रौतहट । लगातारको बर्षाका कारण रौतहटको उत्तरी भेगका किसान मारमा परेकाछन् । खेतबाट भाचेर ल्याएको मकै छोडाएर सुकाउने बेलामा परेको पानीका कारण मकै भिजेर किसान समस्यामा परेकाहुन् ।
.मकै पाकेर भित्राउने र सुकाएर बेच्ने बेलामा परेको पानीले जिल्लाको उत्तरी भेगका किसान मारमा परेको सन्तपुरका स्थानीय किसान होमनाथ चौलागाईले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् ।
जिल्लाको उत्तरी भेगका किसानले खेतबाट भाचेर ल्याएको मकै थ्रेसर लगाएर सुकाउने बेलामा परेको पानीले आफुहरु समस्यामा परेको किसानहरुले बताएकाछन् ।