दसैंमा सरकारले ल्याएका १०५ वटा च्याङ्ग्रा बिक्री भएनन्
वीरगंज संजाल
२४ आश्विन २०७६, शुक्रबार १६:५०
३२६७
काठमाडौं । सरकारले दसैंको लागि आयात गरेका च्याङ्ग्रा बिक्री हुन बाँकी रहेका छन् । सहुलियत दरमा बिक्रीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किनेको १९ सय २० मध्य १ सय ५ वटा च्याङ्ग्रा बिक्री भएका छैन्न ।
संस्थानले दिएको जानकारी अनुसार कुल बिक्री हुन बाँकी १ सय ४४ मध्य ( बिहीबार १६ वटा र आज २३ वटा) शुक्रबार ३ बजेसम्ममा ३९ वटा च्याङ्ग्रा बिक्री भएका छन् । १२ दिनसम्म आयातित च्याङ्ग्रा बिक्री नभएपछि संस्थानले हिजोबाट मूल्य घटाएर बिक्री गर्न सुरू गरेको छ । मूल्य घटेसँगै जीउँदो च्याङ्ग्रा प्रतिकिलो ७ सय रुपैयाँमा झरेको हो । मागभन्दा आपूर्ती धेरै भएर च्याङ्ग्रा बिक्री नभएको संस्थानले बताएको छ ।
संस्थानले दसैंको लागि हजार खसीबोका र १९ सय २० वटा च्याङ्ग्रा आयात गरेको थियो । जसमध्ये सप्तमीसम्ममा सबै खसीबोका बिक्री भए पनि च्याङ्ग्रा भने बिक्री भएनन् ।