• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बालकले ‘फेक आईडी’ बाट आफ्नै शिक्षिकामाथि यौन दुर्व्यवहार गरेपछि…

  • वीरगंज संजाल
  • २ असार २०७८, बुधबार १५:४७
  • ३६७७

    वीरगन्ज । प्रविधिको पहुँच बढेसँगै हर‍ेक उमेरका मान्छेहरु सामाजिक सञ्जाल प्रयोग गर्न थालेका छन् । हरेक कुरामा जस्तै सामाजिक सञ्जालका पनि राम्रा र नराम्रा दुवै पक्ष छन् । जहाँ हामी नयाँ प्रविधि प्रयोग गर्न, केही कुरा सिक्न र सम्पर्कमा रहन खोज्छौं, तर हामीले दैनिक हेर्ने सामग्रीहरुमा लगाम लगाउन भुलिरहेका हुन्छौं ।

    विशेषगरी बालबालिकालाई सामाजिक सञ्जालका सामग्रीहरुको विषयमा राम्रो जानकारी दिन नसक्दा साइबर बुलिङका घटना हुन थालेका छन् । पछिल्लो समयमा युट्युवमा ‘प्र्याङ्क’ भिडिओ बनाउने नाममा समेत साइबर बुलिङ वा दुर्व्यवहारका घटना बढ्दै गइरहेका छन् । कति बाहिर आउछँन्, कति दबिएर बस्छन् ।

    म आफैं यस्तो साइबर बुलिङको शिकार बनेकी छु । फेसबुकमा पहिचान नखुलेको आईडीबाट फ्रेन्ड रिक्वेस्ट आउनु कुनै नयाँ कुरा हाेइन । यसैक्रममा एक दिन मलाई फेसबुकमा एउटा नयाँ आईडीबाट फ्रेन्ड रिक्वेस्ट आयो । प्रोफाइल हेर्दा हालसालै बनाएको जस्ताे थियाे । कुनै पाेष्ट पनि थिएन । प्रोफाइल फोटो पनि चिन्न सकिने गरी राखिएको थिएन ।

    म्युचुअल फ्रेन्डमा भने मैले नै पढाएकाे विद्यार्थी थियाे । अनि लाग्याे ऊ हाम्रै स्कुलकाे विद्यार्थी हाेला । तर पनि मैले रिक्वेस्ट एसेप्ट गरिनँ ।भोलिपल्ट थाहा भयो, त्यही नामबाट मेरो सहकर्मीलाई पनि रिक्वेस्ट आएकाे रहेछ । अर्को दिन त्यही आईडीबाट मलाई म्यासेज रिक्वेस्ट आयो “हेलो, चिन्नभयो ?” । मैले “चिनिनँ, को हो ?” भनेर म्यासेज गरें । केही घण्टापछि “मान्छे ” भन्दै हाँसेकाे इमोजी सहितको म्यासेज आयाे । तर मैले रिप्लाई गरिनँ ।

    अर्को दिन राति करिब साढे नाै बजेतिर उसले फेरि म्यासेज पठायाे, “हेलो, तिम्रो नाम रिता (नाम परिवर्तन) हाेइन ?” । कसरी उसले मलाई मेराे नाम सहित म्यासेज गर्‍यो ? म अचम्ममा परेँ । मैले फेरि पनि “मैले चिनिनँ । तिमी को हो भन त ।” भनेर म्यासेज गरेँ । त्यसपछि अचानक उसले एकैचाेटी नराम्रा अपशब्दहरु प्रयोग गरेर म्यासेज पठायो । एकछिन त म डराएँ । के गर्ने, के नगर्ने, साेच्नै सकिनँ ।

    आफूले जीवनमा कहिल्यै पनि त्यस्ता शब्दहरु प्रयाेग नगरेको र कहिल्यै अरुबाट पनि नसुनेको भएर हाेला मलाई एकदमै अप्ठ्याराे महसुस भयाे । म डराएँ । को हो, के हो, केही थाहा नभएकाले के गर्ने, मैले साेच्न पनि सकिनँ । यसरी म्यासेजमा अपशब्द बाेल्ने, अश्लील तस्वीर तथा भिडिओहरु पठाउने गरेका कुराहरु सामाजिक सञ्जालमा धेरै पढेको/सुनेको भएर मेरो ध्यान त्यतातिर पनि गयो ।

    अब यो म्यासेज रिप्लाई गर्ने कि नगर्ने भन्ने कुराले पनि एकदमै दुविधामा परेँ । एकछिन त साेचेँ, स्कुलकै बच्चा हाे भने त उसले यस्ता शब्दहरु प्रयाेग नगर्नुपर्ने थियाे । आखिर साना बच्चाहरुलाई यस्ता कुराहरु कसरी आउछँ भन्ने पनि साेचेँ । फेरि म सात कक्षासम्मका विद्यार्थीहरुलाई पढाउँछु ।

    त्यति साना बच्चाहरुले यस्ता शब्द कहाँबाट सिक्लान र ? तर म्याम भनेर मलाई अरु कसले पाे म्यासेज गर्ला र भन्ने जस्तो पनि लाग्यो । एकचोटी त पुलिसमा रिपाेर्ट गर्ने विषयमा पनि साेचेँ । त्यसभन्दा अगाडि मेरो मोबाइल हराएको बेला पुलिसमा रिपाेर्ट गर्दा उल्टै आफैँले दुःख भोग्नुपरेको याद आयो ।

    अनि हतार हतार एकजना साथीलाई म्यासेजकाे स्क्रिनसर्ट पठाएँ । उसले याे विषयमा चिन्ता नगर्न र त्याे आईडीलाई ब्लक गर्न सल्लाह दियाे । तर मेराे मनले त्याे सल्लाह स्वीकार गर्नै सकेन । यदि साँच्चै त्याे मेरै विद्यार्थी रहेछ भनेँ त उसलाई यस्ताे गलत काम गर्नबाट रोक्ने मेरो जिम्मेवारी हो भन्ने साेचेँ । अनि फेरि उसलाई मैले चिनिसकेको जस्तै गरेर धम्क्याउने हिसाबले मैले म्यासेज गरेँ ।

    “हेर तिमी को हो भनेर मैले थाहा पाइसकेँ । तिमीलाई थाहा छ, यसरी फेक आईडीबाट यस्ताे म्यासेजहरू गरेर तिमी साइबर क्राइम गर्दैछाै । म अब पुलिसमा रिपाेर्ट गरिदिन्छु ।” घरमा पुलिस पठाइदिने र यस्तो काम गरेको कुरा उसको अभिभावक र साथी सबैलाई भनिदिने भनेपछि ऊ डराएछ ।

    त्यसपछि उसले आफ्नाे परिचय दियो । उसले मसँग माफी माग्दै आफ्नो घरमा पुलिस नपठाउन आग्रह गर्‍यो । जब मैले यो कुरा सबैलाई बताइदिन्छु भनेँ । डराएर हो वा मलाई धम्काउन, मैले त्यो कुरा अरुलाई भनेँ भने उसले आत्महत्या गर्छु भन्दै म्यासेज पठायाे ।

    त्याे म्यासेजले म फेरि डराएँ । यो कुरा कसैलाई नभन्ने सर्तमा मैले उसलाई किन यसो गरेकाे भनेर साेधेँ । ऊ कक्षा सातमा पढ्दा अरुको गल्तिमा मैले उसलाई पिटेको रहेछु । त्यही कुराको रिस उसको मनमा रहेछ । त्यो कुरा उसले आफ्ना साथीहरुलाई सुनाउँदा उनीहरुले त्यस्तालाई त मुख छाडेर गाली गर्नुपर्छ भनेर सिकाए भन्दै उसले मलाई स्पष्टीकरण दियाे ।

    यति सानो दिमागमा यस्ताे रिस ? अनि परिवारले थाहा पाउने डरमा आत्महत्या गर्छु भनेर कसरी भन्न सकेको होला ? म अचम्ममा परेँ । साथीहरुले सिकाएकै भरमा मात्र उसले याे सबै गर्‍यो होला भन्ने कुरा मेराे मनले मानेन । मैले धेरैबेर केरकार गरेपछि उसले गुदी कुरा खाेल्याे ।

    उसलाई मसँग रिस उठेकाे त पक्कै पनि थियाे । यसैबीच उसले यसैगरी आफ्नाे स्कुलकाे मिसलाई फेक आईडी बनाएर म्यासेज गरेकाे युट्युवर कुशल पाेखरेलको भिडिओ हेरेको रहेछ । उसले मलाई प्रयाेग गरेका केही शब्दहरु पनि त्यही युट्युव च्यानलमा आफ्नो शिक्षकलाई प्रयोग गरेको देखेको रहेछ ।

    त्यसैबाट सिकेर उसले म बाहेक आफ्नो कक्षाको शिक्षिकालाई पनि त्यसैगरी म्यासेज गर्ने साेच बनाएको कुरा मलाई बतायाे । उसको भविष्यको योजना नै मोटोभ्लगर बन्ने रहेछ । धेरै जसाे युट्युवमा समय बिताउने भएकाले उसले यस्ता शब्दहरु पक्कै पनि त्यही माध्यमबाट सिक्याे भन्ने लाग्यो ।

    पछि स्कुलमा भेटेर ऊसँग कुरा गरेँ । अबदेखि यसाे नगर्न सल्लाह दिएँ । याे समस्या त केही समय पछि सुल्झियो । तर म साेच्न बाध्य भएँ, हाम्रो शिक्षा र बालकालिकाको सिकाई कतातिर जादैँछ ? मेरो सात वर्षे शैक्षिक यात्रामा मैले यस्ताे समस्या भाेग्नुपर्‍यो । त्याे पनि आफ्नै विद्यार्थीबाट । म जुन मानिसक तनावबाट गुज्रिएँ, त्यो त छदैँ थियो ।

    तर अहिले हुर्किँदै गरेका बालबालिका कुन मानिसकता लिएर हुर्किरहेका छन् भन्ने कुराले मलाई साेच्न विवश बनायो । हरेकको हातमा माेबाइल भएपछि धेरै समय सामाजिक सञ्जालमा वित्नु अहिले सामान्य भइसक्यो । हाम्रा हुर्किँदै गरेका बालबालिकाहरुले कस्ताे सामग्री हेर्दैछन्, के सिक्दैछन् भन्ने विषयमा अभिभावकहरु चनाखो हुन आवश्यक छ ।

    याे जिम्मेवारी अभिभावकको मात्र हाेइन । शैक्षिक संस्थाहरुले कम्युटर विषय पढाइरहँदा प्राविधि सँगै नैतिक शिक्षालाई पनि जाेड दिनु आवश्यक छ । यद्यपि विशेष भूमिका भनेको सामाजिक सञ्जालका कन्टेन्ट क्रिएटरहरु अथवा सामाजिक सञ्जालमा फोटो, भिडिओ, पोस्ट आदि सामग्री राख्नेहरुको हुन्छ ।

    आफ्ना अडियन्स (आफूले सामाजिक सञ्जालमा राखेको सामग्री हेर्ने सम्भावित प्रयोगकर्ता) को दायरालाई ध्यानमा राखेर सामग्रीहरु बनाउन जरुरी छ । याे विषयलाई सरकारले मध्यनजर गर्दै समाजलाई असर पर्नसक्ने सामग्री प्रसारणलाई नियन्त्रणमा राख्न सक्नुपर्छ ।

    (सामाजिक सञ्जालमा यौन दुर्व्यवहार गर्ने बालकको पहिचान खुल्नसक्ने जोखिमका कारण लेखिका शिक्षिकाको वास्तविक परिचय गोप्य राखिएको छ । )

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ
  • शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री
  • लालुप्रसाद यादवले छोरा तेजप्रतापलाई पार्टी र परिवारबाट गरे निष्कासन
  • सगरमाथाको सफल आरोहणपछि बढुवा भएकी प्रहरी नायव निरीक्षक शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

    शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री

    लालुप्रसाद यादवले छोरा तेजप्रतापलाई पार्टी र परिवारबाट गरे निष्कासन

    सगरमाथाको सफल आरोहणपछि बढुवा भएकी प्रहरी नायव निरीक्षक शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित

    माओवादीले पनि माग्यो गृहमन्त्रीको राजीनामा

    भिजिट भिसा प्रकरण : गृह सचिवसहित थप कर्मचारी पनि निगरानीमा

    तीनकुने घटनाः दुर्गा प्रसाईंसहित ६५ जनाविरुद्ध मुद्धा चलाउने निर्णय

    दाहाल, नेपाल र खनालले नेकपा विभाजन गरेर अपराध गरे : ओली

    कर्मचारीलाई तीनदिनभित्र काम सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

    ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

    बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

    शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री

    लालुप्रसाद यादवले छोरा तेजप्रतापलाई पार्टी र परिवारबाट गरे निष्कासन

    सगरमाथाको सफल आरोहणपछि बढुवा भएकी प्रहरी नायव निरीक्षक शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित

    माओवादीले पनि माग्यो गृहमन्त्रीको राजीनामा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

    News

    शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री

    News

    लालुप्रसाद यादवले छोरा तेजप्रतापलाई पार्टी र परिवारबाट गरे निष्कासन

    News

    सगरमाथाको सफल आरोहणपछि बढुवा भएकी प्रहरी नायव निरीक्षक शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित

    News

    माओवादीले पनि माग्यो गृहमन्त्रीको राजीनामा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑