• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सप्तरीमा लुटपाट गरी दम्पती हत्या गर्ने पक्राउ

  • वीरगंज संजाल
  • ३० जेष्ठ २०७८, आईतवार २१:०७
  • ३१३७

    सप्तरी | सप्तरीको पुरानो सदरमुकाम रहेको हनुमाननगर बजारका व्यापारी दम्पत्तिलाई हत्या गरी फरार रहेका बब्लु मण्डललाई सप्तरी प्रहरीले नाटकीय ढंगबाट आइतबार पक्राउ गरेको छ।हनुमाननगर कंकालिनी नगरपालिका-९ का ५२ वर्षीया सरोजदेवी वेगवानी र उनका श्रीमान ५५ वर्षीय प्रेमसुख बेगवानीको हत्या आरोपित हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहका ३९ वर्षीय मण्डललाई भारतबाट नेपाल आएको मौका छोपी पक्राउ गरिएको हो।लुटपाटको उद्देश्यले बेहोस बनाउन प्रयोग गरिएको एनेस्थेटिक इथरले काम नगरेपछि पिलास र रडले प्रहार गरेर मण्डलसहितका आरोपितले व्यापारी दम्पत्तिको २०७१ जेठ २१ गते राति हत्या गरेका थिए। हत्या पश्चात वेगवानीको घरबाट ७७ लाख ६२ हजार ४९९ रुपैयाँ बराबरको सुनचाँदीका गरगहना र नगद १० हजार रुपैयाँ धनमाल डकैती भएको थियो।

    आठ महिनाको प्रयासमा समातिए अभियुक्त

    एसपी राजेन्द्रप्रसाद धमलालाई नेपालगन्ज तालिम केन्द्रका एसएसपी मसुद आलम खाँ र घटनाका बेला सप्तरीका एसपी रहेका दिनेश अमात्यले हत्याकाण्डको सुराक पत्ता लगाउने उपाय सुझाएका थिए। सप्तरी प्रहरी प्रमुख भएर २०७७ भदौ १० गते आए लगत्तै कोभिड-१९ बाट संक्रमित भएका एसपी धमलाले संक्रमणमुक्त भएपछि आरोपितमाथि निगारनी बढाए। पक्राउको प्रयासमा निरन्तर रहेका एसपी धमलाले अन्ततः ८ महिनाको मेहनतमा मण्डललाई पक्राउ गर्न सफल भएको बताए। हत्याकाण्डपछि भारतीय आधारकार्ड बनाएर मण्डल भारत विहारमै बसोबास गरिरहेका थिए। सुनसरीको भण्टाबारी ओहोरदोहोर गर्ने मण्डल कहिलकाँही झुक्याएर कोशीवारी भारदहस्थित घर आउने गरेको सूचना पाएपछि प्रहरीले निगरानी बढायो। इन्स्पेक्टर सन्तोष खडकालाई पाँच महिना अघि पक्राउ गर्न पठाएको पत्तो पाएका आरोपित मण्डल त्यसपछि घर आउन छाडेका थिए।नेपालबाट भारततर्फ मदिरा ओसार्ने क्रममा भारतीय प्रहरीद्वारा पक्राउ परेका मण्डललाई सप्तरी प्रहरीले सुपुदर्गी गर्न आग्रहसमेत गरेको थियो। सप्तरी प्रहरीको निगरानीमा रहेका उनलाई भारतीय कानुनी कारवाहीबाट जेलमुक्त भएपछि पक्राउ गरिएको एसपी धमलाले बताए।

    पाँच अभियुक्त जेलमा

    यसअघि पक्राउ परेका हत्याका आरोपित सुनसरी हरीपुर-७ भण्टाबारीका २६ वर्षीय मो. कैजुम मियाँलाई सप्तरी जिल्ला अदालतले ०७३ भदौ २६ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ। जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले मियाँलाई हत्या आरोपमा सर्वस्वसहित जन्मकैद र डाँका मुद्दामा थप छ वर्ष गरी २६ वर्ष कैद फैसला गरेको जिल्ला अदालतले जनाएको छ।

    स्रेस्तेदार कुमार मास्केका अनुसार सुनसरी जिल्लाको श्रीपुर-८ का ४० वर्षीय मो. हैदर अली मियाँलाई हत्या आरोपमा जन्मकैद र डाँका मुद्दामा थप छ वर्ष गरी २६ वर्ष कैद भएको छ। हैदर र कैजुम सुनसरी जिल्लाको श्रीपुर जब्दीस्थित कोशी कटान क्षेत्रबाट २०७१ जेठ २९ गते एक थान नल कटुवा पेस्तोल, दुई राउण्ड गोली, पिलास, रड, बञ्चरो, पेचकस, रिञ्च, एनेस्थेटिक ईथर तथा १३९.४३ ग्राम सुन र १०.१ किलो चाँदी लगायतका गरगहनासहित पक्राउ परेका थिए। उनीहरुलाई जिल्ला न्यायाधीश रामप्रसाद अधिकारीको आदेशले २०७१ असार २९ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा पठाएको थियो।

    यसैगरी सुनसरी हरीपुर-७ का २७ वर्षीय इनर भनिने इन्द्रदेव कामत र श्रीपुर-३ कुमयाहीका २६ वर्षीय सागिर मन्सुर मियाँलाई ११/११ वर्ष कैद फैसला भएको छ। सुनसरी नरसिंह-९ चिरौनीबाट २०७१ असोज ४ गते पक्राउ परेका कामत र सागिरलाई सप्तरी जिल्ला अदालतले २०७१ असोज ६ गते पुर्पक्षका लागि कारागारमा थुनामा पठाएको थियो।    सप्तरी जिल्ला अदालतका न्यायाधीश रिताकुमारी बख्रेलको इजलाशबाट हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहका ४० वर्षीय दाउद मियाँलाई २०७७ पुस २३ गते ११ वर्ष कैद सजायको फैसला भएको छ। दाउदलाई हत्या आरोपमा ५ वर्ष कैद र डाँका अभियोगमा ६ वर्ष कैद तथा १ लाख ४० हजार रुपियाँ जरिवानाको फैसला भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए। हत्या आरोपमा २०७४ पुस २४ गते पक्राउ परेका दाउद पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा नै थिए।

    आइतबार पक्राउ परेका मण्डल र सुनसरी हरीपुर-७ भण्टाबारीका २३ वर्षीय सलिम भनिने अल्लाउद्दिन मियाँ फरार रहेकाले यिनीहरुको हकमा मुद्दा मुल्तवी राखिएको थियो। हत्याकाण्डका सलिम भने अझै पक्राउ परेका छैनन्। मुख्य बजारमै रहेको पसलसँगैको घरमा ०७१ जेठ २२ गते व्यापारी दम्पत्तिको शव फेला परेको थियो। मृतकका छोरा मुकेश वेगवानीको उजुरीमा जिल्ला प्रहरी कार्यालयले आरोपितविरुद्ध कर्तव्य ज्यान, डाँका र हातहतियार खरखजाना ऐनअन्तर्गत उजुरुी दर्ता गर्‍यो। पक्राउ परेका अभियुक्तहरुले लुटपाटको उद्देश्यले बेहोस बनाउन प्रयोग गरिएको एनेस्थेटिक ईथरले काम नगरे पछि पिलास र रडले प्रहार गरेर हत्या गर्नु परेको स्वीकारेका छन्।

    आरोपितले डाँका गरेको गरगहना किन्ने सुनसरी इनरुवा नगरपालिका-१ घर भई लौकही-६ मा पुष्पाञ्जली ज्वेलर्स नामक सुनचाँदीको पसल गर्र्ने ३४ वर्षीय सुबोध स्वर्णकारलाई हत्या र चोरीबाट सफाई मिलेपनि उनले किनेको चोरीको धनमाल पीडित पक्षलाई फिर्ता दिने फैसला भएको छ। सप्तरीको रुपनी गाउँपालिका-१ रुपनीबाट २०७१ असार ४ गते पक्राउ परेका स्वर्णकार अदालतको आदेशमा ०७१ असार २९ गते नगद १० लाख धरौटी बुझाई पुपक्र्षका लागि रिहा भएका थिए। उनले हत्याराबाट १५ लाख ८५ हजार ८६० बराबरको चाँदी र सात लाख ३० हजार ६०१ बराबरको सुन ४० प्रतिशत नाफा राखी १७ लाख २५ हजारमा खरिद गरेका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु
  • लोडशेडिङको चिन्ताबीच एकातिर बाङ्ग्लादेश विद्युत् निर्यात सुरु हुँदै, अर्कातिर विद्युत् खेर जाने जोखिम
  • उपकार सेवा नेपाल द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना ,२ महिला सहित २९ जनाले गरे रक्तदान
  • डेसिमल कलेजद्वारा ‘फेयरवेल मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

    लोडशेडिङको चिन्ताबीच एकातिर बाङ्ग्लादेश विद्युत् निर्यात सुरु हुँदै, अर्कातिर विद्युत् खेर जाने जोखिम

    उपकार सेवा नेपाल द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना ,२ महिला सहित २९ जनाले गरे रक्तदान

    डेसिमल कलेजद्वारा ‘फेयरवेल मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

    लोडशेडिङको चिन्ताबीच एकातिर बाङ्ग्लादेश विद्युत् निर्यात सुरु हुँदै, अर्कातिर विद्युत् खेर जाने जोखिम

    उपकार सेवा नेपाल द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना ,२ महिला सहित २९ जनाले गरे रक्तदान

    डेसिमल कलेजद्वारा ‘फेयरवेल मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

    News

    लोडशेडिङको चिन्ताबीच एकातिर बाङ्ग्लादेश विद्युत् निर्यात सुरु हुँदै, अर्कातिर विद्युत् खेर जाने जोखिम

    News

    उपकार सेवा नेपाल द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना ,२ महिला सहित २९ जनाले गरे रक्तदान

    News

    डेसिमल कलेजद्वारा ‘फेयरवेल मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न

    News

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑