राष्ट्रपतिद्वयका तस्वीर टाँस्दा यस्ताे लापरबाही किन ?
वीरगंज संजाल
२५ आश्विन २०७६, शनिबार ११:२८
२७३७
काठमाडाैँ । आज भारत हुँदै नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा सडकहरु चिटिक्क पारिएका छन् । ठाउँठाउँमा ब्यानर र स्वागतद्वार अनि आकर्षक नारा । अनि मूल सडकका दायाँबायाँ खम्बाहरुमा नेपाल र चीनका राष्ट्रपतिको तस्वीर क्रमैसँग टाँगिएका छन् । तर कतिपय ठाउँमा निकै लापरबाहीपूर्वक यस्ता तस्वीर टाँसिएको देखियो ।
राष्ट्पति कार्यालयको गटै अघिल्ति हर्ननिषेधको संकेत बोर्डले राष्ट्रपति विद्यादेवी भण्डारीको पूरै अनुहार छोपिनेगरी टाँगिएको छ । अलि माथि सारेर प्रस्ट देखिनेगरी मिलाएर टाँग्न सकिन्थ्यो । अन्य विभिन्न ठाउँमा पनि यसैगरी लापरबाहीपूर्वक सडक संकेतका लागि राखिएका बाेर्डहरूले अनुहारै छाेपिने गरी राखिएकाे छ । कतैकतै भने कुरूप बिजुलीका लट्टामुनि टाँगिएका तस्वीरहरु सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिएका छन् ।
राष्ट्रपति कार्यालय महाराजगञ्जदेखि पानीपाेखरी हुँदै उता लैनचाैर जाने सडककाे दायाँबायाँ आज बिहान हतारहतार यस्ता तस्वीर टाँगिरहेकाे देखियाे । हतारकाे काम तर बेपर्वाह ।