वीरगन्ज ।सर्बियन टेनिस स्टार नोभाक जोकोविच जारी फ्रेन्च ओपनको प्रमुख दावेदार हुन्। उनले रोनाल्ड ग्यारोटमा लगातार जित निकालिरहेका राफेल नाडाललाई सेमिफाइनलमा परास्त गरेपछि उनी प्रतियोगितामा मुख्य दावेदार बने।
अब उनले फ्रेन्च ओपनको फाइनलमा आज ग्रिकका स्टेफानोस सिसिपाससँग खेल्दैछन्। पाँचौ वरियताका सिसिपासले सेमिफाइन खेलमा जित निकालेपछि पहिलोपटक फाइनल खेलिरहेका छन्। फाइनल खेल आइतबार साँझ पौने ७ बजेबाट सुरु हुनेछ।
‘मसँग फाइनलको तयारीका लागि एक दिन र आधा छ,’ सिसिपालसले सेमिफाइनल जितेपछि भनेका थिए, ‘यो समयमा मैले आफूलाई राम्रो फर्ममा ल्याउनु पर्नेछ।’
२२ वर्षे सिसिपास टेनिसको मूख्य फाइनल खेल्ने पहिलो ग्रिक खेलाडी हुन्। ‘यो मेरो लागि अवसर हो, त्यसका लागि तयार हुनु पर्छन,’ उनले भने। तर, उनले जोकोविचसँग पछिल्ला सात खेलमा पाँच हार बेहोरिसकेका छन्।
यता १८ पटकका ग्राण्डस्लम विजेता जोकोविच यो उपाधि जित्दै कीर्तिमान बराबरी गर्न नजिक पुग्ने दाउमा छन्। किनेकी उनले सेमिफाइनलमा पराजित गरेका राफेल नाडाललको नाममा २० ग्राण्डस्लम कीर्तिमानी उपाधि छ।
त्यस्तै, नाडालले रोजर फेडेररसँग २० उपाधिको कीर्तिमान बराबरी गरेका हुन्। यदी जोकोभिचले यो उपाधि जित्न सकेमा उनी कीर्तिमानसँग बराबर गर्न मात्र एक उपाधि टाढा हुनेछन्।
यता सिसिपासले नोभाकलाई हराउँदै उपाधि जित्नेमा विश्वस्त रहेको बताएका छन्। यता सर्बियन स्टार जोकोभिचले २०१६ यता फ्रेन्च ओपन जितेका छैनन्। यदी आजको फाइनल जोकोभिचले जित्न सके उनी सबै महत्त्वपूर्ण प्रतियोगिता दुईपटक जित्ने खेलाडी बन्नेछन्।