• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बुधबार ०८ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यी नेतालाई एमालेमै रोक्ने कसरतमा ओली, नेपाल पक्ष विभाजनको डिलमा?

  • वीरगंज संजाल
  • १९ जेष्ठ २०७८, बुधबार ०२:०५
  • २४५३

    बिरगंज । अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षले राख्दै आएको माग पुरा गरे पनि अब नेकपा एमाले एक नहुने देखिएको छ।नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ को विन्दुमा फर्काउनु पर्ने बताउँदै आएको थियो। तर, अब ओली लत्रिएर सो माग पुरा गर्न तयार भए पनि एकताको सम्भावना समाप्त भइसकेको नेपालनिकट एक नेताले बताए।दोस्रो पटक संसद् विघटनपछि पार्टी विभाजन भएरै छाड्ने निष्कर्षमा आफूहरु पुगेको उनले बताए।

    ‘जेठ २ मा फर्किएर पार्टीलाई एक ढिक्का राख्ने प्रस्ताव अब असान्दर्भिक बनिसक्यो,’ ती नेताले भने, ‘संसद् विघटन भन्दाअघिको अवस्थाका लागि हामीले त्यो माग राखेका थियौँ। संसद् विघटनपछि परिस्थितिमा धेरै परिवर्तन भइसक्यो। अब जेठ २ मा फर्किएर मात्रै समस्या समाधान हुँदैन।’

    जेठ पहिलो साता दुवै पक्षले गठन गरेको कार्यदलले पार्टीलाई एकताअघिको स्थितिमा फर्काएर सहमति खोज्ने प्रयास गरेको थियो। तर, राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाल पक्षले विद्रोही उम्मेदवारलाई मतदान गरेको र ओलीले संसद् विघटन गरेपछि वार्ता भाँडिएको थियो।

    ओलीले नेपाल र झलनाथ खनालसहितका ११ नेताहरुलाई पार्टीबाट निष्काशन समेत गरिसकेका छन्।नेपाल समूहले राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई हराएको, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको लुम्बिनीको राष्ट्रियसभाको उपनिर्वाचनमा पनि अन्तरघात गरेकोजस्ता कारणले अब पार्टी एक नहुने निष्कर्षमा ओली पक्ष पनि पुगिसकेको छ।

    नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पनि सबै नेताहरु एकै स्थानमा रहने सम्भावना कम रहेको बताए।मंगलबार भएको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग ज्ञवालीले सो कुरा बताएका थिए।‘पछिल्लो समयमा भइरहेका छलफलको विषयमा पनि समीक्षा ग¥यौ। अन्तिम समयसम्म पार्टी एकताको प्रयास गर्ने निर्णय गरेका छौँ। अहिले भइरहेको छलफललाई जारी राख्छौँ,’ ज्ञवालीले भने, ‘बढीभन्दा बढी साथीहरुलाई पार्टी एकताका लागि अडिनु होस् भन्ने प्रयास छ। शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने विषयलाई गर्वका साथ महिमामण्डन गरिरहनु भएको छ। उहाँ साथीहरु फर्किनु भयो भने पार्टीका लागि राम्रै हुन्छ। तर उहाँहरुको गतिविधि र हामीले एकताका लागि गरिरहेको प्रयासमा कहीँकतै तालमेल मिल्दैन।’

    ओली र नेपाल पक्षका दोस्रो तहका नेताहरुबीच पार्टी एकता जोगाउनका लागि भन्दै छलफल चलेको छ। त्यस्ता छलफल जेठ २ कै सेरोफेरामा केन्द्रित छन्।सोमबार राति ओली र नेपाल पक्षका दोस्रो तहका नेताहरुबीच होटल याक एन्ड यतीमा एकताको प्रयासका लागि छलफल भएको थियो। दुवैबीच संवादलाई तीव्रता दिने सहमति भएपनि ठोस प्रस्ताव भने आएको छैन।

    बैठकमा ओली पक्षबाट विष्णु पौडेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ थिए भने नेपाल पक्षका घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट। वार्तामा ओली पक्षले जेठ २ को नजिक रहेर सहमतिको प्रस्ताव गरेका थिए।‘ओली पक्षले जेठ २ गतेको सेरोफेरोमा बसेर निर्णय गर्ने भन्ने छ तर ठोस विषय भने आएको छैन,’ छलफलमा सहभागी नेपाल पक्षका एक नेताले भने, ‘यो बीचमा छलफलको शृंखला टुटेको थियो त्यसलाई तीव्र रुपमा अघि बढाउने सहमति भएको छ।’

    ओली पक्षले नेता नेपालसँग एकता गर्ने भन्दा पनि सो समूहमा रहेका प्रभावशाली नेताहरुलाई तान्न खोजिरहेको ओली पक्षका एक नेताले बताए।‘अध्यक्ष ओली नेता नेपाल, भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई पार्टीमा कुनै हालतमा राख्न चाहनुहुन्न,’ ओली निकट ती नेताले भने, ‘सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टसहितका नेताहरुलाई पार्टीमा राख्न फेस सेभिङको बहाना दिने प्रयासस्वरुप अहिलेको छलफल भइरहेको हो।’

    ओली पक्षका एक नेताका अनुसार सोमबार राती भएको बैठकमा नेपाल पक्षबाट सहभागी भएका नेताहरूलाई ‘तपाईंहरू माधव नेपाललाई क्रस गरेर एमालेमै रहन सक्नु हुन्छ त’ भनेर सोधिएको थियो। त्यसको अर्थ माधव नेपाल, झलनाथ खनाल, भीम रावलहरू अब एमालेमा रहँदैनन् वा उनीहरूलाई राख्न सकिँदैन भन्ने निष्कर्षमा ओली पक्ष पुगिसकेको छ।‘माधव नेपाललाई क्रस गरेर तपाईंहरू एमालेमै रहन सक्नुहुन्छ भने मूलतः जेठ २ मा फर्कन सकिन्छ’, ओली पक्षको भनाई उधृत गर्दै ती नेताले भने, ‘पाण्डे, भट्टराई र विष्टले त्यसो भयो भने माधव नेपाल पनि आउनु हुन्छ, एमालेमै रहन सकिन्छ भन्ने जवाफ दिए, भुसालले चाहिँ सल्लाह गर्नुपर्छ भने।’

    मंगलबारको एमालेको स्थायी कमिटीको बैठकले पनि स्पष्टीकरण सोधिएका १२ जना नेताहरुमाथिको कारबाहीलाई पछि सारेको छ।नेपाल पक्षका नेताहरु ओलीले सिमित नेताहरुलाई फकाउन मात्र जेठ २ को प्रस्ताव गरिरहेको बताउँछन्।‘केही साथीहरुलाई नयाँ पार्टी निर्माण गरेरअघि बढ्न सकिँदैन भन्ने लागेको छ। उहाँहरु एमालेमै बस्न चाहनुहुन्छ। उनीहरुलाई रोक्न ओलीले जेठ २ भनेका हुन्,’ नेपाल निकट ती नेताले भने।

    गत फागुन २३ मा सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रसँग भएको पार्टी एकतालाई भंग गरेसँगै नेपाल पक्षले पार्टी एकीकरणपूर्वको अवस्थाबाट पार्टी संगठनलाई क्रियाशील बनाउनु पर्ने माग गर्दै आएको थियो।सो मागलाई अस्वीकार गरेको ओली पक्षले फागुन २८ गते आफ्नो पक्षको मात्रै केन्द्रीय सदस्यहरुको बैठक बोलाएर माओवादी केन्द्र छाडेर आएका नेताहरुलाई केन्द्रीय समितिमा मनोनयन गरेको थियो।

    त्यसलगत्तै नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गर्दै जेठ २ को पार्टी संगठनलाई देशव्यापी रुपमा ब्युँताउने निर्णय गरेको थियो।अध्यक्ष ओलीले बोलाएको बैठकहरु बहिष्कार गर्दै आएका उनीहरुले देशभर समानान्तर कमिटी निर्माण गरेका छन्। सर्वोच्च अदालतमा विचाराधीन रहेको संसद् विघटनको विषयमा फैसला आउनेबित्तिकै नेता नेपाल नयाँ दल दर्ता गराउने योजनामा रहेका छन्।

    अध्यक्ष ओलीसँग निकै आक्रोशित नेता नेपालले आफूनिकटका नेताहरुलाई कसरी अघि बढ्ने भन्ने विषयमा पनि यसअघि नै धारणा माग गरेका थिए।विद्यार्थी नेताहरुसँगको भर्चुअल बैठकमा नेता नेपालले ओली पक्षसँग संवादमा रहेका दोस्रो तहका नेताहरुलाई चाँडै विषयबस्तुलाई टुंग्याउन निर्देशन दिएका थिए।नेता नेपालअघि बोल्दै गोकर्ण विष्टले नयाँ पार्टी बनाएर अघि बढ्न अफ्ठ्यारो हुने र एकतामै जोड दिनुपर्ने बताएका थिए।

    त्यसपछि नेता नेपालले सो विषयलाई तीन दिनभित्र टुंगोमा पु¥याउन भनेका थिए।‘नेपालले सुरेन्द्र पाण्डेलाई पनि यही कुरा बताएको छु र गोकर्णजी पनि यहाँ हुनुहुन्छ, उहाँलाई पनि ओली पक्षसँग के गर्ने हो भनेर तीन दिनभित्र टुंग्याउनु होला,’ नेपाललाई उद्धृत गर्दै एक विद्यार्थी नेताले भने, ‘अहिले हामीलाई दलबाट चुनाव लड्न नदिने खेल भइरहेको छ।’

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑