• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    इजरायलमा सत्ता पल्टिने निश्चित, प्यालेस्टाइनीका लागि ‘घातक’ मानिएका नफ्ताली बेनेट को हुन् ?

  • वीरगंज संजाल
  • २० जेष्ठ २०७८, बिहीबार १६:३९
  • २२५३

    वीरगन्ज ।प्यालेस्टाइनसँग सशस्त्र संघर्ष र तनावका बीच इजरायलको सत्ता पल्टिने लगभग निश्चित भएको छ । यससँगै अब विगत १२ वर्षदेखि चलिरहेको बेन्जामिन नेतन्याहुको शासन समाप्त हुने संघारमा छ । नेतन्याहूले बुधबार मध्यरातसम्म संसदमा आफ्नो बहुमत भएको प्रमाणित गर्नुपर्ने थियो तर यो समय सकिन ३५ मिनेट बाँकी रहँदा नेतन्याहू सरकारको सहयोगी येश एटिड पार्टीका नेता येर लेपिडले राष्ट्रपति रुबेन रिभलिनलाई आफूहरु नयाँ सरकार बनाउन तयार रहेको सूचित गरेको टाइम्स अफ इजरायलले जनाएको छ ।

    येर लेपिडले राष्ट्रपतिलाई दिएको सूचनामा आफूहरुले बनाउन लागेको नयाँ सरकारमा प्रधानमन्त्री नफ्ताली बेनेट हुने पनि जानकारी दिएका छन् । नयाँ सरकार गठन गर्न भएका सहमतिका आधारमा नफ्ताली बेनेट सेप्टेम्बर २०२३ सम्म प्रधानमन्त्री रहनेछन् । त्यसपछि येर लेपिड प्रधानमन्त्री बन्नेछन् र उनको कार्यकाल नोभेम्बर २०२५ सम्म रहनेछ । राम पार्टीका नेता मंसुर अब्बासले पनि नयाँ गठबन्धनलाई साथ दिने भएपछि नयाँ सरकारको नेतृत्वबारे सहमति हुन सकेको हो ।

    इजरायलको इतिहासमा इस्लामिक पार्टी सत्ताधारी गठबन्धनमा सहभागी हुन लागेको यो पहिलो पटक हो । नफ्ताली बेनेट प्रधानमन्त्री बने भने यो आफैमा निकै अप्रत्याशित घटना हुनेछ किनकि इजरायलको १२० सदस्यीय संसद नेसेटमा नफताली बेनेटको पार्टीका केवल ७ सांसद छन् र सांसद सदस्यका हिसाबले उनको पार्टी पाँचौं ठूलो पार्टी हो । इजरायलको संसदको सबैभन्दा ठूलो पार्टी नेतन्याहुको लिकुड पार्टी हो जसका ३० सांसद छन् । दोस्रो स्थानमा येल लेपिडको पार्टी येश एटिड छ जसका १७ सांसद छन् । खासमा पार्टी सानो भए पनि इजरायलमा नफ्ताली बेनेट किंगमेकरको भूमिकामा छन् । बेनेटकै समर्थनमा अहिलेसम्म नेतन्याहुको सरकार टिकिरहेको थियो ।

    उता प्रधानमन्त्री अल्पमतमा परिसकेपछि नफताली बेनेटको नेतृत्वमा जतिसक्दो चाँडो सरकार बनाउने कसरत सुरु भइसकेको छ । यसका लागि नयाँ सरकार बनाउन तयार भएको विपक्षी गठबन्धनले सभामुखलाई नै हटाउने प्रक्रिया सुरु गरिसकेको छ । विपक्षी गठबनधनले नेसेटमा सभामुख प्रतिस्थापन गर्नको लागि बिहीबार बिहान औपचारिक प्रस्ताव दर्ता गराइसकेको जेरुसेलम पोस्टले जनाएको छ । पोस्टका अनुसार खासमा सभामुख यारिभ लेभिन लिकुड पार्टीका हुन् र उनले आफ्नो अधिकार प्रयोग गर्दै नयाँ सरकार गठनको समय संविधान र कानुनले मिल्ने हदसम्म ढिलो गराउन खोजेको पाइएपछि विपक्षी गठबन्धनले उनलाई नै हटाउने प्रक्रिया अगाडि बढाएको हो ।

    को हुन् नफ्ताली बेनेट ?

    नफ्ताली बुनेट इजरायलको प्रधानमन्त्री बनेमा प्यालेस्टाइनसँगको तनाव अझै बढ्न सक्ने आशंका गरिएको छ किनकि बेनेटलाई नेतन्याहुभन्दा पनि बढी यहुदी राष्ट्रवादी मानिन्छ । बेनेट वेस्ट ब्यांक र पूर्वी जेरुसेलमलाई इजरायलमा मिसाउनुपर्ने धारणा राख्छन् । हुन त यी दुवै क्षेत्र १९६७ मा इजरायलले जितेको हो र अहिले यी क्षेत्र इजरायलसँग नै भए पनि अन्तर्राष्ट्रिय समुदायले यसलाई अवैध नियन्त्रण मान्छ । बेनेट इजरायललाई प्रस्ट शब्दमा यहुदी राष्ट्र भन्छन् जसलाई उनले घुमाउरो रुपमा अरब समुदायका मानिसहरुलाई दोस्रो दर्जामा राख्न चाहेको रुपमा अर्थ लगाइएको छ ।

    द गार्डियनका अनुसार नफ्ताली बेनेट कुनै समय यहुदी सर्वोच्चतावादी समूहका प्रमुख थिए र यो अखबारले उनलाई धार्मिक राष्ट्रवादीको रुपमा टिप्पणी गरेको छ । बेनेट पूर्वी जेरुसेलम र वेस्ट ब्यांकमा यहुदीहरुलाई बसाउने कामको समर्थक हुन् जबकि यी क्षेत्र आफ्नो भएको अरब प्यालेस्टाइनीहरुको दावी छ । बेनेट प्यालेस्टाइनी अतिवादीहरुलाई जेलमा राख्नुको सट्टा मृत्युदण्ड दिनुपर्ने धारणा राख्छन् । उनी प्रधानमन्त्री नेतन्याहुका वफादार मानिन्थे तर २००९ मा राजनीतिक महत्वाकांक्षाका कारण नेतन्याहुसँग छुट्टिएका थिए ।

    बेनेट पूर्वसैनिक हुन् । उनी २००६ देखि २००८ सम्म इजरायली सेनाको चिफ अफ स्टाफ थिए । सेनाबाट अवकाश लिएपछि उनी सफल व्यवसायी पनि बने । उनको हातमा इजरायलको सत्ता आएपछि मध्यपूर्वमा इस्लामिक देशहरुसँथ तनाव पनि अझ बढ्न सक्ने मानिएको छ । बेनेटले मध्यपूर्वमा कुनै प्यालेस्टाइनी राज्य नभएको तर यहुदी राज्य पहिलेदेखि नै भएको दावी गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑