• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पोखरी स्तरोन्नतीको विवादमा सर्लाहीमा वडाध्यक्षको हत्या

  • वीरगंज संजाल
  • १२ असार २०७८, शनिबार १०:०१
  • १८६१

    सर्लाही । सर्लाहीमा वडाध्यक्षको हत्या भएको छ ।  ईश्वरपुर नगरपालिका-३, भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको शुक्रवार राति हत्या भएको हो ।

    वडाध्यक्ष श्रेष्ठको जेसिबी चालकसँग विवाद भएर जेसिबीले ठोक्काएर हत्या गरिएको प्रहरीले जनाएको छ । भक्तिपुरमा केही दिनदेखि पूरानो सरकारी पोखरी खनेर स्तरोन्नति गर्ने काम भइरहेको थियो ।

    राति अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, जेसिबीका ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक रविन भन्ने हर्क बहादुर तामाङले नजिकैको होटलमा सँगै खाजा खाएको बुझिएको छ । राति १० बजेपछि खाजा खाएर फर्किने क्रममा जेसिबका चालक तामाङसँग वडाध्यक्ष श्रेष्ठको विवाद भएको थियो ।

    सोही क्रममा पोखरी खनेको स्थानमा पुगेपछि चालक तामाङले जेसिबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई जेसिबको बकेटले ठक्कर दिएर लडाएको र त्यसपछि माटोले पुरेको देखिएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरले बताए । पूर्वयोजना नभई आवेशमा आई घटना भएको प्रहरीको भनाइ छ ।

    उनका अनुसार घटनाबारे जानकारी पाउनासाथ तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेर अचेत अवस्थामा रहेका वडाध्यक्ष श्रेष्ठलाई जिल्ला अस्पताल मलंगवा पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

    प्रहरीले घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका-३ का ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका-१, का ३८ वर्षीय रविन भन्ने हर्क बहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।

    दाहाललाई घटना लगत्तै नियन्त्रणमा लिइएको र फरार रहेका जेसिबी चालक तामाङलाई शनिवार बिहान लालबन्दीबाट पक्राउ गरिएको छ  । हत्या आरोपमा पक्राउ परेका दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपालमा पनि ७ जनामा कोरोना पुष्टि
  • किशोर उमेरका राजकुमार सन्किएपछि साउदी सरकारले लगाएको थियो मदिरामा प्रतिबन्ध
  • भिजिट भिसा प्रकरणले तात्यो संसद, गृहमन्त्रीको राजीनामा ‘बमट लाइन’
  • फ्रान्सका राष्ट्रपतिले आफ्नी श्रीमतीको थप्पड खाएका हुन् ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपालमा पनि ७ जनामा कोरोना पुष्टि

    किशोर उमेरका राजकुमार सन्किएपछि साउदी सरकारले लगाएको थियो मदिरामा प्रतिबन्ध

    भिजिट भिसा प्रकरणले तात्यो संसद, गृहमन्त्रीको राजीनामा ‘बमट लाइन’

    फ्रान्सका राष्ट्रपतिले आफ्नी श्रीमतीको थप्पड खाएका हुन् ?

    एकै परिवारका सात जना रहस्यमय अवस्थामा मृत भेटिए

    छोटो शीर्षक: विद्यार्थी नेतृत्त्वमा वीरगन्जमा ६१ जनाको रक्तदान

    कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा दाजुबहिनीको मृत्यु

    ठाकुरराम क्याम्पसमा मयंक रौनियार प्रेस सल्लाहकारमा नियुक्त

    राजावादी जनआन्दोलन समितिको ओलीलाई चुनौतीः ज्ञानेन्द्र जस्तै सडकमा एक्लै हिँडेर देखाऊ

    थारू समुदायका एक हजार आठ सयजनाको रगत परीक्षण

    नेपालमा पनि ७ जनामा कोरोना पुष्टि

    किशोर उमेरका राजकुमार सन्किएपछि साउदी सरकारले लगाएको थियो मदिरामा प्रतिबन्ध

    भिजिट भिसा प्रकरणले तात्यो संसद, गृहमन्त्रीको राजीनामा ‘बमट लाइन’

    फ्रान्सका राष्ट्रपतिले आफ्नी श्रीमतीको थप्पड खाएका हुन् ?

    एकै परिवारका सात जना रहस्यमय अवस्थामा मृत भेटिए

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपालमा पनि ७ जनामा कोरोना पुष्टि

    News

    किशोर उमेरका राजकुमार सन्किएपछि साउदी सरकारले लगाएको थियो मदिरामा प्रतिबन्ध

    News

    भिजिट भिसा प्रकरणले तात्यो संसद, गृहमन्त्रीको राजीनामा ‘बमट लाइन’

    News

    फ्रान्सका राष्ट्रपतिले आफ्नी श्रीमतीको थप्पड खाएका हुन् ?

    News

    एकै परिवारका सात जना रहस्यमय अवस्थामा मृत भेटिए

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑