वीरगन्ज।मुकेश खेतान। दोस्रो चरणको कोभिड १९ संक्रमण तीव्र रूपमा बढ्न थाले पछि यस लाई नियन्त्रण गर्नका लागि जिला प्रशासन कार्यालय पर्साले वैशाख १६ गते लकडाउन लगाएको थियो र लगभग १ महीना देखि यस लाई निरन्तरता दिंदै आएको छ ।
लक डाउनले गर्दा मेहनत मजदूरी गरेर रोज कमाउने र खाने हरुलाई निकै समस्या भएको छ।यसलाई मध्यनजर गर्दै विभिन्न संघ संस्था हरुले निशुल्क भोजन पनि वितरण गरि रहेको छ । तर पनि धेरै जसोले विविध कारणले गर्दा यसको लाभ लिन सकेको छैन्।निशुल्क भोजन सेवाको पहुँच बाट बाहिर रहेका परिवार हरुलाई राहत पुर्याउने उद्देश्यले ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले निशुल्क राशन वितरण गर्न शुरु गरेको छ ।
कुनै कारण ले निशुल्क भोजनको लाभ लिन् नसकेका परिवार हरुको घरमा पनि चुल्हो बलोस् र दुई छाकको खाना खान पाओस् भने मानवीय भावनाले निशुल्क राशन सेवाको शुरुवात गरिएको छ। ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले जानकारी गराउनु भयो।
जरुरतमन्द जो कोहीले निशुल्क रासन लिनका लागि ग्रीन सिटी सामुदायिक सेवा केन्द्रको आदर्श नगरमा रहेको कार्यालयमा सम्पर्क गर्न का लागि अध्यक्ष खेतानले अनुरोध गर्नु भयो।