• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आफु पढेलेखेको हुँ भन्ने र भात होइन पिज्जा खानेहरुले महिला हिंसा गरेका छन् : ओली

  • वीरगंज संजाल
  • १६ जेष्ठ २०७८, आईतवार १७:००
  • ४३२५

    वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला अधिकारमार्फत समानताको लय समाउने कुरामा नेपाल विश्वमै उदाहरणीय देश भएको बताएका छन् ।तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो विचार राखेका हुन् ।‘राणा कालको अन्धकार अवस्थाबाट निस्किनासाथ २००८ सालको नगरपालिका निर्वाचन मै महिलाले मतदान गर्ने र उम्मेदवार बन्ने अधिकार पाए’ उनले भने ।

    नेपालले यसरी चुन्ने र चुनिने अधिकार महिलालाई दिँदा कतिपय विकसित मुलुकहरुमा नै महिलाको मताधिकार कुरा मात्रै पनि बहसमै सिमित रहेको समेत उनले उल्लेख गरे ।विश्वको वामपन्थी आन्दोलनले महिला समानतालाई सुव्यवस्थित र संगठित रुपमा उठाएको चर्चा गर्दै आइएलओ अभिसन्धी तथा संयुक्त राष्ट्रसंघका बडापत्रमा उल्लेखित महिला अधिकारका पक्ष सोही आन्दोलनको देन भएको पनि उनले बताए ।

    देशमा राजनीतिक आन्दोलनको विकाससँग सामाजिक न्याय र समानताको आन्दोलनपछि सँगै उठेको पनि प्रधानमन्त्रीले बताए । २०४६ सालको जनआन्दोलनले ल्याएको परिवर्तनको आलोकमा पहिले पाँच प्रतिशत, त्यसपछि २० प्रतिशत हुँदै अहिले ४१ प्रतिशतसम्म महिला निर्वाचित भएको पनि उनले बताए ।सम्बोधनका क्रममा प्रंधानमन्त्रीले वर्तमान सरकार महिलामाथि हुने हरेक हिंसाविरूद्ध दृढता कार्य गरिरहेको र महिलामाथि हुने कुनै पनि हिंसा क्षम्य नहुने समेत बताए ।

    अन्धविश्वास, अज्ञानता वा अन्य कुनै कारणबाट महिला हिंसा, बलात्कार, कुटपिट, अपमान, गालीबेइज्जती, कूप्रथा र कूचलनविरूद्धको संघर्षलाई जारी राख्नुपर्ने भनाई उनको थियो ।महिला अपमानलाई बहादुरी ठान्ने प्रवृत्ति अनपढमा मात्र होइन पढेलेखेकैहरुमा समेत देखिनु समाजका लागि हानिकारक रहेको उनले बताए । ‘आफु पढेलेखेको हुँ भन्ने, भात होइन पिज्जा खानेहरुबाट यस्ता काम भइरहेका छन्, उनको भनाई थियो ।

    ‘हाम्रा आमा दिदी बहिनीहरूलाई बोक्सीको आरोप लगाउने जस्तो भ्रम र अन्धविश्वास छ, जानीजानी, स्वार्थ, अहंकार र पछौटेपन जे भए पनि त्यो अस्वीकार्य मात्र होइन क्षम्यसमेत हुन सक्दैन,’ प्रधानमन्त्रीको भनाइ थियो । सरकारले बलात्कार र एसिड आक्रमणका विरूद्ध कडा कानुन निर्माण गरेर महिला हिंसा विरुद्ध कार्य गरिरहेको पनि उनले उल्लेख गरे ।

    महिला हिंसाका कतिपय घटनामा महिलानै संलग्न देखिनु दुखद पक्ष रहेको बताउँदै प्रधानमन्त्रीले आफ्ना कारण अर्को महिलामाथि हिंसा नहोस् भन्ने तर्फ ध्यान दिनुपर्ने समेत बताए । साथै उनले महिलाको अधिकार प्राप्तिको संघर्षलाई पुरुषहरुले समेत सघाउनुपर्ने विचार समेत राखे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु
  • आज शुक्रबारको राशिफल
  • मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै
  • आज बुधबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    News

    आज शुक्रबारको राशिफल

    News

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑