दर्ता नभएका औषधी बिक्री गर्ने औषधी पसल तथा फार्मेसीलाई कारवाही गरिने
वीरगंज संजाल
Aug 19, 2019, 5:11 pm
७२३९
काठमाडौं : औषधी व्यवस्था विभागले दर्ता नभएका औषधी बिक्री वितरण नगर्न औषधी बिक्रेताहरूलाई आग्रह गरेको छ। विभागले कानुन बमोजिम दर्ता नभएका औषधीहरु बिक्री वितरण गर्ने औषधी पसल तथा फार्मेसीको दर्ता प्रमाणपत्र खारेज गर्ने चेतावनी दिएको छ।
विभागले सोमबार सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो। निरीक्षण तथा अनुगमनको क्रममा त्यस्ता औषधीहरुको सञ्चय तथा बिक्री वितरण गरेको पाइएमा औषधी ऐन बमोजिम त्यस्ता औषधीहरु जफत गरिनुका साथै पसलको दर्ता प्रमाणपत्र खारेज गरी कारवाही गरिने विभागले जनाएको छ।