• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मेलम्चीका जनप्रतिनिधिलाई अपराह्न चार बजे त्यो फोन नआएको भए…

  • वीरगंज संजाल
  • ३ असार २०७८, बिहीबार ०१:५७
  • २६६९

    वीरगन्ज । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र बाढीको बितण्डाले तहसनहस छ। बस्ती र बजार नदीमा मिसिएको छ। केहीको मृत्यु भएको छ, कैयौं हराइरहेका छन् र धेरैका घर, व्यवसाय, खेत सबथोक सखाप भएका छन्। मेलम्चीको अवस्था हेर्दा लाग्छ यहाँ केहीथोक जोगिन पनि सम्भव रहेनछ। तर, यस्तो बितण्डामा पनि ठूलो मानवीय क्षति हुनबाट मेलम्ची बजार र आसपासका धेरै ठाउँ जोगिएका छन्। सम्पति सत्यानाश भएको छ तर त्यसको तुलनामा धेरैको ज्यान जोगिएको छ।

    यो कसरी सम्भव भयो? मेलम्ची पुगेका हाम्रा सहकर्मी दुर्गा दुलाल र निमेषजंग राईलाई मेलम्ची नगरपालिकाकी उपमेयर भगवती नेपालले सुनाएको मंगलबार दिउँसोदेखि बुधबारसम्मको त्यो त्रासदः

    हिजो (मंगलबार) दिउँसो चारबजे एक्कासि हामीलाई फोन आयो। त्यो माथिल्लो क्षेत्रबाट आएको फोन थियो। फोनमा खबर पनि आयो, हेलम्बु र पाँचपोखरीबाट निकै ठूलो बाढी आएको छ। तत्काल तल्लो क्षेत्रका मानिसहरुलाई सुरक्षित बनाउनुहोला।

    सुरुमा त हामीलाई त्यो खबर पत्याउनै मुस्किल भयो। किनभने त्यस्तो भीषण बाढी आउनेगरी पानी परेको थिएन। छेउमै बगिरहेको मेलम्ची पनि त्यस्तो अस्वाभाविक थिएन, सामान्य रुपमै बगिरहेको थियो।

    तर, केही समयपछि नै इन्द्रावती नदीमा वाढी आउन सुरु भयो। अनि हामीलाई लाग्यो, माथ्लो बेल्टबाट आएको खबर सही रहेछ।हामीले तत्कालै प्रहरीलाई खबर गर्यौं र प्रहरीको सहयोगमा माईकिङ शुरु गरायौं। नगरपालिकाका जनप्रतिनिधिदेखि जो जो सकिन्छ, सक्रिय भएर सूचना प्रवाह गर्यौं। र सम्भव भएजति चाँडो सबलाई सुरक्षित स्थानतर्फ लैजान सक्यौं। खबर फैलिएपछि मेलम्ची वजारमा मानिसहरु टार क्षेत्रमा आएर बस्न थाले।

    हामीलाई फोनमा खबर आएको चार बजेतिर थियो। ६ बजेतिर त मेलम्चीमा बाढीको बितण्डा नै सुरु भइसकेको थियो। हामीले त्यो बितण्डा हेरिरहन सिवाय केही गर्न सकेनौं। मैले आफ्नो जीवनकालमा यस्तो नदी र यस्तो लेदो कहिले देखेको थिइनँ।

    अहिले मेलम्चीको पुरानो बजार पुरै लेदोले भरिएको छ। घरहरु, दुई तीन तला त्यही लेदोमा पुरिएका छन्। यो कसरी भयो, कहाँबाट के कारणले भयो भनेर हामीले कुनै अन्दाज गर्न सकेका छैनौं।

    अहिलेसम्म हामीले पाएको सूचनाअनुसार मेलम्ची खानेपानी आयोजनास्थलभन्दा माथि पहिरो गएको भन्ने छ। मेलम्ची खोलामा झण्डै २४ घण्टा भइसक्यो, यही लेदो मात्र बगिरहेको छ। पानी बगिरहेको छैन।

    हिजो माथ्लो बेल्टबाट खबर आउनसाथ हामीले मेलम्ची वजारमा यसरी खबर फैलाउन नसकेको भए आज मेलम्चीबासीको अवस्था के हुन्थ्यो भनेर कल्पना पनि गर्न सक्दिनँ। त्यही एउटा फोनले हामीलाई धेरै ठूलो मानवीय क्षतिबाट जोगायो भन्ने लागेको छ।

    यति हुँदाहुँदै पनि अहिलेसम्म मेलम्चीका १८ जना बेपत्ता हुनुहुन्छ। तीमध्ये केहीको ज्यान गएको पुष्टि भएको छ। नगरपालिकाले अब भोलि (बिहीबार)बाट मात्र प्रारम्भिक क्षतिको विवरण संकलन गर्न सुरु गर्ने तयारी गरेको छ। करिव ४०० परिवारलाई नगरपालिकाले ईन्द्रेश्वरी माविमा खाने र बस्ने व्यवस्था गरेका छौं।

    २०७२ सालको भूकम्पपछि यहाँ सबभन्दा ठूलो क्षति भएको छ। करिब २०० घर पूर्ण तथा आंशिक क्षति भएका छन्। मानिसहरु घरबारबिहीन भएका छन्। हिजो रातिको त्यो त्रासद हामी सम्झन पनि चाहन्नौं। त्यो त्रासदले हामीलाई नै बिछिप्त बनाएको छ।

    अब यो वजारलाई कसरी बस्न योग्य बनाउने? यसलाइ मानववस्तीका रुपमा कसरी फर्काउने भन्ने ठूलो चिन्ता थपिएको छ। यो क्षेत्रको पुनःस्थापनाको कार्य अब नगरपालिकाले मात्र गर्न सक्दैन। अहिले हामीले ज्यान जोगाउन सक्यौं, बिस्तारै ढलेको बस्ती उठाउन पनि त सकौंला !

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ
  • शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री
  • लालुप्रसाद यादवले छोरा तेजप्रतापलाई पार्टी र परिवारबाट गरे निष्कासन
  • सगरमाथाको सफल आरोहणपछि बढुवा भएकी प्रहरी नायव निरीक्षक शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

    शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री

    लालुप्रसाद यादवले छोरा तेजप्रतापलाई पार्टी र परिवारबाट गरे निष्कासन

    सगरमाथाको सफल आरोहणपछि बढुवा भएकी प्रहरी नायव निरीक्षक शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित

    माओवादीले पनि माग्यो गृहमन्त्रीको राजीनामा

    भिजिट भिसा प्रकरण : गृह सचिवसहित थप कर्मचारी पनि निगरानीमा

    तीनकुने घटनाः दुर्गा प्रसाईंसहित ६५ जनाविरुद्ध मुद्धा चलाउने निर्णय

    दाहाल, नेपाल र खनालले नेकपा विभाजन गरेर अपराध गरे : ओली

    कर्मचारीलाई तीनदिनभित्र काम सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

    ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

    बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

    शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री

    लालुप्रसाद यादवले छोरा तेजप्रतापलाई पार्टी र परिवारबाट गरे निष्कासन

    सगरमाथाको सफल आरोहणपछि बढुवा भएकी प्रहरी नायव निरीक्षक शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित

    माओवादीले पनि माग्यो गृहमन्त्रीको राजीनामा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

    News

    शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री

    News

    लालुप्रसाद यादवले छोरा तेजप्रतापलाई पार्टी र परिवारबाट गरे निष्कासन

    News

    सगरमाथाको सफल आरोहणपछि बढुवा भएकी प्रहरी नायव निरीक्षक शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित

    News

    माओवादीले पनि माग्यो गृहमन्त्रीको राजीनामा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑