• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अधुरो र गुणस्तरहीन हुलाकी सडक हस्तान्तरण गरिएको २ महिनामै भासियो

  • वीरगंज संजाल
  • २४ जेष्ठ २०७८, सोमबार १३:१६
  • ६३६१

    पर्सा  । अधुरो र गुणस्तरहीन हुलाकी सडक हस्तान्तरण गरिएको २ महिनामै भास्सिन थालेको हो ।  हस्तान्तरण गरिएको २ महिना पनि नबित्दै हुलाकी सडकअन्तर्गत सुवर्णपुर–ठोरी सडक खण्ड ठाउँठाउँमा भास्सिन थालेको छ । गत साताको वर्षाकै कारण उक्त सडक खण्डमा धाँजा फाट्न र भास्सिन थालेको हो ।ठोरीको वनशक्तिनजिक सडकको साइड सोल्जर बगाएर कालोपत्रे नै दब्न लागेको छ । सडक हस्तान्तरणको शिलालेख अगाडि नै सडक छेउको सोल्जर बगाएर कालोपत्रे नै बगाउने अवस्थामा पुगेको छ । नाला १ र नाला २ खोलाको पुलनजिक पनि सडक भास्सिन लागेको छ । ठारी ४ निर्मलबस्तीमा सडकको साइड सोल्जर बगाउनुका साथै सडकमा धाँजा फाटेको छ ।

    त्यहाँ समयमा नै मर्मत नगरिए जुनसुकै बेला सडक भास्सिने खतरा छ, जसले सडक दुर्घटना हुने सम्भावना बढेको छ । उक्त खण्डमा रहेको आधा दर्जन बढी खोलाको पुल वरपरको सोल्जरमा पानीले क्षति पुगेको छ  ।यसअघि अधुरो हुलाकी सडक हस्तान्तरण गरिएको विरोधमा रहेका स्थानीय अब क्षति हुन थालेपछि संघर्षको तयारीमा छन् । स्थानीय माधव तिमल्सेनाले विगतमै ठेकेदार कम्पनीले करिब ५ किमि सडक अधुरै छाडेर सडक हस्तान्तरण गरेको बताए ।

    त्यही सडक पनि क्षतिग्रस्त हुन थालेपछि स्थानीय चिन्तित र आक्रोशित रहेको उनी बताउँछन् । ‘ठोरीवासीले यो सडक निर्माणका लागि लामो समय प्रतीक्षा गरेका थिए, बल्लबल्लक सडक त बन्यो त्यो पनि अधुरो र गुणस्तरहीन,’ उनले भने, ‘अब ठोरीवासी ठूलै संघर्षमा उत्रने मनस्थितिमा छन् ।’ठेकेदार बानियाँ/कालिका ज्वाइन्ट भेन्चरको कम्पनीले चैतको दोस्रो साता यो सडक खण्ड निर्माण सम्पन्न भएको भनि साइटबाट पछि हटेको थियो । पर्सामा हुलाकी सडकको दोस्रो प्याकेजअन्तर्गत सुवर्णपुरको चमरीदेखि ठोरीसम्म ३० किमि सडक खण्डमा विभिन्न स्थानमा गरी करिब ५ किमि ठेकेदार कम्पनीले निर्माण नगरी अधुरो छोडेको थियो ।

    १ अर्ब १७ करोड रुपैयाँको यो सडक खण्ड निर्माणको ठेक्का सम्झौता २०७४ कात्तिक १३ गते गरिएको थियो । ठेकेदार कम्पनीले २०७७ जेठ २ सम्म काम सक्नुपर्थ्यो । तर लकडाउन तथा अन्य कारणले काम गर्ने वातावरण नभएपछि ठेक्काको म्याद थपिएको थियो ।ठेकेदार कम्पनीका फिल्ड इन्चार्ज उद्धव न्यौपानेले हाल नाला १ र नाला २ पुल नजिकको एप्रोच सडक भास्सिएर समस्या देखिएको स्विकारे । हाल ती स्थानमा सडक भास्सिएका र धाँजा फाटेका स्थानमा पिच हटाएर ग्राभेल राखिने र वर्षा पछि अवस्था सुधार गरेर कालोपत्रे गरिने उनले बताए । ‘दुवै पुलको मुखबाट पानी सिपेज भएर सडकमा क्षति पुग्न गएको हो, ठेक्का सम्झौताअन्तर्गत हाम्रो २ वर्षको मर्मत अवधि बाँकी नै छ,’ उनले भने, ‘हामी त्यसैअनुरूप काम गर्न प्रतिबद्ध छौं ।’

    हाल देखिएको समस्याको मुख्य कारण पुल र सडक निर्माणको ठेक्काको तालमेल नमिल्नाले पनि भएको उनले दाबी गरे । ‘पुल निर्माणको काम सरकारले र सडक निर्माण भारतीय कन्सल्टेन्ट कम्पनीमार्फत भएको हो,’ उनले भने, ‘विभिन्न कारणले पुल निर्माणको काम २ वर्ष ढिला गरी भयो, सडक निर्माणको काम हामीले समयमै सुरु गर्‍यौं, पछि पुल निर्माणको ठेक्कामा अधुरो रहेको फिलिङलगायत काम पनि हामीलाई गर्न लगाइयो, यसरी पुल नजिक माटो फिलिङ गर्दा त्यो खण्ड नयाँ भएर पनि भास्सिन गयो । पुल निर्माण समयमा भएर एप्रोच सडकको माटो पनि त्यतिबेलै फिलिङ गरिएको भए अहिलेको जस्तो समस्या नदेखिने उनले बताए ।माधव तिमल्सेना

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑