पाकिस्तान | पाकिस्तानको इमरान खान सरकारले ऋण मिनाहाका लागि चीनलाई अनुरोध गरेकोमा बेइजिङले त्यसलाई अस्वीकार गरेको छ । चीन–पाकिस्तान आर्थिक कोरिडोरअन्तर्गत तीन अर्ब डलर ऋण मिनाहा गरिदिए हुन्थ्यो भन्ने पाकिस्तानको चाहना थियो ।
चीनले पाकिस्तानमा लगभग २९४ अर्ब डलर बराबरको ऋण दिएको छ । ऋण सम्झौतालाई परिवर्तन गर्न अहिले सम्भव नरहेको बेइजिङले बताएको छ । ऋण मिनाहा गर्नका लागि चिनियाँ बैंकहरूले नियम र शर्तमा परिवर्तन ल्याउनुपर्ने उसको भनाइ छ ।
पाकिस्तानको कुल गार्हस्थ्य उत्पादनको १०९ प्रतिशत ऋण छ । सन् २०२३ सम्म ऋण र कुल गार्हस्थ्य उत्पादनको यो अनुपात झनै बढ्ने र सरकार समस्यामा पर्ने अर्थविद्हरूले बताएका छन् ।