काठमाडौं । शुक्रबार सुन तोलामा पाँच सय रुपैयाँ घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार शुक्रबारको लागि छापावाला सुन प्रतितोला ७० हजार ४ सय र तेजावी सुन प्रतितोला ७० हजार एक सय रुपैयाँ कायम गरेको छ ।
यसअघि सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँ थियो ।सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँ कायम भएको छ ।