वीरगन्ज । स्वस्थ रहनका लागि निद्रा अत्यावश्यक छ । निद्राको प्रकृति व्यक्तिपिच्छे फरक हुन्छ । कोहीलाई निद्रा पर्न घन्टौँ लाग्छ भने कोही एकै छिनमा निदाउने गर्छन् । सामान्यतया निद्रा दुई किसिमको हुन्छ, रेम स्लिप र नन रेम स्लिप । नन रेम स्लिप सामान्य खालको निद्रा हो, अर्थात् यो निद्रामा व्यक्ति सजिलै ब्युँझन सक्छ । रेम स्लिप गहिरो निद्रा हो ।
सुतेको झन्डै ९० मिनेटपछि मानिसहरू यस्तो चरणमा पुग्छन् । यो समय मस्तिष्क एकदमै सक्रिय रहन्छ र मानिसहरू सपना देख्छन् । बालबालिका झन्डै ५० प्रतिशत समय यस्तो निद्रामा हुन्छन् । तर, वयस्कहरू औसत २० प्रतिशत समय मात्रै रेम स्लिपमा बिताउँछन् । निद्रा नपर्दा, बिथोलिँदा वा अन्य कारणले गर्दा स्वास्थ्यमा असर परिरहेको हुन्छ । कतिपय मानिस निद्रामा बर्बराउने र झस्कने गर्छन् ।
कारण
कसरी बच्ने