• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    माधव झलनाथ समूहका ‘सफ्टलाइनर’ नेतामाथि धमाधम ओलीको ‘मोहनी मन्तर’ : सफल भएका ३ केस

  • वीरगंज संजाल
  • १ असार २०७८, मंगलवार १४:२८
  • २५९७

    वीरगन्ज । ‘ओलीले टेम्पुको होइन, जेटको पाइलट हो भनेका थिए एकताका बेलामा, तर एउटा पाइलट त बयलगाडाको पो परेछन्,’ एमालेका नेता विष्णु रिजालको भाषणले गडगडाहट ताली पायो। माघ ६ गते प्रेस संगठनले राजधानीको प्रज्ञा प्रतिष्ठानमा गरेको कार्यक्रममा चर्को भाषण गरे उनले। रिजाल जति धेरै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्थे त्यति धेरै ताली पाउँथे।उक्त अभिव्यक्ति अनुसार रिजाल अहिले बयलगाडा चालकले चलाएको जहाजमा छन्। त्यतिबेला ओलीको चर्को आलोचनामा उत्रिएका रिजाल हाल ओलीको रक्षाकवच बनिसकेका छन्। ‘बयलगाडाका चालक’ मा डिमोसन गरेका ओलीले आफूतिर तान्न रिजाललाई के ‘मोहनी मन्त्र’ लगाए त?

    किन रोजे बयलगाडा?

    एमालेका वरिष्ठ नेता माधव नेपाल-झलनाथ खनालले चैत ४ र ५ गते सानेपामा कार्यकर्ता भेला गरे। भेलालाई सफल बनाउन खटिएका थिए दोस्रो तहका नेता। त्यसै मध्यका एक थिए रिजाल पनि। भेलाको हरेक दिनको निचोड सुनाउने जिम्मेवारीमा उनी थिए।आफूले पाएको जिम्मेवारी अनुसारै उनी कार्यकर्ता भेलाको छलफलको निष्कर्ष सुनाउँथे।भेलाको बखत राजनीतिक महोल बदलिसकेको थियो। सर्वोच्च अदालतले फागुन ११ मा प्रतिनिधि सभा पुनर्स्थापना र फागुन २३ मा एमाले माओवादीलाई पूर्ववत अवस्थामा फर्कनुपर्ने फैसला गरेको थियो। अदालतले पुरानै पार्टीमा धकेलेको र ओलीले एमालेमा स्वागत नगरेको मनोदशाबाट गुज्रिरहेका थिए नेपाल-खनाल। उक्त मनोदशाकै माझ सानेपामा २५०० कार्यकर्तालाई भेला गरेर शक्ति सञ्चय गरेको उद्घोष गरेका थिए नेपाल-खनालले।

    ओलीलाई काउण्टर दिने गरिएको गृहकार्यमा सहभागी रिजाल भेलापछि भने गुमनाम रहे। त्यसपछि उनको कित्ता क्लिएर हुन एक महिना लाग्यो।वैशाख ६ गते बालुवाटारमा आयोजना गरिएको एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी भएर रिजालले औपचारिक रुपमा गुट परिवर्तन गरे। नेपाल समूह छाडेर बालुवाटारको क्याम्पमा पुगेका रिजाललाई ओलीले पुरस्कृत गरेका छन्। एमालेका केन्द्रीय सदस्य रहेका रिजाललाई ओलीले विदेश विभागको उपप्रमुखको जिम्मेवारी दिए भने दैलेख जिल्लाको सहइञ्चार्ज बनाएर उनको प्रमोसन गरे। ओलीले नेपाल विदेश विभागको प्रमुख रहेकोमा उनलाई पदमुक्त गरेर राजन भट्टराईलाई प्रमुखको जिम्मेवारी सुम्पिएका थिए। यसरी नेपाल-खनालको साथ छोड्ने रिजाल एक्ला नेता भने होइनन्।

    रिजाललाई जस्तै नेपाल-खनाल गुटका नेतालाई आफ्नो पक्षमा तान्ने ओलीको रणनीति नै छ। उक्त रणनीतिलाई मूर्त रुप दिन गुटमा नवप्रवेशीलाई सम्मानजनक पद दिने निर्णय बालुवाटारको वैशाख ७ गतेको बैठकले गरेको थियो। नेपाल खनाल समूहका ‘सफ्टलाइनर’ नेतामाथि बालुवाटारबाट उक्त रणनीतिको लगातार प्रयोग भइरहेको छ। यद्यपि, रणनीति पूर्ण सफल भने भइसकेको छैन। गुट छाड्दा जोडीलाई नै फलिफाप

    ओलीको रणनीतिको सफल भएको अर्को केस हो : स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ र पत्नी उषाकला राईको गुट अदलबदल।प्रधानमन्त्री ओलीले पहिलोपटक पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेपाल र तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोर्चाबन्दी गरेका थिए। तामाङ दम्पती सुरुमा प्रचण्ड-नेपाल समूहमा देखिएका थिए।प्रचण्ड-नेपाल समूहको पुस ७-९ मा कार्की बैङ्क्वेटमा सम्पन्न केन्द्रीय कमिटी बैठकमा तामाङ पनि सहभागि थिए। उक्त बैठकले नेपाललाई अध्यक्ष चयन गरेको थियो। बैठकपछि भने तामाङ बालुवाटारतर्फ लागे। उनले प्रचण्ड-नेपाल समूह छाडेपछि ओलीले उनकी पत्नी उषाकला राईलाई चैत १३ गते प्रदेश १ को सामाजिक विकास मन्त्री बनाएका थिए।

    नेपाललाई छोडेर ओलीलाई रोजेका तामाङ दम्पतीलाई ओलीले एकपछि अर्को अवसर दिइरहेका छन्। वैशाख १० गते बालुवाटारमा बसेको एमालेको स्थायी कमिटीको बैठकले तामाङलाई कार्यालय सचिवको जिम्मेवारी दिएकोमा जेठ २१ गते ओलीले स्वास्थ्य मन्त्री नै बनाए। ओलीले एकपछि अर्को लाभको पद दिएर नेपाल समूहका नेताहरुलाई तानिरहेको भए पनि तामाङले भने आफू कुनै लोभमा परेर ओली समूहमा नआएको दाबी गर्दै आएका छन्।पहिलोपोस्टसँग संवादका क्रममा तामाङले प्रचण्ड-नेपालको बिचारसँग आफू सहमत नभएकोले गुट छोडेको बताएका थिए। ‘समस्या पैदा भएपछि सधैंभरी त्यही रहने अवस्था नबनेकै हो। अलिअलि नेताहरुबाट टिप्पणी आउनु स्वभाविक हो। उहाँहरुको पक्षमा उहाँहरुको दृष्टिकोणमा उभिन नसकेपछि मलाई यसले धोका दियो भन्ने त परिस्थिति त बन्दो रहेछ नि,’ तामाङले भनेका थिए।

    क्याम्प परिवर्तनपछि सोझै मन्त्री

    नेपाल समूहलाई छोडेर ओली पक्षमा लाग्ने नेताहरुले आफू पदको लोभमा नपरेको दाबी गरे पनि घटनाले भने उनीहरु पदको प्रलोभनमा परेको पुष्टि गर्छ। नेपाल समूहका नेता तथा केन्द्रीय सदस्य गणेश पहाडी हाल ओली समूहमा प्रवेश गरेका छन्। उनले गुट परिवर्तन गर्नासाथ मन्त्री पद पाएका थिए। जेठ २७ गते भएको मन्त्रिपरिषद बिस्तारमा पहाडी सामान्य प्रशासन मन्त्रीको सपथ लिएका थिए।पहाडी पनि ओलीको आलोचना गर्दै एमालेलाई २०७५ जेठ २ मा फर्काउनुपर्ने मत राख्ने मध्यका एक थिए। बालुवाटार निकट स्रोतका अनुसार दोस्रो तहका नेताहरुसँगको वार्ता पछि पहाडी मन्त्री बन्ने सहमति भएको थियो। ओलेले नेपाल समूहका नेताहरुलाई बेला बेलामा बालुवाटारमा मन्त्रीपदको लोभ देखाउने गरेको नेपाल समूहका नेताहरुको भनाई छ। मन्त्रीहुनेपक्का भएपछि पहाडी पनि ओली समूहमा लागेका थिए।

    यसरी भयो ओलीको रणनीति सफल

    ओलीले पहिलोपटक पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दा नेपाल समूह एक ढिक्का भएर प्रचण्डसँग मोर्चाबन्दी गरिरहेको भए पनि ओलीले दोस्रो पटक गरेको संसद विघटन सम्म पुग्दा भने नेपाल समूहमा दुई चिरा देखिएका छन्। फागुन २३ गते अदालतले एमाले माओवादी पूर्ववत अवस्थामा फर्कनुपर्ने फैसला गरेदेखि नै नेपाल समूहमा मतभेद देखिएको थियो। त्यसयता नेपाल-खनाल लगायतका नेताहरुले ओलीसँग मिल्न सम्भव नभएको बताइरहेका छन् भने दोस्रो तहका नेताहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण बिष्ट लगायतले भने एमालेमै संघर्ष गर्नुपर्ने मत राखिरहेका छन्। दोस्रो तहका नेताहरुले नेपाल-खनालले नयाँ पार्टी खोल आफ्नो साथ नरहने बताइरहेका छन्।

    नेपाल समूहको मतभेदबारे जानकारी पाएका ओलीले नेपाल समूहका दोस्रो नेतासँगको संवादलाई निरन्तरता दिएका छन्। नेपाल-खनालबाहेकका नेताहरुलाई मात्रै एमालेमा सामेल गराउने रणनीति अनुसार ओलीले वार्ता अघि बढाएको बालुवाटार निकट नेताहरु बताउछन्। ‘हाल भइरहेको वार्ता सबैलाई एमालेमा फर्काउनका लागि होइन। केही फर्कन चाहने नेतारुका लागि हो,’ ओली निकट एक नेताले भने। ओलीले एमालेमा फर्किए सम्मानजनक पद दिने भन्दै नेपाल समूहका नेताहरुलाई फकाइरहेको बालुवाटारमा ओलीलाई केही समय अघि भेटेका नेपाल समूहका नेता जीवनराम श्रेष्ठले बताएका थिए। उनले एकता भन्दा पनि ओलीले केही नेतालाई मात्रै पद दिएर आफ्नो समूहमा ल्याउन खोजेको आरोप लगाएका थिए। ‘हामीले एकतामै जोड दियौं। तर प्रधानमन्त्रीले हामीलाई मुलधारमा आउनुस भन्नुभएको हो,’ श्रेष्ठले भनेका थिए।ओलीले नेपाल-खनाललाई कारवाही जारी राखेर उनीहरु बाहेकका नेताहरुलाई एमालेमा फर्काउन प्रयास गरिरहेका छन्। ओलीको उक्त रणनीति पूर्ण रुपमा सफल नभएपनि नेपाल समूहमा विभाजन ल्याउदा नेपाल पक्ष कमजोर हुने नेपाल समूहको निस्कर्ष छ। बालुवाटारको लगातारको प्रयासपछि नेपाल समूहका नेताहरु एकपछि अर्को गर्दै नेपाल समूह छोडिरहेका छन् भने दोस्रो तहका नेताहरु पनि हाल माझधारमा उभिएका छन्। उनीहरुको कित्ता क्लिएर हुन भने केही समय लाग्ने भएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • आज शुक्रबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑