वीरगन्ज । नेपालमा पछिल्लो २४ घण्टामा आठ हजार २४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभरबाट संक्रमणमुक्त भई उनीहरु डिस्चार्ज भएका हुन् ।
योसँगै हालसम्म देशमा कोरोना हुनेको संख्या चार लाख ८४ हजार ३७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ९२ हजार ९२८ रहेको छ ।