• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चीनमा भेटिएको नयाँ मानव प्रजातिको खप्परले वैज्ञानिकहरू उत्साहित

  • वीरगंज संजाल
  • १३ असार २०७८, आईतवार १२:३८
  • ४४२५

    बीबीसी। चिनियाँ वैज्ञानिकहरूले बिलकुलै नयाँ प्रजातिको मानवको हुनसक्ने प्राचीन खप्पर सार्वजनिक गरेका छन्। वैज्ञानिक टोलीले यो प्रजाति आधुनिक मानवको हालसम्म थाहा भएका नीयान्डर्टाल र होमो इरेक्टसजस्ता आदिम मानवभन्दा नजिकको पुर्खा भएको दाबी गरेको छ।ड्रागन म्यान उपनाम दिइएको खप्पर पूर्वी एशियामा कम्तीमा १,४६,००० वर्षअघि जीवित रहेको मानव प्रजातिको भएको बताइएको छ। सो खप्पर उत्तर-पूर्वी चीनको हार्बिनमा सन् १९३३ मै भेटिएको भए पनि वैज्ञानिकहरूले हालै मात्र पत्ता पाएका हुन्। सो खप्परको विश्लेषण द इनोभेसन जर्नलमा प्रकाशित भएको छ।यूकेका मानव विकासविज्ञ प्राध्यापक क्रिस स्ट्रीङ्गर चिनियाँ खप्पर अध्ययन टोलीका एक सदस्य थिए। “गएको दश लाख वर्षको जीवावशेषको सम्बन्धमा यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा महत्त्वपूर्णमध्ये एक हो,” उनले बीबीसी न्यूजलाई भने।

    “हामीले भेटेको कुरा मानव जातिको एउटा यस्तो हाँगो हो जुन होमो सेपियन्स (आधुनिक मानव) बन्ने लहरमा थिएन तर यो क्षेत्रमा हजारौँ वर्ष जीवित रहेर अन्ततः लोप हुन पुग्यो।”अध्ययनकर्ताहरूका अनुसार यो खोजले मानव विकास इतिहासको पुनर्लेखन गर्न सक्ने सम्भावना बोकेको छ। उनीहरूको विश्लेषणमा यो प्रजाति नीयान्डर्टालभन्दा नजिक आधुनिक मानव प्रजातिसँग देखिएको छ।यो प्रजातिलाई उनीहरूले होमो लङ्गी नाम दिएका छन्। चिनियाँ भाषामा लङ्को अर्थ ड्रागन हुन्छ। “हामीले लुप्त भएको एउटा हाँगो भेटेका छौँ,” चिनियाँ वैज्ञानिक सिजुङ् नीले भने।”यो यति राम्रो अवस्थामा भेटिएको कुरा विश्वासै गर्न सकिने थिएन। यो साँच्चै नै गजबको खोज हो।”

    यो खप्पर अन्य मानव प्रजातिको भन्दा ठूलो छ र यसको मस्तिष्क हाम्रो प्रजातिको आकारको छ। ड्रागन म्यानको ठुलो र झन्डै चारकुने परेको आँखा, बाक्लो आँखीभौँ, चौडा मुख र ठूलो दाँत भएको देखिन्छ। वैज्ञानिकहरूले ड्रागन म्यान बलिष्ठ भएको अनुमान गरेका छन्।तर सो खप्पर पत्ता लागेको स्थानबाट हटाइएको भएका कारण यसका हतियार वा संस्कृतिका अन्य सामान पत्ता लागेका छैनन्। यो खप्पर सन् १९३३ मा सोङ्हुवा नदीमाथि पुल बनाउन खटिएका एक ज्यामीले भेट्टाएको बताइएको छ।सो समयमा सो सहर जापानीहरूको नियन्त्रणमा रहेको थियो र सो चिनियाँ ज्यामीले यो खप्परको पुरातात्त्विक महत्त्व हुनसक्ने अनुमान गरेर घर लगेर इनारमा हालेका थिए। सो इनारमा लगभग ८० वर्ष रहेको यो खप्परको बारेमा मृत्युको समयमा उनले परिवारलाई भनेका कारण वैज्ञानिकहरूको हात परेको थियो।

    क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक मार्टा मिरोजन लहरले ड्रागन म्यान डेनीसोभन प्रजातिको हुनसक्ने आशङ्का गरेका छन्। रुसको डेनीसोभा गुफामा भेटिएको ५० देखि ३० हजार वर्ष पुरानो हातको हड्डीको डीएनए परीक्षणबाट डेनीसोभान प्रजाति भेटिएको थियो।“डेनीसोभान प्राचीन समयको अचम्मको जनसङ्ख्या रहेको थियो। तिब्बतमा भेटिएको चिउँडोको हाड पनि डेनीसोभानको हुनसक्ने देखिएको छ,” लहरले भने।

    “अहिले भेटिएको खप्पर र तिब्बतमा भेटिएको चिउँडोको हाड मिल्न सक्ने देखिएको छ। यसको अर्थ हामीले डेनीसोभानको पहिलो अनुहार भेट्न सक्छौँ।”हालै मात्र इजरेलमा अध्ययनकर्ताहरूले एक लाख वर्षभन्दा अगाडि जीवित आदिम मानवको अहिलेसम्म अज्ञात एक प्रजाति पत्ता लगाएका दाबी गरेका छन्।राम्ला सहरनजिक भेटिएको अवशेष त्यस्तो प्रकारको प्राचीन मानवको अन्तिममध्येका एक व्यक्तिको हुनसक्ने अध्ययनकर्ताहरूको विश्वास छ। उत्खनन गरिएका जीवावशेषमा १,२०,००० देखि १,४०,०० वर्षअगाडि जीवित रहेको मानवको खप्परको अंश र चिउँडो छन्।

    यसको विस्तृत विवरण साइन्स जर्नलमा प्रकाशित गरिएको छ। अध्ययनकर्ताहरूले सो व्यक्ति युरोपमा नीयान्डर्टालको पुर्खाका रूपमा सयौँ हजार वर्षअगाडि यो भूभागमा छरिएका प्रजातिको सन्तान हुनसक्ने विश्वास गरेका छन्।वैज्ञानिकहरूले आदिम मानवको यो नयाँ प्रजातिको वंशलाई ‘नेशर राम्ला होमो’ प्रकार भनेर नामकरण गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपालमा पनि ७ जनामा कोरोना पुष्टि
  • किशोर उमेरका राजकुमार सन्किएपछि साउदी सरकारले लगाएको थियो मदिरामा प्रतिबन्ध
  • भिजिट भिसा प्रकरणले तात्यो संसद, गृहमन्त्रीको राजीनामा ‘बमट लाइन’
  • फ्रान्सका राष्ट्रपतिले आफ्नी श्रीमतीको थप्पड खाएका हुन् ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपालमा पनि ७ जनामा कोरोना पुष्टि

    किशोर उमेरका राजकुमार सन्किएपछि साउदी सरकारले लगाएको थियो मदिरामा प्रतिबन्ध

    भिजिट भिसा प्रकरणले तात्यो संसद, गृहमन्त्रीको राजीनामा ‘बमट लाइन’

    फ्रान्सका राष्ट्रपतिले आफ्नी श्रीमतीको थप्पड खाएका हुन् ?

    एकै परिवारका सात जना रहस्यमय अवस्थामा मृत भेटिए

    छोटो शीर्षक: विद्यार्थी नेतृत्त्वमा वीरगन्जमा ६१ जनाको रक्तदान

    कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा दाजुबहिनीको मृत्यु

    ठाकुरराम क्याम्पसमा मयंक रौनियार प्रेस सल्लाहकारमा नियुक्त

    राजावादी जनआन्दोलन समितिको ओलीलाई चुनौतीः ज्ञानेन्द्र जस्तै सडकमा एक्लै हिँडेर देखाऊ

    थारू समुदायका एक हजार आठ सयजनाको रगत परीक्षण

    नेपालमा पनि ७ जनामा कोरोना पुष्टि

    किशोर उमेरका राजकुमार सन्किएपछि साउदी सरकारले लगाएको थियो मदिरामा प्रतिबन्ध

    भिजिट भिसा प्रकरणले तात्यो संसद, गृहमन्त्रीको राजीनामा ‘बमट लाइन’

    फ्रान्सका राष्ट्रपतिले आफ्नी श्रीमतीको थप्पड खाएका हुन् ?

    एकै परिवारका सात जना रहस्यमय अवस्थामा मृत भेटिए

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपालमा पनि ७ जनामा कोरोना पुष्टि

    News

    किशोर उमेरका राजकुमार सन्किएपछि साउदी सरकारले लगाएको थियो मदिरामा प्रतिबन्ध

    News

    भिजिट भिसा प्रकरणले तात्यो संसद, गृहमन्त्रीको राजीनामा ‘बमट लाइन’

    News

    फ्रान्सका राष्ट्रपतिले आफ्नी श्रीमतीको थप्पड खाएका हुन् ?

    News

    एकै परिवारका सात जना रहस्यमय अवस्थामा मृत भेटिए

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑