• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरकारको सहुलियत राहत – उपभोक्तालाई आहत !

  • वीरगंज संजाल
  • २२ जेष्ठ २०७८, शनिबार १०:०३
  • ४३९३

    वीरगन्ज ।जेठ १५ गते अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट सार्वजनिक गर्दा राहत, सहुलियत र आर्थिक पुनरुत्थानबारे बोल्दै थिए :
    ‘निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट बिक्री हुने चामल, पीठो, दाल, खानेतेल, चिनी तथा खाना पकाउने ग्यासको बिक्री मूल्यमा २० प्रतिशत छुट दिने व्यवस्था मिलाएको छु।’

    सोही अनुसार शुक्रबारबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सहुलियत मूल्यमा खाद्यान्न बिक्री-वितरण थालेको जानकारी दियो। साल्ट ट्रेडिङले थापाथली र कालीमाटी तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं जिल्लाको हकमा थापाथली, ललितपुरमा नख्खु गोदाम र भक्तपुरमा सूर्यविनायकमा बिक्री कक्ष सञ्‍चालन गरिएको जनाएको छ।

    तर, यो महामारीमा न होम डेलिभरीको व्यवस्था भएको छ, न त अनलाइन व्यवस्था नै! सम्बन्धित ठाउँमा मात्रै बिक्री​ गरिएकाे छ। खाद्यान्न बाँड्ने समय पनि दुईदेखि तीन घण्टा मात्रै तोकिएको छ। जसकारण पहुँचवालाले मात्रै खाद्यान्न पाउने गरेका छन् भने टाढा भएका उपभोक्ता रित्तो हात फर्कनुपरेको छ।

    साल्ट ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले होम डेलिभरीको व्यवस्था नभएकाले लिन चाहने उपभोक्ताले सम्बन्धित ठाउँमै जानुपर्ने बताइन्‌। भनिन्‌, ‘अनलाइन र हाेम डेलिभरी गर्ने व्यवस्था छैन, भौतिक उपस्थितिमै खाद्यान्न बिक्री गरिरहेका छौँ।’

    सामाजिक दूरी कायम गरेर बिक्री वितरण गरिरहेको उनको भनाई छ। उनका अनुसार साल्टले बिहान ११ बजेदेखि २ बजेसम्म खाद्यान्न​ बिक्री-वितरण गरेको छ।

    २० प्रतिशत छुटमा पीठो दुई, चिनी दुई, नून दुई किलोग्राम र भटमासको तेल एक लिटर दिइने गरिएकाे छ। खाना पकाउने ग्यास भने एक वटा मात्रै दिइएको छ।

    बिक्री गर्न सीमित समय तोकिएपनि खाद्यान्न किन्न आउने ग्राहकलाई खाली हात नपठाएको उनकाे दाबी छ।

    ‘यो त देखाउनलाई मात्रै गरियो’ : गुरागाईं

    उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपाध्यक्ष शुवर्णप्रभा गुरागाईं निषेधाज्ञाले समस्या परेका उपभोक्तालाई सहुलियत राहत दिनुभन्दा पनि देखाउनलाई मात्रै सरकारले याे योजना ल्याएको बताउँछिन्।

    ‘सरकारले सहुलियत राहतको कुरा त गर्‍यो, तर होम डेलिभरीको व्यवस्था छैन, यो त जहाँ बाँडिएको छ, त्यहाँका मानिसहरूले मात्रै पाउने भए, वितरण गरिने ठाउँसम्म टाढाका उपभोक्ता कसरी जान सक्छन्‌? सार्वजनिक गाडी पनि चलेको छैन,’ गुरागाईंले भनिन्‌।

    उनले यो राहत वितरण गर्ने व्यवस्था स्थानीय तहलाई दिएमात्रै सहज रुपमा उपभोक्ताले पाउने बताइन्। भनिन्‌, ‘यो राहत त स्थानीय तहलाई दिएर बाँड्न लगाएमात्र सहज हुन्छ, कोरोना संक्रमणको जोखिममा यसरी वितरण गर्नु सरासर गलत छ।’

    उनका अनुसार सामान किन्न घण्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यता छ। समय पनि कम तोकिँदा लाइनमा बस्ने कतिपय उपभोक्ता खाली हात नै फर्किनुपर्ने अवस्था छ।

    यसो भन्छ खाद्य व्यवस्था लिमिटेड

    कोरोना संक्रमणको उच्च जोखिम भएको भन्दै उपभोक्ताले होम डेलिभरी नै व्यवस्था गर्न माग राखिरहेका छन। तर, सरकारले सहुलियत राहतको लागि होम डेलिभरी व्यवस्था तत्काल गर्ने अवस्थामा देखाएकाे छैन।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड थापाथलीका प्रादेशिक प्रमुख ज्ञानु थापा भन्छिन्, ‘भौतिक उपस्थितिमा मात्र खाद्यान्न बिक्री गरिएको छ, होम डेलिभरीको व्यवस्था छैन, अब गर्ने/नगर्नेबारे पनि केही जानकारी छैन।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भोजपुरमा एकै परिवारका ४ जनाको हत्या
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑