• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    (Untitled)

  • वीरगंज संजाल
  • २० जेष्ठ २०७८, बिहीबार १२:४३
  • २९७३

    वीरगन्ज । जरायलमा १२ वर्षसम्म शासन चलाएका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सत्ताच्युत गर्नका लागि विपक्षी दलहरूबीच गठबन्धन बनेको छ । राष्ट्रपति रेउभन रिभलिनले बुधवार मध्यरातसम्मका लागि गठबन्धन सरकारको दाबी प्रस्तुत गर्न दिएको समयसीमा सकिनै लाग्दा विपक्षीहरू गठबन्धनका लागि सहमत भएका हुन् ।

    इजरायलको संसद्लाई नेसेट भनिन्छ र त्यसमा कुल १२० सीट छन् । नेतान्याहुको लिकुड पार्टी ३० सीटका साथ सबभन्दा ठूलो दल हो । त्यसपछि येश आतिद पार्टीको १७ सीट छ । यामिनाको सात, मेरेत्जको ६ र राआमको चार सीट छ । यसबाहेक अन्य आठवटा दल छन् ।

    एक महिनाअघि मे ५ मा राष्ट्रपति रिभलिनले याइर लापिदलाई गठबन्धन बनाउन आदेश दिएका थिए किनकि नेतान्याहुले सरकार बनाउन गठबन्धन सहयोगी जुटाउन सकेका थिएनन् ।

    त्यसपछि इजरायल हमासविरुद्ध ११ दिनको हिंसात्मक संघर्षमा होमियो । हमासले लगभग ४५ सयवटा रकेट इजरयालतर्फ प्रहार गरेको थियो भने इजरायलले प्रहार गरेका क्षेप्यास्त्रले २०० भन्दा बढी प्यालेस्टाइनीको ज्यान लिएका थिए र कैयौं आवासीय भवन ध्वस्त पारेको थिए । हिंसामा परी १२ जना इजरायलीले ज्यान गुमाए भने शारीरिक र मानसिक क्षति भोग्नेहरू पनि थुप्रै भए ।
    उग्रदक्षिणपन्थी तथा धार्मिक समूहलाई आकर्षित गर्न सकिन्छ कि भनी नेतान्याहुले हमासविरुद्धको युद्ध चर्काइरहन खोजेका थिए । तर अमेरिका सहित विभिन्न मुलुकको दबाब परेपछि उनी युद्धविरामका लागि सहमत भए ।

    उनको यस कदमलाई उग्रदक्षिणपन्थी तथा धार्मिक अतिवादी दलहरूले मन पराएनन् ।

    बुधवार राति लापिदको संयोजनमा परिवर्तनकारी सरकार बनाउने घोषणा गरिएको छ । त्यसअन्तर्गत उग्रदक्षिणपन्थी दल यामिनाका नेता नफ्ताली बेनेट प्रधानमन्त्री बन्नेछन् ।

    गठबन्धनको सबभन्दा ठूलो दलका नेता भएको नाताले लापिदले राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गरे तर संसदमा विश्वासको मत हासिल गर्ने चुनौती बाँकी नै छ । लापिदले अहिले नफ्ताली बेनेटलाई प्रधानमन्त्री पदका लागि अघि सारेका छन् र आफू परराष्ट्रमन्त्री बन्ने भनेका छन् । दुई वर्षपछि उनीहरूले पद साटासाट गर्नेछन् ।

    संसदमा बेनेटले विश्वासको मत हासिल गर्न सके भने जम्मा सात सीट ल्याउने दलका तर्फबाट प्रधानमन्त्री बन्ने उनी इजरायलका पहिलो नेता हुनेछन् । विगत दुई वर्षमा चारपटक आमनिर्वाचन भएर चरम अस्थिरतामा फसेको इजरायलमा जनताले नयाँ सरकार बनेको हेर्न चाहेका छन् । पाँचौंपटक आमनिर्वाचनमा जाने इच्छा उनीहरूमा छैन ।

    तर नयाँ गठबन्धन सरकारमा बिल्कुलै फरक ध्रुवका मानिसहरू रहेकाले यो लामो समय टिक्ला भन्ने कुनै ग्यारेन्टी छैन । बेनेट उग्रदक्षिणपन्थी हुन् भने लापिद मध्यमार्गी उदारवादी हुन् । उनीहरूसँगै राआम अर्थात् युनाइटेड

    अरब लिस्ट नामक अरबीहरूको पार्टी र मेरेत्ज नामक अर्को सानो दल पनि छ । यस्तो फरक विचारधारा भएका दलहरू गठबन्धन सरकार बनाउन तयार हुनुमा एउटै तत्त्वले काम गरेको छ । त्यो हो, यी सबै नेतान्याहुलाई जसरी भए पनि सत्ताबाट हटाउन चाहन्छन् । तर जम्मा त्यत्ति कुराले गठबन्धन लामो समय टिकाइराख्ने कुनै ग्यारेन्टी छैन ।

    इटलीमा उग्रदक्षिणपन्थी दल लिगा र लोकरञ्जनवादी पार्टी फाइभ स्टार मुभमेन्टबीचको गठबन्धन लामो समय नटिके जस्तो इजरायलमा नयाँ गठबन्धन पनि लामो समय जाला भन्ने प्रत्याभूति गर्न सकिन्न ।

    त्यसमाथि नेतान्याहु सत्ताका चतुर खेलाडी हुन् । नेपालका केपी शर्मा ओली जस्तै उनी सत्तामा रहिरहनका लागि जस्तोसुकै कदम पनि चाल्छन् । आलोचकहरूले उनको धेरैपटक राजनीति सकियो भनी लेखेका भए पनि उनी कसोकसो गरी यति लामो समय सत्तामा रहन सफल भएका छन् ।

    तर यसपालि भने नेतान्याहुलाई जनताले नै शायद सत्तामा देख्न चाहेका छैनन् । त्यसैले नेतान्याहुविरोधी दलहरूलाई जनताले भोट दिएका हुन् ।

    नयाँ गठबन्धनले इजरायलमा आमूल परिवर्तन ल्याउने अवसर पाएको छ । दक्षिणपन्थी, वामपन्थी, धार्मिक, धर्मनिरपेक्षतावादी, यहुदी र अरब सबै किसिमका मानिस मिलेर बनेको गठबन्धन सरकारले विभिन्न समुदायबीच रहेको अविश्वास र शत्रुता घटाउन प्रयास गर्नुपर्ने चुनौती छ । अनि देशलाई स्थिरताको बाटोमा लग्नुपर्ने जिम्मेवारी पनि छ ।

    तर त्यसका लागि यी विपरीत ध्रुवका दलहरूले आआफ्नो विचारधारालाई एकछिन थाती राखी साझा सहमतिको बाटो पहिल्याउनुपर्ने हुन्छ । गठबन्धन बनाउनका लागि भएका वार्तामा ससाना कुरामा पनि घम्साघम्सी गरेको देख्दा चाहिँ गठबन्धन सरकारले सहजै काम गर्ने अवस्था देखिँदैन ।

    तर उनीहरूले अहिल्यै इजरायल र प्यालेस्टाइनबीचको विवाद समाधान गर्ने जस्तो ठूलो लक्ष्य लिने भन्दा पनि इजरायललाई स्थिर बनाउने र जनताले महसूस गर्ने गरी जनमुखी शासन चलाउने कुरामा जोड दिनुपर्ने देखिन्छ । लामो समयदेखि इजरायली समाजमा राजनीतिक ध्रुवीकरण भएकाले समाज समेत विभाजित मनस्थितिमा छ ।

    त्यसमाथि दुई वर्षको चरम राजनीतिक अस्थिरता तथा तरलताको स्थिति अनि कोभिड महामारीले अर्थतन्त्रमा गरेको आघातका कारण इजरायली समाज असहज स्थितिमा छ । यसलाई सामान्यीकरण गर्ने चुनौतीलाई नयाँ गठबन्धनले कत्तिको सुव्यवस्थापन गर्न सक्छ भन्ने कुराले इजरायलको भविष्य निर्धारण गर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु
  • आज शुक्रबारको राशिफल
  • मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै
  • आज बुधबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    News

    आज शुक्रबारको राशिफल

    News

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑