• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना रोकथामका नाममा ५ अर्बभन्दा बढी खर्च

  • वीरगंज संजाल
  • १० जेष्ठ २०७८, सोमबार २३:१९
  • ४३१७

    वीरगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस (कोभिड—१९) रोकथाम तथा नियन्त्रणका लागि ५ अर्ब १७ करोड ७२ लाख ८३ हजार खर्च भएको जनाएको छ । मन्त्रालयले पीसीआर किट, एक्स्ट्राक्सन किट, भाइरल ट्रान्सपोर्ट मिडिया (भिटीएम), एन्टीजेन किट, मास्क, गाउन र सर्जिकल पन्जाहरू, अक्सिजन प्रणाली सुदृढीकरण, आईसीयु, तथा अन्य औषधि उपकरणको व्यवस्थापनमा उक्त रकम खर्च गरेको जनाइएको छ । यस्तै, स्वास्थ्यकर्मीको जोखिम भत्ता, निःशुल्क परीक्षण तथा उपचार, खोप खरिद तथा अभियान सञ्चालन लगायत कोभिड—१९ रोकथाम तथा नियन्त्रणका गतिविधिमा पनि उक्त रकम खर्चिएको मन्त्रालयको भनाइ छ ।

    कोभिड—१९ को द्रुत कार्ययोजनाका आधारमा खोप लगायत निदान, उपचार, व्यवस्थापनका लागि १४ अर्ब श्रोत सुनिश्चित गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताए ।खोप कार्यक्रम र ‘हाइ डिपेन्डन्सी युनिट’ (एचडीयू)का लागि २ अर्ब ५४ करोड ५८ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको उनको भनाइ छ ।

    स्वास्थ्य संकटकालको संकेत

    स्वास्थ्य मन्त्री त्रिपाठीले मुलुकमा स्वास्थ्य संकटकाल लाग्न सक्ने संकेत गरेका छन् । कोरोना महामारीको दोस्रो लहर अझै एक महिनासम्म तीव्र गतिमा फैलिन सक्ने भएकाले रोकथामका लागि स्वास्थ्य संकटकालको विषयमा छलफल भइरहेको उनले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

    देशमा राजनीतिक हलचल भए पनि स्वास्थ्य मन्त्रालय कोरोना महामारीको युद्धमा निरन्तर लडिरहेको मन्त्री त्रिपाठीको भनाए छ । कोरोनाविरुद्धको खोप खरिदका विषयमा अमेरिका, बेलायत, चीन, रुस लगायतका देशसँग सकारात्मक छलफल भइरहेको उनले जानकारी दिए । खोप खरिदका लागि राजनीतिक, कुटनीतिक व्यक्तिगत तवरबाट निरन्तर पहल भइरहेको उनको भनाइ छ ।

    कोभिशिल्ड खोप पहिलो मात्रा लगाएकाले दोस्रो मात्रा लगाउन पाउने संकेत पनि उनले गरे । कोरोनाविरुद्धको खोप खरिदका लागि भएको छलफल केही देशहरुसँग अन्तिम चरणको पुगेको उनको दावी थियो । यस्तै युरोपेली संघसँग मौज्दातमा रहेको खोप ल्याउने विषयमा छलफल भइरहेको उनले बताए ।

    जनस्वास्थ्यविद्हरुको सुझावका आधारमा नै स्वास्थ्य मन्त्रालय अगाडि बढ्ने मन्त्रालयका सचिव लक्ष्मण अर्यालले बताए ।

    आगामी ४ हप्तामा संक्रमण घट्न थाल्ने

    विगत एक हप्ताको तथ्याङ्क हेर्दा दैनिक औसत ८ हजार ३ सय नयाँ संक्रमित थपिँदै गएका छन् । आवतजावतमा प्रभावकारी रुपमा नियन्त्रण नहुँदा र केही सेवा कार्यहरु निरन्तर सुचारु भइरहेकाले संक्रमण दर अपेक्षाकृत रुपमा नियन्त्रणमा आउन नसकेको स्वास्थ्य सचिव अर्याल बताउँछन् ।

    कोरोना संक्रमण आगामी ४ हप्तामा क्रमशः घट्दै जान सक्ने उनले बताए । उनका अनुसार, नेपालमा हाल तीनवटा नयाँ भेरियन्टमध्ये भारतमा पहिलो पटक पत्ता लागेको बी १.६१७.२ भेरियन्ट मुख्य रूपमा फैलिएको छ । देशमा सक्रिय संक्रमित १ लाख १५ हजार ५४७ रहेकोमा १ लाख ८ हजार १९८ जना अस्पतालमा र ७ हजार ३५० संस्थागत आइसोलेसनमा छन् ।

    अस्पतालको सघन उपचार कक्ष आइसियुमा १ हजार ७२१ र  भेन्टिलेटरमा ४८४ जना उपचाररत छन् ।

    समुदायमा एन्टिजेन परीक्षण

    स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण नियन्त्रणका लागि सातै प्रदेशमा एन्टिजेन परीक्षण अगाडि बढाउने भएको छ । स्थानीय तहहरूसँग समवन्य गरेर समुदायमा एन्टिजेनमा आधारित परीक्षण गर्न सुरु गरिएको स्वास्थ्य मन्त्री त्रिपाठीले बताए ।

    प्रदेश १ मा १ लाख ७५ हजार, प्रदेश २ मा २ लाख, बागमतीमा ३ लाख, गण्डकी प्रदेशमा १ लाख ५० हजार, लुम्बिनीमा २ लाख, कर्णालीमा १ लाख ५० हजार र सुदूरपश्चिममा १ लाख ७५ हजार थप एन्टिजेन पठाएको मन्त्रालयले जनाएको छ ।

    कोभिड—१९ का भेरियन्टहरुको अनुगमन गर्नका लागि नियमितरुपमा जिन सिक्‍वेन्सिङ गर्नुका साथै प्रमाणीकरणका लागि विदेशस्थित प्रयोगशालाहरूसँग सहकार्य भइरहेको मन्त्री त्रिपाठीको भनाइ छ ।

    देशभरका सरकारी तथा निजी गरी १५७ अस्पतालमा कोभिड—१९ का बिरामीको उपचार हुँदै आएको छ । यी अस्पतालमा निःशुल्क उपचार हुने गर्छ । स्वास्थ्य मन्त्रालयले ०७८ वैशाखमा मात्र उपचारका लागि ४५  करोड सोधभर्ना गरेको जनाएको छ ।

    स्वास्थ्य पूर्वाधारको अवस्थामा सुधार

    दोस्रो लहर फैलिएपछि बिरामीको चाप बढ्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य पूर्वाधारमा पनि सुधार गरिएको मन्त्रालयले जनाएको छ । ३२७ वटा भेन्टिलेटरबाट थप गरेर ९०४ पुर्याएको साथै १८० भेन्टिलेटर थप्ने प्रक्रिया सुरु गरिएको मन्त्रालयको भनाइ छ । यस्तै, इन्टेन्सिभ केयर युनिट अर्थात् आइसियु बेड संख्या २ हजार ६०० बाट ३ हजार पु¥याइएको छ भने ६३० बेड थप गर्ने प्रक्रिया अगाडि बढाइसकेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

    हाइ डिपेन्डेन्सी युनिट बेड संख्या सरकारी अस्पतालमा २ हजार ७५ र निजीमा ७७८ थप गरी सञ्चालनमा ल्याइएको पनि मन्त्रालयले जनाएको छ । निकट भविष्यमै एक हजार ४०० बेड थप गर्ने लक्ष्यसहित प्रक्रिया अगाडि बढाइएको मन्त्रालयको भनाइ छ ।

    हाल ३२ वटा अक्सिजन प्लान्ट सञ्चालनमा रहेकोमा १९ वटा थप गर्ने चरणमा रहेको मन्त्री त्रिपाठीले बताए । लिक्विड अक्सिजन ट्याङ्क २४ वटा थप्न लागेको उनले बताए । यस महामारीको समयमा ९०० अक्सिजन कन्सन्ट्रेटर थप गरिएको छ । यस्तै अक्सिजन सिलिन्डर संख्या यस अवधिमा ५ हजार थप गरिएको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑