• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिनोफार्मसँग सुरूमा १० लाख, त्यसपछि ५-५ लाख गरेर ४० लाख डोज खोप किन्ने सरकारको तयारी

  • वीरगंज संजाल
  • ३ असार २०७८, बिहीबार १२:२५
  • २५८५

    बिरगंज ।सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग कोरोनाभाइरसविरूद्धको ४० लाख डोज खोप किन्ने तयारी अघि बढाएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले खोप किन्न लागेकोबारे बुधबार बसेको कोभिड-१९ व्यवस्थापन निर्देशक समितिको बैठकमा जानकारी गराएका थिए।प्रधानमन्त्री ओलीले साउनदेखि लगाउन सुरू गर्ने गरी चीनबाट ४० लाख डोज खोप ल्याउन लागिएको बैठकमा बताएका थिए।

    बैठकमा सहभागी एक जना अधिकारीका अनुसार सिनोफार्मसँग सुरूमा १० लाख डोज खोप र त्यसपछि बाँकी ३० लाखमध्ये ५-५ लाखका दरले खोप ल्याउने तयारी भइरहेको प्रधानमन्त्री ओलीले बैठकमा जानकारी दिएका थिए। ‘हामीलाई पनि सबै खोप एकैचोटी ल्याएर राख्नुभन्दा लट-लटमा ल्याउँदा ठिक हुन्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती अधिकारीले भने,‘उहाँहरूलाई पनि पटक-पटक दिँदा उत्पादनमा दबाब हुँदैन। तर हामीलाई खोप दिने सुनिश्चितताचाहिँ हुनुपर्छ। चिनियाँ कम्पनीले त्यो सुनिश्चितता दिएको छ।’

    प्रधानमन्त्री ओलीले ४० लाख डोजमध्ये पहिलो लटको १० लाख डोज खोप केही समयमै नेपाल आउने र साउनदेखि लगाउन सुरू गरिने पनि बैठकमा जानकारी दिएका थिए।खोप कसरी, कुन मूल्यमा किन्न लागिएको हो भन्नेबारे सरकारी अधिकारीहरूले अहिलेसम्म केही खुलाएका छैनन्।यसअघि चीन सरकारले नेपाललाई सिनोफार्म कम्पनीले उत्पादन गरेको १८ लाख डोज खोप अनुदानमा दिएको थियो।

    गत जेठ १२ गते चिनियाँ समकक्षी सी चिनफिङसँग भएको टेलिफोन कुराकानीका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीलाई पुग्ने खोप चीनबाट किन्न नेपाल इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि पहल गरिदिन अनुरोध गरेकी थिइन्। राष्ट्रपति भण्डारीसँगको टेलिफोनलगत्तै चिनियाँ राष्ट्रपति चिनफिङले नेपाललाई १० लाख डोज खोप अनुदान दिने घोषणा गरेका थिए।

    नेपालले कोरोनाविरूद्धको खोप किन्न लागेको यो दोस्रो पटक हो। यसअघि भारतको सेरम इन्स्टिच्युटसँग नेपालले २० लाख डोज खोप किन्ने सम्झौता गरेको थियो। त्योमध्ये १० लाख डोज खोप आएपछि ६५ वर्ष माथिकालाई लगाउन सुरू गरिएको थियो। सेरमले बाँकी १० डोज खोप दिन अस्वीकार गरेपछि अहिले कोभिसिल्डको पहिलो डोज लगाएका झन्डै १४ लाख मानिस दोस्रो डोज खोप कुरिरहेका छन्।ती मानिसहरूलाई अष्ट्राजेनेकाकै खोप दिलाउन सरकारले अहिले पहल गरिरहेको छ।

    परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उपप्रधान तथा परराष्ट्रमन्त्री रघुवीर महासेठले अष्ट्राजेनेका खोप किनेर राखेका क्यानडा, डेनमार्कलगायत मुलुकसँग नेपाललाई खोप दिन अनुरोध गरेका छन्।ती मुलुकले खोपबारे ठोस जवाफ दिएका छैनन्। मन्त्री महासेठले शुक्रबार साँझ युरोप र अमेरिकी मुलुकमा रहेका नेपाली राजदूतहरूसँग पछिल्लो अवस्थाबारे छलफल गर्दैछन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑