोप छ ।

    यसैगरी धनुषाको पश्चिमी सीमामा रहेको महिनाथपुरमा समेत भारतीय पक्षले दशगजामै माटो खसालेर अतिक्रमण गरेको छ । यसरी प्रदेश २ को आठ जिल्लाअन्तर्गत पूर्वमा सप्तरीको गोबरगाढादेखि पश्चिमको पर्सा जिल्लाको ठोरी गाउँसम्म ४६४ किलोमिटर सीमा क्षेत्रलाई छुट्याइएको सीमा स्तम्भमध्ये ८४९ सीमा स्तम्भ हराएपछि सीमा सुरक्षालाई लिएर कतिपय सवाल उठिरहेको स्थानीयवासी बताउँछन् । सिरहा र धनुषामा मात्र होइन यो समस्या प्रदेश २ को आठ जिल्लामै रहेको देखिन्छ ।

    स्थानीय प्रशासन, जनप्रतिनिधि तथा सम्बन्धित निकायको टाउको दुखाइ बनेको नेपाल भारतबीच देखिएको सीमा समस्यालाई दीर्घकालीन समाधानतर्फ दुवै देशका सरकार गम्भीर हुनुपर्ने जानकारहरूको भनाइ छ । ‘जिपिएस सिस्टम’बाट कहाँ कहाँ सीमा स्तम्भ छन् भन्नेबारे वैज्ञानिक सीमाङ्कन हुनुपर्ने सीमा क्षेत्रका बासिन्दाको माग छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ६ लाख नगदसहित एक व्यक्ति र मोटरसाइकल भन्सार बुझायो : सशस्त्र प्रहरी बल पर्सा
  • लक्षमनवा टोलमा मस्जिदको छत ढलान, उप–प्रमुख इम्तियाज आलमको पहलमा कार्य सम्पन्न
  • कटहरियामा तत्काल एकीकृत सेवा केन्द्र स्थापना गर्न आजपा नेता विजय यादवको माग
  • नेपालमा पनि ७ जनामा कोरोना पुष्टि
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ६ लाख नगदसहित एक व्यक्ति र मोटरसाइकल भन्सार बुझायो : सशस्त्र प्रहरी बल पर्सा

    लक्षमनवा टोलमा मस्जिदको छत ढलान, उप–प्रमुख इम्तियाज आलमको पहलमा कार्य सम्पन्न

    कटहरियामा तत्काल एकीकृत सेवा केन्द्र स्थापना गर्न आजपा नेता विजय यादवको माग

    नेपालमा पनि ७ जनामा कोरोना पुष्टि

    किशोर उमेरका राजकुमार सन्किएपछि साउदी सरकारले लगाएको थियो मदिरामा प्रतिबन्ध

    भिजिट भिसा प्रकरणले तात्यो संसद, गृहमन्त्रीको राजीनामा ‘बमट लाइन’

    फ्रान्सका राष्ट्रपतिले आफ्नी श्रीमतीको थप्पड खाएका हुन् ?

    एकै परिवारका सात जना रहस्यमय अवस्थामा मृत भेटिए

    छोटो शीर्षक: विद्यार्थी नेतृत्त्वमा वीरगन्जमा ६१ जनाको रक्तदान

    कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा दाजुबहिनीको मृत्यु

    ६ लाख नगदसहित एक व्यक्ति र मोटरसाइकल भन्सार बुझायो : सशस्त्र प्रहरी बल पर्सा

    लक्षमनवा टोलमा मस्जिदको छत ढलान, उप–प्रमुख इम्तियाज आलमको पहलमा कार्य सम्पन्न

    कटहरियामा तत्काल एकीकृत सेवा केन्द्र स्थापना गर्न आजपा नेता विजय यादवको माग

    नेपालमा पनि ७ जनामा कोरोना पुष्टि

    किशोर उमेरका राजकुमार सन्किएपछि साउदी सरकारले लगाएको थियो मदिरामा प्रतिबन्ध

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ६ लाख नगदसहित एक व्यक्ति र मोटरसाइकल भन्सार बुझायो : सशस्त्र प्रहरी बल पर्सा

    News

    लक्षमनवा टोलमा मस्जिदको छत ढलान, उप–प्रमुख इम्तियाज आलमको पहलमा कार्य सम्पन्न

    News

    कटहरियामा तत्काल एकीकृत सेवा केन्द्र स्थापना गर्न आजपा नेता विजय यादवको माग

    News

    नेपालमा पनि ७ जनामा कोरोना पुष्टि

    News

    किशोर उमेरका राजकुमार सन्किएपछि साउदी सरकारले लगाएको थियो मदिरामा प्रतिबन्ध

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑