मनाङका ताल र मर्स्याङ्दी किनारवासीलाई रातभर जाग्राम बस्न अनुरोध
वीरगंज संजाल
२ असार २०७८, बुधबार ००:३६
२८४५
मनाङ | मनाङमा बाढीले विध्वंस गरिरहेको छ। तीन दिनदेखिको अविरल वर्षाका कारण मनाङमा बाढी, पहिरोले क्षति पुर्याइरहेको हो।
आज त्यहाँ बाढीले धेरै क्षति गरेको सशस्त्र प्रहरीले जनाएको छ। खासगरी मनाङका ताल र चामे क्षेत्र बाढीले बढी प्रभावित भइरहेको मनाङस्थित सशस्त्र प्रहरी गुल्म नम्बर ३२ का गुल्मपति होमनाथ पन्थीले बताएका छन्।
उनले भिडिओ सन्देश जारी गर्दै भनेका छन्, ‘ताल र मर्स्याङ्दी किनारका सबै बासिन्दालाई सुरक्षित ठाउँमा सर्न र आज रातभर जागै रहन म अनुरोध गर्छु।’ हेर्नुहोस्, भिडिओ :