• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रेमीसँग मिलेर पतिको हत्याको त्यो प्रकरण जसलाई सुल्ट्याउन प्रहरीले पाएको थियो विशेष ‘क्लु’

  • वीरगंज संजाल
  • १ असार २०७८, मंगलवार १७:२१
  • ५५७७

    वीरगन्ज । जेठ ५ गते करिब ११ बजे ३४ वर्षीय दीपक पाण्डेमाथि गोली चल्यो। घटनास्थल बन्यो- कपिलवस्तु नगरपालिका वार्ड नम्बर ६ गोबरीस्थित चार नम्बर तौलिहवा सडक खण्ड।दुई वटा पेस्तोलबाट निस्किएको गोलीको छर्रा दीपकको शरीरमा पर्‍यो। माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य र व्यापारी समेत रहेका पाण्डे गोली लागेपछि भुँईमा ढले। त्यसपछि घटनास्थल पुगेको प्रहरीले उपचारका लागि अस्पताल पुर्‍याएको थियो।उनलाई नजिकैको युनिभर्सल मेडिकल कलेज लगियो। त्यहाँ उनको उपचार सम्भव नदेखिएपछि जेठ १० हेलिकप्टर मगाएर काठमाडौं ल्याइयो। तर, काठमाडौंको अस्पताल टेक्न नपाउँदै उनको सास गयो। गोली कसले र किन हान्यो? भन्ने प्रश्नको उत्तर प्रहरीले पाइसकेको थिएन।

    तर, घटना भएको २५ दिनपछि प्रहरी अभियुक्तसम्म पुग्न सफल भयो। सोमवार प्रहरीले घटनामा संलग्न ११ जना अभियुक्तलाई सार्वजनिक गर्‍यो। प्रहरीले सार्वजनिक गरेको अभियुक्तमध्येका एक चाहिँ दीपकको परिवारको लागि परिचित अनुहार नै थियो। अझ भनौं, घरकै सदस्य। अर्थात् मृतक दीपककी पत्नी महिमा पाण्डे।प्रहरीका अनुसार समातिएका बाँकी त मतियार थिए, घटनाको मुख्य योजनाकार चाहिँ उनी। त्यस्तै, अर्का योजनाकार पनि थिए – ओमप्रकाश यादव। प्रहरीले ओम प्रकाश यादव, महिमा पाण्डे, रमजान साह मुसलमान, साकिर अलि पखिया, सद्धाम हुसेन खान, पूर्णबीर पाल्पाली कुम्हाल, राजेश भन्ने ज्ञानेन्द्र कुमार पाण्डेय, गोलु भन्ने राधेश्याम चौधरी, सिरिया भन्ने श्रीराम चौधरी, मोटे भन्ने नसरत अली र प्रबिन गुप्तालाई अभियुक्ताका रुपमा सार्वजनिक गरेको हो।

    किन भयो हत्या ?
    हत्याको मुख्य कारण बिहेइतरको ‘सम्बन्ध’ लकाउनका लागि भएको खुलेको छ। दीपक र उनकी श्रीमती महिमा बिच लामो समयदेखि सम्बन्ध राम्रो थिएन। खराब सम्बन्धको बिचमा प्रवेश गरेका थिए ओम प्रकाश यादव। महिमा र ओमप्रकाश बिच सम्बन्ध बन्दै गएको थियो।महिमाको ओम प्रकाशसँगको सम्बन्धबारे दीपकले चाल पाइसकेका थिए। दीपकले उनीहरुको सम्बन्धबारे जानकारी पाएको महिमा र ‌ओम प्रकाशले चाल पाएपछि हत्याको योजना बनाएको प्रहरी अनुसन्धानमा देखिएको छ।
    ‘यसमा अन्य कारण नभएर सम्बन्धको कारणले नै घटना भएको देखिएको छ,’ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी धर्मराज भण्डारीले भने।महिमाले ओम प्रकाशलाई प्रयोग गरेर विगत २/३ वर्षदेखि हत्या गर्ने प्रयास गरेको समेत खुलेको छ। तर, उनीहरुको प्रयास यसभन्दा अघि पटक पटक असफल भएको अनुसन्धानमा देखिएको प्रहरीको दावी छ। उनीहरुले हत्या गर्न अन्य व्यक्तिलाई सुपारी समेत दिएका रहेछन्।

    हत्या प्रकरणमा पक्राउ परेका रमजान साह मुलमान र साकिर अलि पखिया सुटर हुन्। उनीहरुले हत्याका लागि १ लाख रुपैयाँ लिएको प्रहरीको अनुसन्धानमा खुलेको छ। मुसलमानले घटना भएको दिन दीपकलाई तीन राउण्ड गोली प्रहार गरेका थिए। उनले महिमासँग फोन सम्पर्क गरेर दीपकको जानकारी लिइरहेको खुलेको छ। मुसलमानको साथबाट पेस्तोल र आठ राउण्ड गोली समेत प्रहरीले बरामद गरेको छ। साकिरले पनि दीपकमाथि गोली प्रहार गरेका थिए। उनी २०६४ वैशाख ५ गते हातहतियार तथा खरखजना मुद्दामा पक्राउ परी २ वर्ष कारागारमा थुनामा रही छुटेका व्यक्ति समेत हुन्।

    कपिलवस्तुका ३५ वर्षीय पूर्णबीर पाल्पाली (कुम्हाल)ले घटना भएपछि साकिर अली पखियालाई आफ्नो घरमा सुताएका थिए। अनि घटना प्रयोग भएको हतियार समेत लुकाउन सघाएका थिए। सद्दाम हुसेन खानको भूमिका चाहिँ साकिर अली पखियालाई हतियार खरिद बिक्री गर्दा सहयोगी बनेको देखिएको छ।कपिलवस्तु यशोधरा गाँउपालिकाका राजेश भन्ने ज्ञानेन्द्र कुमार पाण्डेयले गोलु भन्ने राधेश्याम चौधरीलाई भारतबाट हतियार खरिद बिक्री गर्ने कार्यमा सहयोग गरेको प्रहरीको दावी छ। गोलुले साकिर अलि पखियालाई हतियार खरिद बिक्री गर्न सहयोग गरेका थिए।

    प्रहरीले घटनाको भोलिपल्ट नै ओम प्रकाशमाथि अनुसन्धान सुरु गरेको थियो। घटना भएपछि अस्पताल लैजाँदै गर्दा घाइते दीपकले प्रहरीलाई एउटा ‘क्लु’ दिएका थिए। त्यही क्लुलाई टेकेर प्रहरीले अनुसन्धान गरेको थियो। घटना भएकोमा उनले ओमप्रकाश माथि शंका रहेको प्रहरीलाई सुनाएका थिए।’बोल्न सक्ने अवस्थामा हुँदा उहाँले केही शंकास्पद व्यक्तिको नाम दिनु भएको थियो। त्यसलाई पनि एउटा आधार बनाएर अनुसन्धान गरेका हौं,’ डीएसपी भण्डारीले भने।महिमा र ओमप्रकाशले सुरुमा अन्य अभियुक्तलाई हतियार, मोटरसाइकल किन्न र आवतजावत गर्न सुरुमा केही हजार रुपैयाँ दिएका थिए। बाँकी रकम भने हत्या गरेपछि दिने शर्त रहेको थियो। त्यस्तै, मृत्यु भएपछि केही जग्गा जमिन दिने पनि उनीहरु बिच सहमति भएको प्रहरी अनुसन्धानमा खुलेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑