चीन | चीनले शुक्रबारदेखि तिब्बतमा बुलेट ट्रेन सेवा सुरुवात गरेको छ। यो रेल सेवा तिब्बतको राजधानी ल्हासा र निंगचीको बीचबाट सुरुवात भएको हो।यो रेल भारतको अरुणाचल प्रदेश नजिकैबाट कुद्ने सिन्ह्वाले जनाएको छ। यसको पुरा रुट ४३५ दशमलब ५ किलोमिटरको छ।
यो विद्युतीय रेलसेवा सिचुआन–तिब्बत रेलवे मातहतमा रहने जनाइएको छ।गत नोभेम्बरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले तिब्बतमा नयाँ रेल परियोजना निर्माणको विषयमा निर्देशन दिएका थिए।
यो रेल लाइनले भारतसँगको सीमा नजिक सुरक्षा र स्थिरताको लागि महत्वपूर्ण भूमिका खेल्नेछ।चीनले भारतले आफ्नो राज्य भएको बताउने अरुणाचल प्रदेशलाई दक्षिण तिब्बत भएको बताउँछ। सो क्षेत्रका ३ हजार ४८८ किमी भूभागमा चीन र भारतबीच विवाद छ।यसअघि छेङ्दुबाट ल्हासा र ल्हासाबाट छेङ्दु यात्रा गर्न ४८ घण्टा लाग्थ्यो भने यतिबेला १३ घण्टामै यात्रा गर्न सकिने बताइएको छ।