वीरगन्ज । दिनभरको भागदौडका कारण, भारी सामान बोक्दा, धेरै बेर एउटै ठाउँमा बस्दा, सुताई नमिल्दा,ठोकिदा जो कोहि व्यक्तिलाई पनि शरीरमा दुखाई हुन्छ । शरीरमा हुने दुखाईको पीडा बढ्दै जाँदा यसले विकराल रुप पनि लिन सक्छ । त्यसैले व्यस्तताकै बाबजुद पनि हामीले घरमै बसेर शरीरको दुखाई कम गर्न सक्छौँ ।
चेरी– जोर्नी दुखाईका लागि पछिल्लो अध्ययनअनुसार चार महिलामा एक महिला आर्थराइटिसस, क्रोनिक टाउको दुखाई तथा जोर्नी दुखाईबाट पीडित छन् । यस्ता समस्याका लागि चेरी उपयोगी मानिएको छ । चेरीलाई रातो बनाउन मद्दत गर्ने एन्थोसाइनिन्स नामक तत्व पीडा घटाउनमा सहयोगी हुन्छन् । यो आइबुफ्रेन र एस्पिरिनभन्दा १० गुणा बढी प्रभावकारी हुने बताइएको छ ।
लसून- प्रायः नेपालीको घरमा सजिलै पाइने लसुनले तपाईको शरीरको दुखाईलाई कम गर्न सक्छ । तेलमा लसूनलाई भुटेर हातगोडा वा दुखेको हाडजोर्नीमा लगाउँदा यसले दुखाईलाई कम गर्दछ । छालामा आएको खटिरामा समेत मसिनो हुने गरी पिसिएको लसून लगाइयो भने यसले दुखाई कम हुन्छ । लसुनलाई प्राचिनकालबाटै औषधिका रुपमा प्रयोग गरीन्छ ।
अंगुर-अंगुरको खाँदा मानिसमा रोगप्रतिरोधात्मक क्षमतामा विकास हुनुका साथै ढाड दुख्ने समस्याबाट समेत राहत मिल्दछ । अंगुरमा भएको पोषक तत्वले मेरुदण्ड र ढाडमा सहज रुपमा रक्तसञ्चार गराउँछ । साथै अंगुरमा भएको पौष्टिक तत्वले ढाडको दुखाइका साथै जोर्नी तथा मासंपेशीको दुखाईलाई समेत कम गराउँछ ।
गोलभेंडा जूस– खुट्टाको ऐंठनका लागि अध्ययनअनुसार ५ जनामा एकजना खुट्टाको क्र्याम्प अर्थात् ऐंठनबाट पीडित भइरहेका हुन्छन् । पोटासियमको कमीका कारण यस्तो भएको हो । यसका लागि खानामा पोटासियम समावेश गर्नुपर्छ । दैनिक गोलभेंडाको जुस पिउने हो भने यो समस्या हट्छ ।
अदुवा-अदुवालाई आयुर्वेद विज्ञानमा निकै प्राथमिकता दिइएको पाइन्छ । पोलेको अदुवा खाएमा घाँटी दुखेको निको हुन्छ भने शरीरमा चोट लागेको भागमा अदुवा दले वा पिसेर यसको लेप लगाउँदा राहत महशुस हुन्छ । साथै खानामा दैनिक अदुवाको प्रयोग गरेमा मांशपेसी, जोर्नी तथा छातिको दुखाईमा समेत नियन्त्रण पाउन सकिन्छ । ठोक्किएर सुन्निएको वा दुखेको ठाउँमा अदुवा लगाएमा यसले समेत दुखाई कम गर्छ ।