ब्रसेल्स । चीनको कारण ‘प्रणालीमै चुनौति’ खडा गरेको भन्दै ब्रसेल्समा बसेको उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) सम्मेलनले सैन्य जोखिम हुनसक्ने चेतावनी दिएको छ ।
सेनाको आधुनिकीकरण र रुसी सेनासँग सहकार्य गर्ने नाममा अपारदर्शी ढंगले आणविक हतियार विस्तार गरेको आरोप समेत नेटो सम्मेलनले लगाएको छ ।
तर, आफूले चीनसँग नयाँ शीतयुद्ध सुरुआत गर्न नचाहेको समेत जनाएको छ । नेटो ३० वटा युरोपेली मुलुक र उत्तर अमेरिकी मुलुकहरुको राजनीतिक र सैनिक गठबन्धन हो ।
साम्यवादी मुलुकबाट खतरा उत्पन्न भएको भन्दै दोस्रो विश्वयुद्धपछि नेटो गठन भएको थियो ।
ट्वीटरमा विज्ञप्ति जारी गर्दै ईयूका लागि चिनियाँ दूतावासले नेटाले चीनको शान्तिपूर्ण विकासमा अवरोध गर्न चाहिरहेको आरोप लगाएको छ ।
‘चीनले कसैलाई पनि प्रणालीको कारण जोखिम सिर्जना गर्न सक्दैन तर, यो जोखिम नजिक आउँदा आउँदै पनि हामी केही नगरेर बस्न सक्दैनौं’ नेटाले भनेको छ ।
पछिल्लो समय लगानी र उद्देश्यलाई लिएर नेटा गठबन्धनमाथि बहस चलिरहेको छ । बेलायतमा जी–सेभेन बैठक सम्पन्न गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेन नेटो सम्मेलनमा भाग लिन बेल्जियम पुगेका छन् ।