वीरगन्ज । अमेजनका मुख्य कार्यकारी अधिकारी (सीइओ) जेफ बेजोसले पाँच जुलाई (जेठ २२) गते अर्थात् ९ दिनपछि कम्पनीमा आफ्नो पद छोड्नेछन् ।किताब बिक्री गर्ने अनलाइन पसलको रुपमा अमेजन सुरु गरेका बेजासले बुधबार आफूपछि एन्डी जेसीले कम्पनीमा सीइओ पदको कार्यभार सम्हाल्ने जानकारी दिए ।
वरिष्ठ टेक्नोलोजी रिपोर्टर डेव लीले कम्पनीको शेयरहोल्डर्ससँगको एक बैठकमा यो मिति उनको लागि निकै महत्वपूर्ण भएको बताएको जानकारी दिए ।
बेजोसले पद छोड्नका लागि यो मिति चुने किनभने २७ वर्ष अघि सन् १९९४ मा यहि मितिमा कम्पनीको स्थापना भएको थियो ।
अब के गर्नेछन् बेजोस ?
फेब्रुअरीमा बेजोसले आफूले पदबाट राजीनामा दिन लागेको बताएका थिए तर कहिले भनेर निश्चित गरिसकेका थिएनन् ।उनको पदमा आउने एन्डी जेसी हाल कम्पनीको क्लाइउट कम्प्युटिङ बिजनेस सम्हाल्छन् ।५३ वर्षका एन्डी जेसीले हार्वर्ड बिजनेस स्कूलमा पढाई पूरा गरेपछि सन् १९९७ मा अमेजनमा आएका थिए ।
सीइओ पदबाट हटेपछि जेफ बेजोस कम्पनीको एक्जिक्यूटिभ चेयरमा हुनेछन् र कम्पनीको नयाँ उत्पादन र योजनामा काम गर्नेछन् ।वासिङ्टन पोस्टका अनुसार उनी अंतरिक्ष अनुसन्धानबारे काम गर्ने आफ्नो कम्पनी ब्लू ओरिजिनलाई अघि बढाउनका लागि काम गर्नेछन् ।