जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका-१२ स्थित कुवारामपुरमा रहेको ऐतिहासिक कुपेश्वरनाथ महादेव मन्दिरको मुलद्वारको ताल्चा तोडेर मुर्ति र धनसहितका विभिन्न सामग्रीहरु चोरी भएको छ।
गतराति वर्षा भएको र मन्दिरमा कोही नरहेको मौकामा २ वटा प्राचिन मूर्ति र दान पेटिमा रहेको केहि रकम समेत चोरेर लगेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले बतानुभाएको छ ।
मन्दिरको २ वटा प्राचिन मूर्ति र दान पेटिमा रहेको केहि रकम चोरी भएको यस घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।