• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नारायणीले खतराको तह नाघ्यो, मनाङका तीन सयलाई सुरक्षित ठाउँमा सारियो

  • वीरगंज संजाल
  • १ असार २०७८, मंगलवार २०:५६
  • २२०९

    वीरगन्ज । मनसुन भित्रिएको चौथो दिनमा भारी वर्षासँगै मुलुकका विभिन्न क्षेत्रमा आएको बाढी र पहिरोका कारण ठाउँठाउँको जनजिवन प्रभावित भएका छ । मुख्यगरी गण्डकी र लुम्बिनी प्रदेशमा बढी असर गरेको छ । सोही प्रदेशका विभिन्न पहाडी जिल्लामा भारी वर्षा हुँदा मुख्य नदी र सहायक नदीमा अप्रत्याशित रुपमा बाढी आएको छ । अन्य केही प्रदेशका सीमित क्षेत्रमा प्रभाव छ ।

    केही जिल्लामा मानिसको मृत्यु भएको छ भने जोखिम क्षेत्रका मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । बाजुरामा बाढीले बगाएर दुईको मृत्यु भएको छ भने गोरखामा एक जना वेपत्ता भएको जानकारी आएको गृह मन्त्रालयले जनाएको छ ।

    मनाङको चामे बजार र तालगाउँमा बाढीले झण्डै एक दर्जन घरमा क्षति पुगेको छ । त्यस्तै दर्जनौँ घर डुवानमा भएको र सो क्षेत्रमा जोखिममा रहेका गरी तीन सय बढी मानिसलाई सुरक्षित ठाउँँमा स्थानान्तरण गरिएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले जानकारी दिए । उनका अनुसार मंगलवार सम्भव नभएपछि बाढी पहिरोबाट प्रभावित भएकालाई बुधबार हेलिकप्टरमार्फत राहत लैजाने तयारी गरिएको छ ।

    पछिल्लो चौविस घण्टामा चितवन, नवलपुर, पश्चिम नवलपरासी, रुपन्देही, पाल्पा कास्की, म्याग्दीलगायत आसपासका जिल्लामा भारी बर्षा भएको अभिलेख छ । जल तथा मौसम विज्ञान विभागले प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुने अनुमान सार्वजनिक गरिसकेको छ ।

    मुख्यगरी मंगलवार नारायणी, कालीगण्डकी, भेरी, र यसका सहायक नदी, पूर्वी राप्ती, पश्चिम राप्ती, तिनाउ, बबईका सहायक नदी र जलाधार क्षेत्रमा बहाब बढेको छ ।  वर्षाका कारण लम्जुङ कास्की, पर्वत, गोरखा, बाग्लुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, नवलपुर, चितवन, परासी, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्यूठान, दाङ, बाँके, बर्दिया, रुकुम, कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला, मुस्ताङमा प्रभाव पारेको छ । बाढीले ठाउँठाउँका सडक भत्किएर क्षति पुर्याएको छ । कतिपय ठाउँ डुवानमा परेका छन् । केही भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ ।

    यसपाली सरदर भन्दा बढी नै पानी पर्ने आंकलन गरिएकाले पनि बाढी पहिरोको जोखिम विगतको भन्दा बढी नै छ । प्राधिकरणले बाढी पहिरोबाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान सार्वजनिक गरिरकेको छ । सोही अनुसार विपद् प्रतिकार्य योजना बनाइ लागू गरिएको प्राधिकृणका प्रमुख अनिल पोखरेल बताउनुहुन्छ ।

    हाल भारतको झारखण्डमा रहेको न्युन चापीय क्षेत्र र मनसुन न्युन चापीय प्रभावका कारण नेपालमा मनसुन सक्रिय रहेको छ । वर्षाले बेनी–जोमसोम सडकमा  क्षति पुगेको छ । मनाङको चामे गाउँपालिकाका विभिन खोलामा बाढी आएको छ । अविरल वर्षाले उद्धारमा कठिनाई भइरहेको जनाइएको छ ।

    जिल्लाको हुलाक कार्यालय सेर्पुखोला जलविद्युत आयोजना र आमा समुहको भवनमा क्षति भएको जनाइएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार जिल्लामा बुढीगङ्गा र बुढीनन्दा नगरपालिकामा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ । सदरमुकाम जोड्ने सडक हिजोदेखि नै अबरुद्ध छ । बुढीनन्दा नगरपालिकामा पहिरोले एक घर भत्काएको जानकारी प्राप्त भएको उनले जानकारी दिए । गोरखाका प्रजिअ शालिग्राम शर्माले बाढीले बगाएर एक वेपत्ता भएको जानकारी दिए ।

    नारायणीले खतराको तह पार गर्यो 
    यता नारायणी नदीले अहिले साँझ ६ बजेबाट खतराको तह पार गरेको छ । उक्त नदीको जलाधार क्षेत्रमा मंगलवार मध्यान्ह् १२ बजे भारी वर्षा भएको थियो । नदीको जल सहत नौ मिटर नाघेपछि खतराको तह पार गरेको मानिन्छ । नारायणी नदीको देवघाटस्थित जलमापन केन्द्रका अनुसार अपरान्ह् २:३० मा जल सतहले सतर्कता तह पार गरेको थियो ।  अहिले पनि बहाब बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखा काठमाडौँले जनाएको छ । चितवन र नवलपरासीको नदी तटीय क्षेत्रका वासिन्दालाई बुधबारसम्मै सतर्क रहन भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑