बिरगंज। सिन्धुपाल्चाेकमा इन्द्रावती नदीमा आएकाे बाढीले थप क्षति गरेकाे छ।इन्द्रावती किनाराकाे सयाैँ राेपनी उर्वर भूमि बगाएकाे स्थानीय बासिन्दाले बताएका छन्।
काफ्लेखोला, रामपुर, सिम्ले, फलामे, पाल्चोक बेसी र बगुवा बेसीका फाँट बिहीबार रातिकाे बाढीले बगाएकाे स्थानीयकाे भनाइ छ।
अहिलेसम्म अनुमानित दश हजार मुरी धान फल्ने फाँट बगाएको उनीहरुले जानकारी दिएका छन्।अविरल वर्षासँगै आएकाे बाढीले सिन्धुलाल्चाेकमा धनजनकाे ठूलाे क्षति भएकाे छ।बिस्थापित बासिन्दाहरु राहत र उद्धारकाे पर्खाइमा छन्।