• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    माधव नेपाललाई एमालेमा फर्काउन अन्तिम प्रयास गरिँदै, जेठ २ मा फर्किएको घोषणा असार १६ मा हुने

  • वीरगंज संजाल
  • १३ असार २०७८, आईतवार १४:३१
  • २८१७

    वीरगन्ज । नेकपा एमालेले माधव नेपाल समूहलाई पार्टीमै फर्काउन अन्तिम प्रयास गर्ने भएको छ । त्यसको लागि दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकबाट पार्टीका सबै संरचनाहरू २०७५ जेठ २ मा फर्किएको औपचारिक निर्णय गरिने एमाले स्रोतले जनाएको छ ।

    माधव नेपाल एमालेमा नफर्किए पनि अरु नेता कार्यकर्तालाई रोक्नका लागि नेपाल पक्षले माग गरे बमोजिम जेठ २ मा फर्किने निर्णयसहित औपचारिक आह्वान गर्ने तयारी अध्यक्ष केपी शर्मा अ‍ोलीको छ ।
    सोही प्रयोजनका लागि आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले असार १६ गते आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । सोही बैठकबाट एकताको लागि अन्तिम प्रयत्न गरिने स्थायी कमिटी सदस्य विष्णु रिमालले नेपाल प्रेसलाई बताए । रिमालले भने, ‘माधव कमरेडको कुरा त तपाईंहरूले भिडिओसहित सबैलाई जानकारी गराइहाल्नुभयो । तर, पनि पार्टीले उहाँहरूलाई एमालेमै रहनका लागि हदैसम्म लचिलो भएर सम्बोधन गर्छ ।

    जेठ २ मा जाने भनेर अध्यक्षले आह्वान गरिसक्नु भएकै छ, महाधिवेशन आयोजक कमिटीको बैठकले थप निर्णय गर्छ ।’प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा सर्वोच्च अदालतका पछिल्ला आदेश तथा फैसला र माधव नेपालको क्रियाकलापबारे छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । उनले थप निर्णय गर्न फराकिलो र उच्च तहबाट छलफल गर्नुपर्ने भएकाले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको जानकारी दिए ।

    यो पनि पढ्नुहोस् : जेठ २ मा फर्किँदा पनि नमिल्ने भयो एमाले, यसकारण भएन मस्यौदामा सहमति
    एमाले स्रोतका अनुसार आइतबारको बैठकमा माधव नेपाल एमालेमा नफर्किने निष्कर्ष निकालिएको छ । माधवपक्षीय नेताहरूसँगका वार्तामा सहभागी नेताहरुले बैठकमा ब्रिफिङ गर्दै अध्यक्ष वा प्रधानमन्त्री दिए पनि नेपाल एमालेमा नफर्किने निष्कर्ष सुनाएको एक नेताले बताए ।

    नेपाल आफैंले शनिबार पत्रकारहरूसँग आफूलाई प्रधानमन्त्रीको अफर आइसकेको खुलासा गर्दै तर विपक्षी गठबन्धन छाडेर ओलीसँग मिल्न नजाने प्रष्ट पारिसकेका छन् । नेपाललाई यसबीचमा दोस्रो अध्यक्षको अफर समेत गरिएको तर उनले एकल अध्यक्ष दिए पनि अब एमालेमा नबस्ने जवाफ दिएको ती नेताले बताए ।

    ती नेताले भने, ‘माधव नेपाललगायत उनीसँग रहेको एउटा टिम कुनै हालतमा एमालेमा फर्किदैन भन्ने निष्कर्ष रह्यो । तर, जेठ २ मा फर्काएर सबै संरचना क्रियाशील गराउने औपचारिक निर्णय गर्दा धेरै मान्छेको जिम्मेवारी फर्किने भएकाले उनीहरू रोकिन सक्छन् भनेर अन्तिम आह्वान गर्न लागिएको हो ।’

    बैठकमा केही नेताले एकताका लागि र माधव नेपाललाई एमालेमा राख्नका लागि अधिकतम लचिलो बन्न अध्यक्ष ओलीलाई सुझाव दिएका थिए । ओलीले सबै प्रयास गर्दा पनि माधव नेपाल विपक्षी गठबन्धनबाट फर्किने ठाउँमा नरहेको बताएका थिए ।

    बैठकपछि एमाले प्रवक्ता ज्ञवालीले एमाले विभाजन गर्ने, आफ्नै पार्टीको सरकार विस्थापित गर्न प्रतिपक्षलाई काँधमा बाकेर आफ्नो पार्टी सिध्याउने कर्ममा माधव नेपाल लागिरहे पनि पार्टी एकताको आश अझै आफूहरूले नमारेको बताए ।

    उनले भने, ‘प्रतिपक्षलाई श्रेष्ठ बनाउने र एमाले विभाजन गर्ने सिमित नेताको चाहना होला, तर देभरका कार्यकर्ता र जनताको चाहना होइन त्यसैल हामीले अन्तिमसम्म एकताको पहल गर्छौं । अनुशासन उल्लंघनको हद पार गर्दा पनि पार्टीले सहेको छ,यो भनेको एकता नटुटोस् भनेरै हो ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑