वीरगन्ज । सरकारले तीनवटा देश चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको भूमिसुधार तथा व्यवस्थामन्त्री शिवमाया तुम्बाहाङ्फेले बताइन्।
ती देशहरुमा हप्ताको एक दिन उडान हुने छ।मन्त्रिपरिषद बैठकले कतारको राजधानी दोहा, टर्किको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरेको हो।
पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान खुला गर्ने प्रस्ताव आजको मन्त्रिपरिषद बैठकमा लगेको थियो।वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएको सरकारले वैशाख २० मा आन्तरिक र २३ गते रातीदेखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।