वीरगन्ज । संविधानविद् तथा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले तत्कालै सभामुख अग्नि सापकोटाले संसद् बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्न सक्ने बताएका छन् ।
सभामुखले कानुनविद्हरुसँग गरेको छलफला उनले संविधान बमोजिम सभामुखले यो काम गर्न सक्ने बताए ।संविधानको धारा ९३, १०३, सर्वोच्चको फैसलाबमोजिम पनि संसद् कहिले मर्दैन भन्ने आधारमा सभामुखले नै संसद् बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्ने सुझाव दिए ।
“सभामुखले राष्ट्रपतिलाई प्रतिनिधिसभाको बैठक आह्वानका लागि सिफारिस गर्नुपर्छ,” उनले भने, “मन्त्रिपरिषद्ले मात्रै संसद् बोलाउनुपर्छ भन्ने छैन । सभामुखले यो काम गर्न सक्नुहुन्छ । संविधानले दिएको कर्तव्य निर्वाह नगरी बस्न सक्दैन ।”