वीरगन्ज । प्रदेश नम्बर २ मा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर पक्षीय मन्त्रीलाई बर्खास्त गरी मन्त्रिपरिषद् हेरफेर र कार्य विभाजन गरेका हुन् ।
४ मन्त्री बर्खास्त र कार्य विभाजन गर्ने प्रदेश सरकारको निर्णय आइतबार राति नै प्रदेश प्रमुख राजेश झाले सदर गरेका छन् ।
मुख्यमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्को हेरफेर र कार्यविभाजन गरेको प्रदेश प्रमुखको कार्यालयले जानकारी गराएको छ ।