बिरगंज । नेपाली काङ्ग्रेस नुवाकोटका युवा नेता एवम् एन्जिलिना शिवशक्ति ट्रष्टका अध्यक्ष शिव अधिकारी “अविरल” ले नुवाकोटका विभिन्न तहका स्वास्थ्य केन्द्र र अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहित अन्य थुप्रै स्वास्थ सामग्री प्रदान गरेका छन् ।
अध्यक्ष अधिकारीले तारकेश्वर गाउँपालिकामा ५ थान , विदुर नगरपालिकाको त्रिशुली अस्पताल ३ थान , बेल्कोटगढी नगरपलिकामा ३ थान , मेघाङ र किस्पाङ २–२ थान र ककनी र सुर्यगढीमा १–१ थान गरि १७ थान अक्सिजन कन्सन्ट्रेटरसहित विभिन्न औषधि र अन्य स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् ।